पुर्चौडी Darpan

पुर्चौडी Darpan We Provide the recent updates of Purchudi, Baitadi including News,Pictures and many more.

Purchaudi Municipality is a municipality of Nepal located in Baitadi District of Sudurpashchim Province of Nepal. The municipality was established on 10 March 2017, when Government of Nepal announced 744 local level units as per the new constitution of Nepal 2015. Kotila, Bhatana, Bhumiraj, Kuwakot, Nwadeu, Mahadevsthan, Hat, Malladehi, Talladehi and Bijayapur villages were merged to form this new local level unit

Nischal Basnet जि लेख्नु हुन्छ ।
18/10/2022

Nischal Basnet जि लेख्नु हुन्छ ।

एकपटक पढ्नु होला ।
25/05/2022

एकपटक पढ्नु होला ।

भर्खरै देशभर सम्पन्न स्थानीय तहको निर्वाचनमा पुर्चौंडी नगरपालिकाले पनि आफ्नो नयाँ नेतृत्व छनोट गरेको छ । उक्त

We are very LUCKY!!हामी धेरै भाग्यमानी छौं। कोहि त छ जसले नगर बिकासको कुरा गर्छ ,नया पुस्तालाइ पढाउन चाहन्छ , कोहि त छ ज...
09/05/2022

We are very LUCKY!!
हामी धेरै भाग्यमानी छौं। कोहि त छ जसले नगर बिकासको कुरा गर्छ ,नया पुस्तालाइ पढाउन चाहन्छ , कोहि त छ जसले हाम्रो लागि शिक्षा स्वास्थ्यमा परिबर्तन ल्याउने कुरा गर्छ, जसले भ्रस्टाचार बिरुद्ध बोल्ने हिम्मत गर्छ । कोहि त छ जसले गालिगलौच को राजनीति नगरेर बिदेशिनु परेका दाजुभाई हरुको बारेमा नया योजना ल्याउछ, आफ्नो कला संस्कृति बचाउने कुरा गर्छ । योग्य मान्छेलाइ बेलैमा चिनौ साथ दिऔ अनि पो बिकाश सम्भव छ। तपाई चाहे काँग्रेस , माओबादी ज सुकै हुनुहुन्छ। पार्टी change नगर्नुस तर यसपाली को मयोर(mayor ) को vote चै कर्ण सर लाई दिउ नगर बिकासको कुरा छ। नत्र फेरी अर्को ५ वर्ष टाउको मा हात राखेरै बताउनु पर्ने बाध्यता हुनेछ। हामी सबै मिले भने मात्रै बिकास सम्भव छ।

एक शिक्षित मान्छेले समाजमा आमूल परिवर्तन ल्याउन सक्छ । त्यसैले शान सँग सुर्यमा मतदान गरी कर्ण सर लाई जिताउँ। स्वागत योग्...
30/04/2022

एक शिक्षित मान्छेले समाजमा आमूल परिवर्तन ल्याउन सक्छ । त्यसैले शान सँग सुर्यमा मतदान गरी कर्ण सर लाई जिताउँ।
स्वागत योग्य योजना ।

रोजगारीको सिलसिलामा भारत लगायत अन्य मुलुक जाने पुर्चौडिका नागरिकहरूको लागि ५ लाख सम्मको बिमा ब्यबस्था गर्ने नेकपा एमाले पुर्चौडिको घोषण !
-नेकपा एमालेका मेयर उम्मेदवार क. कर्ण कुवर सरको घोषणापत्रबाट साभार!
#लोकप्रिय योजना!

27/04/2022

यो सानो भिडियो हेर्नुहोस हाम्रो पुर्चौडीमा माओवादी केन्द्रको स्थानीय सरकारले गरेको भ्रष्टाचार नै भ्रष्टाचार । जब सम्म जनता ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नेतृत्व छान्दैन , यसरी नै भ्रष्टाचार बढ्दै जान्छ ।

जब नेतृत्वमा विकास भनेको के हो भन्ने थाहा नभएको मान्छे पुग्छ उसले भ्रष्टाचार मात्र गर्छ ! त्यसैले आफ्नो मत/भोट को महत्त्व बुझौं र सहि सदुपयोग गरौ।

भ्रष्ट विरोधी आन्दोलनमा साथ दिन यसपालीको भोट कर्ण सरलाई !
विकास हाम्रै पालामा ।


comment र share गर्नुहोस ताकि सबैले देख्न सकुन् ।

26/04/2022

सही नेतृत्व पाए, विकास सम्भव छ।

Today's necessity of Purchaudi municipality .

धेरै भयो ठूला ठूला गफ, अब हुनेछन विकासका कुरा ।

सुनौ यो सानो भिडियो क्लिपमा Mayor उम्मेदवार कर्ण वहादुर कुँवर को सामान्य यौजना!

