धौलागिरी प्रादेशिक अस्पताल

  • Home
  • Nepal
  • Baglung
  • धौलागिरी प्रादेशिक अस्पताल

धौलागिरी प्रादेशिक अस्पताल Government Hospital

14/07/2026

यस अस्पतालमा Epidural Analgesia (दुखाई रहित प्रसुती) को प्रयोग गरि पहिलो पटक सफलतापूर्वक सामान्य प्रसूति सेवा प्रदान गरिएको छ ।
यसै अस्पतालमा कार्यरत कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डा. श्री सुनिता सिलवाललाई Epidural Analgesia को माध्यमबाट प्रसुती गराइएको कन्सल्टेन्ट अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा. श्री विजय वझाले बताउनु भयो ।
कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. सन्दीप खत्री कन्सल्टेन्ट अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा. श्री विजय वझाको टोलीले उक्त विधि मार्फत सामान्य प्रसुती गराउनु भएको थियो ।
Epidural Analgesia ले प्रसव पीडा कम गर्ने र सामान्य प्रसूतिलाई थप सहज गराउदछ । यो सेवाले प्रसुती व्यथा लागेका महिलाहरुलाई दुखाई कम भई सामान्य दुखाइमानै प्रसुती हुन सजिलो हुने डा. खत्रीले बताउनु भयो ।

13/07/2026
गत हप्ता अस्पतालबाट सेवा लिएका सेवाग्राहीहरुको विववरण मितिः २०८३ असार २१ देखि असार २७  गते सम्म
12/07/2026

गत हप्ता अस्पतालबाट सेवा लिएका सेवाग्राहीहरुको विववरण
मितिः २०८३ असार २१ देखि असार २७ गते सम्म

यस अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माज्यूलाई शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्...
11/07/2026

यस अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माज्यूलाई शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना शुभकामना लाखौं लाख शुभकामना छ ।

भोलि भेटोला ।
10/07/2026

भोलि भेटोला ।

10/07/2026

सर्पको टोकाईबाट बचौ र बचाऊ।

07/07/2026

हाल बागलुङ जिल्लाका विभिन्न खानेपानीका मुहानहरूको परीक्षण गर्दा केही मुहानहरूमा कोलिफर्म (Coliform) जीवाणु भेटिएको छ( ३६९ मुहानको परीक्षण गर्दा ७७ वटा मुहान पोसेटिभ)। यसै अवधिमा हाम्रो अस्पतालमा पखाला, पेट दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, खाना नरुच्ने तथा आँखा र शरीर पहेँलो हुने लक्षण भएका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। आवश्यक स्वास्थ्य परीक्षणका क्रममा केहि बिरामीमा हेपाटाइटिस ए (Hepatitis A) संक्रमण पुष्टि भएको छ। अनुसन्धानबाट संक्रमितमध्ये धेरैजसो व्यक्तिहरू एउटै समुदायका रहेको र एउटै खानेपानीको मुहान प्रयोग गर्ने गरेको तथ्य पनि देखिएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै यस अस्पतालका मेडिकल अधिकृत डा सन्दिप केसी लगायत, स्वास्थ्य कार्यालय बागलुङ तथा सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाको टोलीले संयुक्त रूपमा प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण, खानेपानीको गुणस्तर परीक्षण, विद्यालयहरूमा स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। साथै सुरक्षित खानेपानीको प्रयोगबारे जानकारीमूलक सामग्री वितरण तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्य पनि भइरहेको छ।

यस अवसरमा सम्पूर्ण नागरिकहरूलाई केही महत्वपूर्ण स्वास्थ्य सन्देसः

१ः पहिलो, मुहान, धारा वा खोलाबाट आएको पानी सिधै नपिउनुहोस्। पानीलाई कम्तीमा १ देखि ३ मिनेटसम्म राम्रोसँग उमालेर मात्र पिउनुहोस् वा प्रमाणित शुद्धीकरण विधि अपनाउनुहोस्।

२ः दोस्रो, खानेपानी राख्ने भाँडालाई सधैं सफा र ढाकेर राख्नुहोस्। सफा पानी पुनः दूषित हुन नदिन विशेष ध्यान दिनुहोस्।

३ः तेस्रो , खाना खानुअघि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनुअघि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग हात धुनुहोस्।

४ः चौथो, खाना राम्रोसँग पकाएर मात्र खानुहोस् र सफा तथा सुरक्षित खाद्य पदार्थको प्रयोग गर्नुहोस्।

५ः पाँचौं, खुला दिसा नगर्नुहोस् र आफ्नो घर तथा वरपरको वातावरण सफा राख्नुहोस्। व्यक्तिगत र सामुदायिक सरसफाइले धेरै संक्रामक रोगहरूबाट बचाउन मद्दत गर्छ।

यदि तपाईं वा तपाईंको परिवारका कसैलाई पखाला, ज्वरो, पेट दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने वा आँखा तथा शरीर पहेँलो हुने जस्ता लक्षण देखिएमा घरमै बसिरहनु हुँदैन। तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुहोस्।

सम्पूर्ण बागलुङवासी तथा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्र अनुरोध छ—
मुहानको पानी सफा देखिए पनि त्यसमा आँखाले नदेखिने रोग सार्ने सूक्ष्म जीवाणु हुन सक्छन्। त्यसैले सुरक्षित, उमालेको वा उचित रूपमा शुद्धीकरण गरिएको पानी मात्र पिउने बानी बसालौं।

सुरक्षित खानेपानी हाम्रो साझा जिम्मेवारी हो। स्वस्थ परिवार, स्वस्थ समाज र स्वस्थ नेपाल निर्माणका लागि सबै मिलेर सुरक्षित खानेपानीको प्रयोग गरौं।

धन्यवाद। नमस्कार 🙏🙏

रेबीज़बाट बचौ!
07/07/2026

रेबीज़बाट बचौ!

रेबिजबाट बचौँ: टोकाई हुन नदिनु नै सबैभन्दा राम्रो सुरक्षा!

रेबिज शतप्रतिशत रोकथाम गर्न सकिने रोग हो। यदि कुनै पनि कुकुर वा अन्य शङ्कास्पद जनावरले टोकेमा, चिथोरेमा वा चाटेमा:

तुरुन्त घाउलाई साबुन र सफा बग्ने पानीले कम्तीमा १५ मिनेटसम्म धुनुहोस्।

ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप सेवा लिनुहोस्।

आफ्ना पाल्तु जनावरलाई समयमै खोप लगाऔँ र छाडा जनावरहरूबाट सुरक्षित दुरी कायम गरौँ।

Ministry of Health and Population-Nepal
Epidemiology and Disease Control Division
Anuj Bhattachan
Nisha Mehta




#बर्डफ्लु
#जनस्वास्थ्य
#नेपालसरकार

📣सुचना! 📣📣सुचना!! 📣📣📣सुचना!!!मिति, समय र स्थानः📆मिति: २०८३ असार २७ गते शनिबार📍स्थानः धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ⏱...
06/07/2026

📣सुचना! 📣📣सुचना!! 📣📣📣सुचना!!!
मिति, समय र स्थानः
📆मिति: २०८३ असार २७ गते शनिबार
📍स्थानः धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ
⏱️समयः बिहान १० बजे देखी

Address

Baglung Municipality/2 Hospital Road Baglung
Baglung
33300

Alerts

Be the first to know and let us send you an email when धौलागिरी प्रादेशिक अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share