Deepak Sharma Paudel

Deepak Sharma Paudel Deepak Sharma Official Page

Lions international district 325 j (MD325) Nepal Dhaulagiri Area PVST Schooling program has been  successfully completed...
28/06/2024

Lions international
district 325 j (MD325) Nepal
Dhaulagiri Area PVST Schooling program has been successfully completed dated on 7th june 2024 at Hotel The Rajan Baglung.
Thank you so much DG team for this great opportunity .

with Deepak Sharma Paudel and other ...

Thank you so much our DP jyu & district team for nominated as a chief district president advisor (CDPA)
20/06/2024

Thank you so much our DP jyu & district team for nominated as a chief district president advisor (CDPA)

12/01/2024

सुझाव र टिप्पणी दुई किसिमको हुन्छ ती हुन एउटा सकारात्मक र एउटा नकारात्मक
सकारात्मक दिनेलाई आफ्नो किताब खुला गर तर नकारात्मक दिनेलाई सबै च्याप्टर बन्द गर🙏🙏

रक्सीले शरीर न्यानो बनाउँदैन, मुटु र मस्तिष्कमा घात गर्छ : चिकित्सकजब जाडो बढ्छ, पानी पर्छ रक्सी पिउनेहरुले अर्को बहाना ...
16/12/2023

रक्सीले शरीर न्यानो बनाउँदैन, मुटु र मस्तिष्कमा घात गर्छ : चिकित्सक

जब जाडो बढ्छ, पानी पर्छ रक्सी पिउनेहरुले अर्को बहाना पाउँछन्, ‘मौसमले च्यालेन्ज गर्‍यो ।’ के पनि धारणा व्याप्त छ भने, रक्सी पिएपछि ज्यानमा तातो लाग्छ ।

यही कारण जाडो याममा रक्सीको खपत बढी हुने तथ्यांक छ । यसबेला रम, ब्रान्डी र ह्विस्की जस्ता पेयले ‘ज्यान न्यानो हुने’ धेरैजसोको बुझाई छ । अमेरिककाको चर्चित एबीसी न्युजको एक रिपोर्टमा उल्लेख छ, ‘रक्सी पिएपछि छालाको तह मुनीका नसा केही फुलाउँछ र रक्तप्रवाह अलिकति बढ्छ । यसले गर्दा पिउने मान्छेलाई न्यानोपन अनुभव हुन थाल्छ । यसको मतबल शरीरको तापक्रम परिवर्तन भएको होइन, केवल महसुष मात्र भएको हो ।’ सोही रिपोर्टमा लेखिएको छ, ‘रक्सी पिएपछि शरीर न्यानो हुने होइन । बरु तिब्र रुपमा शरीरको तापक्रम घट्छ र हाइपोथर्मियाको जोखिम बढ्छ ।’

हाइपोथर्मिया शरीरको त्यो स्थिती हो, जसमा तापमान सामान्य भन्दा कम हुनजान्छ । यसमा शरीरको तापमान ३५ डिग्री सेल्सियसभन्दा कम हुन्छ ।

मदिरा सेवन गरे जाडो भाग्छ भन्ने धेरैलाई लाग्छ । जाडो याममा रम, ह्विस्की जस्ता मदिराको माग बढेको पाइन्छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार पनि जाडोको मौसम र बढी जाडो हुने स्थानमा मदिरा सेवन बढी हुने गरेको छ ।

जबकि शरीरमा आवश्यक तापमान कायम राख्नका लागि मस्तिष्कले केही किसिमको काम गरिरहेको हुन्छ ।

मस्तिष्कमा गंभिर असर

स्नायुरोग विशेषज्ञ डा. सुमन भट्टराई भन्छन्, ‘रक्सी पिएपछि त्यसले स्नायु प्रणाली र खासगरी मस्तिष्कलाई असर गर्छ ।’

हाइपोथालेमस मस्तिष्कको एक भाग हो जुन शरीरका धेरै आवश्यक हार्मोनहरू, रासायनिक पदार्थहरू उत्पादन गर्न जिम्मेवार हुन्छ । साथै यसले तापक्रम नियमन, भोक, तिर्खा, निद्रा, मुड, शरीर भित्र अन्य हर्मोनहरू निस्कने जस्ता शारीरिक कार्यहरू नियन्त्रण गर्दछ । अत्यधिक रक्सी सेवनले मस्तिष्कको हाइपोथालेमसलाई असर गर्ने भएकोले पनि रक्सी पिएपछि मान्छेलाई तातो भएको महसुस हुने डा. भट्टराई बताउँछन् ।

जर्नल अफ वाइल्डनेस मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार रक्सीले शरीरको खास तापक्रम घटाउन सक्छ र चिसोमा हाइपोथर्मियाको सम्भावना बढाउँछ ।

