राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक वडिगाड

  • Home
  • Nepal
  • Baglung Bazar
  • राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक वडिगाड

राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक वडिगाड बाग्लुङ जिल्ला भित्रका https://www.facebook.com/Rastriyaswatantraparty घण्टी वाहक मित्रहरु एक हौ।

22/12/2025
बयान दिन्नँ, गो’ली ठोके हुन्छ: ओली✍️ लाग्छ एकैदिन एकैपटक १९ जनालाई गो’ली हानेर मा’रेको समचार नेपालको हैन, कुनै निरं’कुश ...
22/12/2025

बयान दिन्नँ, गो’ली ठोके हुन्छ: ओली
✍️ लाग्छ एकैदिन एकैपटक १९ जनालाई गो’ली हानेर मा’रेको समचार नेपालको हैन, कुनै निरं’कुश अफ्रिकी देशको हो । ७४ जनाको ह’त्या गरेको आ’रोप छ, खरबौं भ्र’ष्टाचारको आ’रोप छ, राज्यको सम्पति दुरुपयोगको आ’रोप छ । अनि बयान दिन्न भन्न पाइन्छ ?! घो’क्रेठ्याक लगाएर बयानमा बोलाउनु पर्छ, कुरो यत्ति हो । हैन भने कानुनभन्दा माथी राजा भए भनेर गणतन्त्र ल्याएको हैन ?! अनि ओलीहरू कसरी कानूनभन्दा माथी भए ?! कानुन नै मान्दिन भन्ने ओलीहरु को हुन् ?! यिनीहरुलाई बयानमा बोलाउन कुनै पनि कानूनले छेक्दैन/रोक्दैन ।

28/11/2025

🇱​​🇮​​🇻​​🇪​ ​🇩​​🇮​​🇸​​🇨​​🇺​​🇸​​🇸​ with GenZ
राष्ट्रीय स्वतन्त्र पार्टी रेश बाग्लुङ
रायडाँडा रास्वपा समर्थक बागलुङ
रास्वपा समर्थक

10/11/2025

#रास्वपासमर्थक #टिकटककुराकानी जय घण्टी🔔✊
रायडाँडा रास्वपा समर्थक बागलुङ
रास्वपा समर्थक

03/11/2025

#निलोक्रान्ती 🔔✊

बुर्तिबाङमा आयोजित वडा नम्बर १ को प्रथम अधिवेशनबाट धुर्व छन्त्याल वडा सभापति रहेको ८ सदस्य समितिको गठन गरिएको हो ।
25/10/2025

बुर्तिबाङमा आयोजित वडा नम्बर १ को प्रथम अधिवेशनबाट धुर्व छन्त्याल वडा सभापति रहेको ८ सदस्य समितिको गठन गरिएको हो ।

विकट गाउँ दार्चुलाको लेकम गाउँपालिकामा घण्टिको लहर।🔔🙏
25/10/2025

विकट गाउँ दार्चुलाको लेकम गाउँपालिकामा घण्टिको लहर।🔔🙏

नख्खु कारागारभित्रको त्यो दिनः रवि लामिछानेको मुखबाटहिजो शुक्रबारको दिउँसो नख्खु कारागारभित्र रास्वपा सभापति रवि लामिछान...
18/10/2025

नख्खु कारागारभित्रको त्यो दिनः रवि लामिछानेको मुखबाट

हिजो शुक्रबारको दिउँसो नख्खु कारागारभित्र रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले शान्त स्वरमा ती दिनका स्मृतिहरू मलाई सुनाए । उनका शब्दहरूमा उतिबेला देशभित्रको तनाव, भीडको उग्रता र शासन–संवेदनशीलता सबै एकसाथ बोल्थे ।