म र मेरो VOTE पुर्चौडीको लागि:जनयुद्धले पचासौ वर्ष पछाडी धकेलिएको हाम्रो देश आज गणतन्त्र आएको १५ वर्ष पुग्दै गर्दा पनि द...
24/04/2022

म र मेरो VOTE पुर्चौडीको लागि:
जनयुद्धले पचासौ वर्ष पछाडी धकेलिएको हाम्रो देश आज गणतन्त्र आएको १५ वर्ष पुग्दै गर्दा पनि देश भने राजनीतिक अस्थिरताको दलदलमा झनझन डुब्दै गइरहेकोछ। यतिका वर्ष बित्दा पनि न त देशको विकासले गति लिन सकेको छ, न जनताले स्वोदेसमै रोजगारी पाएका छन् । देश ले पाएको छ त केवल राजाहरु, एक राजा हटाउन हजारौ बलिदान दिएको मेरो देशले आज गाउँगाउँ, टोलटोलमा हजारौ राजाहरु जन्माएको छ।
हामी जनता भने त्यहि नेता वा भनौ नयाँ युगका राजाहरुलाई गाली गर्दै व्यस्त छौ। आफ्नो गाउँ-ठाउँको अवस्था हेर्दा तिनीहरुलाई अझै गाली गरौँझै लाग्छ।
तर तर तर
देशलाई यो अवस्थामा पुर्याउनुमा तथाकथित राजनीतिज्ञभन्दा हामी जनता बढी दोषी छौँ ।
BECAUSE WE VOTED THEM!!!
प्रत्येक पाँच वर्षमा हामीले भोट हाल्ने शक्ति पाउँछौं तर त्यसको दुरुपयोग गर्छौं। आम नागरिक भन्दा नेता, कार्यकर्ता धेरै भएको मेरो गाउँ पुर्चौडीमा गएको ५ वर्ष त्यहाँको local government ले के बिकाश गर्यो? कसैले यसको उत्तर दिन सक्ने अवस्था छैन। अझै पनि हामी आफ्नो सानो स्वार्थ पूर्तिको लागि यो पार्टी त्यो पार्टी यो नेता त्यो नेता भन्दै तिनीहरुकै पछि लागिरहेका छौ। एकपटक छातीमा हातराखेर आफ्नो आत्मालाई सोधौं त यसले हाम्रो गाउँ ठाउँलाई कुन दिशातिर लग्दैछ। एकपटक असल नागरिक बनेर असल मानिसलाई vote गरौँ, जसले आफ्नोमात्रै होइन समग्र समाजको बिकाश गरोस। यो स्थानीय चुनाव हो, यसपटक आफु र आफ्नो पार्टीभन्दा माथि देश र आफ्नो गाउँलाई सोचेर vote दिनुस। फेरि ५ वर्ष अघिको गल्ति नादोहर्यौउनुस।
मेरो नजरमा अहिलेको अवस्थामा कर्ण बहादुर कुँवर जस्तो आफ्नो ठाउँलाई केहि गर्छु भनेर लागेको मान्छे फेरि सायदै पाउनेछौं । जहाँ सम्म उहाको जीवन नियालेर हेरेको छु, उहाको जीवनको संघर्ष कुनै फिल्मी कथा भन्दा कम छैन। बालापन मै जन्मदिने आमा गुमाएर टुहुरा भएका उनि आफ्नै आत्मबल, अथाहा परिश्रमले आज यो स्थानमा पुगे। कसैले केहि मद्दत मागिहाले आफु संग नहुदा पनि नाइँ भन्न नसक्ने स्वोभावका उनले इंडिया आफैँ काम गर्दै पढाई सकेका थिए।
राजनीतिमा लाग्दा आफ्नै परिवारले किन लाग्नू पर्यो? Pension खाएर बस्नु भन्दा, आफै जन्मेको गाउँ यसरी लथालिङ्ग भएको कसरी टुलुटुलु हेरेर बसम भनेर लागेका थिए। सबै मानिसका असल अनि खराब बानि दुइटै हुन्छन, उहाका पनि कति नराम्रा बानी होलान तर आफ्नो ठाउँ को बिकासमा कुनै Compromise गर्दैनन भन्ने पूर्ण विश्वास छ।
यति भनिरहदा अरु Candidate कामै नलाग्ने भनेको होइन तर कर्ण बहादुर कुँवरमा एउटा छुट्टै जोश छ, अटूट चाहना छ, आफ्नै जीवनकालमा आफ्नो ठाउँलाई परिबर्तन गर्ने। अनि त्यस्को लागि सक्षम पनि उहा मात्रै छन्।
त्यसैले एकपटक आफु र आफ्नो पार्टी भन्दा माथि हेर्ने कोसिस गर्नुस। हाम्रो नगर को बिकाश हाम्रै हातमा छ। यो मौका लाई यत्तिकै खेर नफालौ।
म मेरो vote एक निस्वार्थ भावले आफ्नै नगर बिकासका लागि गर्नेछु।

Address

Purchaudi Nagarpalika
Baitadi

Website

Alerts

Be the first to know and let us send you an email when पुर्चौडी Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पुर्चौडी Darpan:

Share