उनी भन्छन् ‘रक्सीले मस्तिष्कको ‘कनेक्टिभ फङ्गसन’ संज्ञानात्मक कार्यलाई पनि असर गर्छ । मस्तिष्कको संज्ञानात्मक कार्य भन्नाले मानसिक प्रतिक्रिया हो । जसको माध्यमबाट हाम्रो मस्तिष्कले जानकारी लिने, विकास गर्ने र भण्डारण गर्ने जस्ता कार्यहरू गर्छ ।’

डा. भट्टराईका अनुसार जाडोमा मस्तिष्कघात र हृदयाघातको समस्या बढी देखिने गर्छ । यसको एउटा कारण जाडोमा बढी रक्सी सेवन पनि हुन सक्ने उनको ठम्याई छ ।

धेरै रक्सी पिउँदा दिमाग नियन्त्रणमा रहँदैन, जसका कारण बोल्नका साथै केही हिँड्नमा पनि समस्या हुन सक्छ । यसले डिमेन्सियाको साथसाथै शरीर नियन्त्रण गर्न गाह्रो बनाउँछ, जसले दुर्घटना र चोटपटक पनि निम्तने सक्ने भट्टराईले बताए ।

रक्सीको अत्यधिक सेवनले हाम्रो सोच्ने र बुझ्ने शक्तिलाई कमजोर बनाउने भट्टराई बताउँछन् । उनी भन्छन्, ‘मदिराको लामो समय सेवनले हाम्रो मस्तिष्कको सन्तुलनलाई असर गर्छ । साथै हाम्रो स्मरण शक्तिमा पनि असर पर्छ ।’

मुटु रोगको जोखिम

रक्सी पिएपछि रक्तनली सुन्निने र न्यानो भएको महसुस हुन्छ । जाडो मौसममा न्यानो हुन्छ भनेर मदिरापान गर्दा कलेजो र मुटुको समस्या आउन सक्ने मुटु रोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् ।

‘मुटुको समस्या भएको व्यक्तिले मदिरापान गर्दा खतरा झन् बढ्छ । मुटुको चाल गडबड हुने, कोलेस्ट्रोल बढ्ने र हृदयाघात हुने सम्भावना पनि बढ्छ,’ उनी भन्छन् ।

जाडोमा रक्सी पिउँदा शरीरमा डिहाइड्रेसन हुन्छ, रक्त नलीहरू खुम्चिन्छ र रगत पम्प गर्न मुटुले कडा मेहनत गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा छाती दुख्ने र कहिलेकाहीँ हृदयाघात समेत हुन सक्ने ठाकुर बताउँछन् ।

‘मदिरापान गर्ने बित्तिकै रक्तनलीहरुमा एक प्रकारको प्रतिक्रिया हुन्छ । जसले मुटुको चालमा गडबडी गराउँछ, उनी भन्छन्, ‘रगत पातलो गर्ने औषधि सेवन गर्नेहरूले मदिरापान गर्दा औषधिको प्रभाव कम हुन्छ ।’

लामो समयसम्म मदिरापान गर्दा वा धेरै मदिरापान गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्छ । ‘तर मैले त थोरै मात्र मदिरापान गर्छु, महिनामा एक पटक मात्र । त्यसैले मलाई खासै असर गर्दैन भन्ने जुन धारणा छ त्यो गलत हो,’ डा. ठाकुर भन्छन् ।

‘पछिल्लो समय भएको विभिन्न अध्ययनअनुसार थोरै मात्रामा मदिरापान गर्दा वा कहिलेकाहीँ मात्र मदिरा सेवन गर्दा पनि मुटु र कलेजोमा असर गर्छ, त्यो असर लामो समयसम्म रहन्छ भनिएको छ’ उनी थप्छन् ।

कुनै व्यक्तिले वर्षमा दुई–तीन पटक मात्र मदिरापान गर्छ, तर मात्रा बढी हुन्छ भने मुटुको चालमा गडबडी गर्छ । थोरै मात्रामा लामो समयसम्म मदिरापान गर्ने व्यक्तिमा रक्तचाप, कोलेस्ट्रोल बढ्ने र मोटोपनको समस्या पनि देखिने डा. ठाकुर बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठनको एउटा प्रतिवेदन अनुसार अत्यधिक मदिरा सेवनले डिप्रेसन, बेचैनी, आत्महत्या गर्ने प्रवृत्ति र दुर्घटनाजस्ता केसहरू निम्त्याउँछ । यसबाहेक मदिरा सेवनले कलेजो, पेट, नाक, घाँटी र स्तनको क्यान्सर बढ्छ । दैनिक एक प्याक रक्सी पिउँदा स्तन क्यान्सरको जोखिम ४ प्रतिशतले बढाउँछ । अर्कोतर्फ, धेरै रक्सी पिउँदा रगतमा चिनीको मात्रा ४० देखी ५० प्रतिशतले बढ्छ ।

29/11/2023

🙏🙏

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Deepak Sharma Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category