“२३ गतेको घटनाबारे म दिउँसोसम्म पूर्णरूपमा जानकार थिएँ,” उनले प्रारम्भ गरे, “तर साँझपख कारागारको टेलिभिजन लाइन काटियो । त्यसपछि बाहिरको कुनै अपडेट पाइँदैनथ्यो ।” २४ गते दिउँसोतिर, उनी बाथरुममा थिए । प्रहरीहरू आए र जेलरले बोलाएको खबर दिए । तुरुन्तै उनलाई जेलरको कार्यकक्षमा पुर्याइयो । त्यहाँ पुग्दा जेलरको अनुहारमा चिन्ता स्पष्ट देखिन्थ्यो ।

“बाहिर ठूलो भीड जम्मा भएको छ,” जेलरले भने, “जेल तोड्ने प्रयास भइरहेको छ । तपाईं बाहिर गएर भिडलाई सम्झाउनुहोस् ।”

रविले माइकको माग गरे र गेटनजिक पुगेर आन्दोलनकारीलाई सम्बोधन गर्ने प्रयास गरे । तर भीडले सुन्ने अवस्था नै थिएन । कोलाहल र आक्रोशबीच उनी पुनः भित्र फर्किए ।
“जेलरले भने, कारागार अब सुरक्षित छैन, तपाईं बाहिर जानुहोस्,” रविले सम्झिए, “तर मैले भनेँ — विना आधिकारिक पत्र बाहिर निस्किन्न ।”

त्यसैबीच उनले थाहा पाए — पत्नी निकिता र पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई प्रहरीमार्फत लिन आउन भनिसकिएको रहेछ ।
थोरैबेरमै खबर आयो — सिंहदरबार, संसद भवन, प्रहरी चौकी र नेताहरूका घरहरूमा आगजनी भइसकेको छ ।
राजधानी धुवाँ र डरले ढाकिएको थियो ।

गृहसचिव, प्रहरी प्रमुख र जेलरबीच छोटो छलफल भयो । त्यसपछि उनलाई एक पत्र थमाइयो ।

“आजको सहज अवस्थामा त्यो सबै सम्झिँदा फरक लाग्छ,” उनी भन्छन्, “तर त्यस्तो परिस्थितिमा पत्र कसरी बन्यो, भाषा कस्तो थियो — सोच्ने समय थिएन ।”

नख्खु कारागारबाट करिब एक किलोमिटर टाढा मन्त्री क्वार्टर थियो । त्यहाँबाट मन्त्रीहरू र तिनका परिवारलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लैजाँदै थियो । “तर मलाई भने ‘सुरक्षित’ भनिएको जेलबाट ‘असुरक्षित’ भिडतर्फ पठाइँदै थियो,” उनले भने, “तर म जनताको मान्छे, म जनताकै भिडमा जान्छु ।”

त्यसरी उनी भिड छिचोलेर सडकपारिको एउटा रेस्टुरेन्टमा पुगे । बाहिर भीड झन् उग्र बनिसकेको थियो ।
त्यहाँ उनले पार्टीका साथीहरूलाई भने — “ओजन छाना भएको गाडी ल्याउनुहोस् । भिडले मलाई देख्नुपर्छ, नत्र गाडीमा आगो लगाइन्छ ।”

गाडी आएसँगै उनले रेस्टुरेन्टको बार्दलीबाट केही बेर भिडलाई सम्बोधन गरे ।
त्यसपछि गाडीमा बसेर उभिएर अभिवादन गर्दै नख्खुबाट बाहिरिए ।
त्यो दृश्यलाई केहिले फरक अर्थमा प्रस्तुत गरे — “गाडीमा हात हल्लाउँदै हिँडे” भनेर ।
तर उनका शब्दमा, “त्यो कुनै प्रदर्शन थिएन, त्यो बाध्यता थियो । नत्र गाडी नै जल्ने अवस्था थियो ।”

उनले बाहिरिँदै गर्दा सुने — शीर्ष नेताहरू कुटिएका छन्, कतिपय भागेका छन् ।
त्यो क्षण उनले विगतमा आफुले दलहरुलाई दिएको चेतावनी पनि सम्झिए —
“एकदिन जनता विस्फोट हुन सक्छन् ।”
त्यो विस्फोट अब उनले आफ्नै आँखाले देखिरहेका थिए ।

