जिल्ला प्रशासन कार्यालय, बैतडी

  • Home
  • Nepal
  • Baitadi
  • जिल्ला प्रशासन कार्यालय, बैतडी

जिल्ला प्रशासन कार्यालय, बैतडी जिल्ला प्रशासन कार्यालय, बैतडीको पेजमा यहाँहरूलाई हार्दिक स्वागत छ।�
(1)

आज मिति २०८३ जेठ १२ गते प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, बैतडीका कर्मच...
26/05/2026

आज मिति २०८३ जेठ १२ गते प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, बैतडीका कर्मचारीहरुको बैठक सम्पन्न भयो। उक्त बैठकमा कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउने विषयमा गहन छलफल गरिएको थियो। साथै कार्यालय व्यवस्थापनलाई समयानुकूल, व्यवस्थित एवं परिणाममुखी बनाउन आवश्यक सम्भावनाहरूको अध्ययन तथा सुधारका उपायहरू सम्बन्धमा समेत समीक्षा गरिएको थियो।
सोही अवसरमा २०८३ बैशाख महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी गरिमा भट्ट लाई “मासिक उत्कृष्ट कर्मचारी” घोषणा गरी प्र.जि.अ.ज्यूवाट खादा लगाई सम्मान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, बैतडीको नेतृत्वमा मिति २०८३।०२।०२ गते डिलासैनी गाउँपालिका वडा नं. २, ३ र ६ स्थित विभिन्न बजार क...
17/05/2026

जिल्ला प्रशासन कार्यालय, बैतडीको नेतृत्वमा मिति २०८३।०२।०२ गते डिलासैनी गाउँपालिका वडा नं. २, ३ र ६ स्थित विभिन्न बजार क्षेत्रमा तथा मिति २०८३।०२।०३ गते दोगडाकेदार गाउँपालिका वडा नं. ३ र ७ स्थित बजार क्षेत्रमा उपभोक्ता हित विपरीतका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन कार्यक्रम सञ्चालन गरिएको छ। उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रहरी प्रशासन तथा स्थानीय व्यापारिक व्यक्तिहरूको समन्वय एवं सहभागिता रहेको थियो।अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा उपभोग्य म्याद समाप्त भइसकेका तथा मानव स्वास्थ्यका लागि हानिकारक एवं खानयोग्य नरहेका खाद्य सामग्रीहरू फेला परेका हुँदा ती सामग्रीहरू बरामद गरी नियमानुसार नष्ट गरिएको छ। साथै व्यवसायीहरूलाई उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना गर्न, म्याद गुज्रिएका वस्तु बिक्री वितरण नगर्न तथा व्यवसायलाई मर्यादित, सुरक्षित र उपभोक्तामैत्री ढंगले सञ्चालन गर्न आवश्यक सचेतना तथा निर्देशन प्रदान गरिएको छ।

सतर्कताका लागि अनुरोध
28/04/2026

सतर्कताका लागि अनुरोध

24/04/2026
सार्वजनिक विदाका दिन समेत सार्वजनिक सेवा हुने सम्बन्धी सुचना
23/04/2026

सार्वजनिक विदाका दिन समेत सार्वजनिक सेवा हुने सम्बन्धी सुचना

सार्वजनिक सेवा प्रवाह र कार्यालय समय सम्बन्धी सूचना
06/04/2026

सार्वजनिक सेवा प्रवाह र कार्यालय समय सम्बन्धी सूचना

सेवाग्राहीलाई विचेलिया मुक्त सेवा उपलब्ध गराउने सम्बन्धी सूचना
04/04/2026

सेवाग्राहीलाई विचेलिया मुक्त सेवा उपलब्ध गराउने सम्बन्धी सूचना

संस्था नविकरण सम्बन्धी जानकारी
02/04/2026

संस्था नविकरण सम्बन्धी जानकारी

Address

Dasharathchand Municipality/4
Baitadi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97795520582

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, बैतडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, बैतडी:

Share