उता नेताहरूका घर र पार्टी कार्यालयहरूमा तोडफोड भइरहेका थिए ।
जनता र शासकबीचको विश्वासको अन्तिम धागो चुँडिएको महसुस भइरहेको थियो ।

रवि सुनाउँदै थिए, म सुन्दै थिएँ । अनि मेरो मनमा एक पुरानो घटना चम्कियो —
यही नख्खु जेलबाट कुनै समय कैदीहरूले कांग्रेस नेता गणेशमान सिंहलाई भगाएका थिए । त्यो घटना आज पनि “वीर गणेशमान”को इतिहास बनेर उभिएको छ ।

तर आज जब कारागारमा असुरक्षित भएर परिवारको जिम्मा लगाइएका रवि लामिछाने जतिबेला बाहिरिए, त्यसै दलका नेता र तिनका कार्यकर्ता उनीमाथि लाञ्छना लगाइरहेका छन् ।

एउटा प्रश्न उब्जिन्छ —
किन आन्दोलनकारीहरूले रास्वपाको कार्यालय वा नेताहरूका घरमा कुनै क्षति पुर्याएनन् ?

उत्तर —
सायद जनताले रास्वपालाई आफ्नो पार्टी ठाने ।
र तिनका नेताहरूलाई आफ्नै प्रतिनिधि माने ।

त्यही हो, आज रास्वपाका नेता र कार्यकर्ताहरूले बुझ्नुपर्ने मुख्य कुरा ।

18/10/2025
18/10/2025

Staff nurse पढाई खर्च २०/२५ लाख
तलव १० हजार !!!

वि.सं. २०८२ असार ७ने.सं. ११४५ तछलागा दशमीपार्टी स्थापना दिवसको शुभकामना सन्देशवैकल्पिक राजनीतिको बलियो जग स्थापना गर्ने ...
21/06/2025

वि.सं. २०८२ असार ७
ने.सं. ११४५ तछलागा दशमी

पार्टी स्थापना दिवसको शुभकामना सन्देश

वैकल्पिक राजनीतिको बलियो जग स्थापना गर्ने अठोटका साथ हामीले यात्रा सुरु गरेको आज तीन वर्ष पूरा भएको छ। तेस्रो स्थापना दिवसको यो गौरवपूर्ण अवसरमा पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लाग्नुहुने सबैप्रति उच्च सम्मानका साथ हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । यो छोटो अवधिमा मन र मतमार्फत् प्रदर्शित अपार जनविश्वास र भविष्यको आशाका रुपमा गरिएको चित्रणप्रति सदैव कृतज्ञ रहने छौं ।
तीन वर्षअघि आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै रास्वपाको स्थापना भएको थियो । आज तेस्रो स्थापना दिवस मनाइरहँदा हामी केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेका छौं । परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको छ । सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौं ।

हामी अभियानकै रुपमा पार्टीको विस्तार र सुदृढीकरणमा सक्रिय छौं । यसको निरन्तरताले जीवन्त र अनुशासित संगठनको रूपमा सुदृढ हुँदै आम नागरिकको आवाजलाई सशक्त बनाउन हामी थप सक्षम हुने छौं । संघीय संसदमा आफ्नो उपस्थितिलाई अझै प्रभावकारी र परिणाममुखी बनाएर सरकारका गलत कामको खबरदारी गर्ने र जनमुखी कानून निर्माणमा निर्णायक भूमिका खेल्ने हाम्रो संकल्पलाई पछिल्ला घटनाक्रमले अझै दृढ बनाएको छ ।

हामी दशकौंदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति–विसंगतिको भण्डाफोर अभियानमा पनि छौं । विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरशः कार्यान्वयनले मात्रै विद्यमानको निराशा र आक्रोश अन्त्य गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । र, हाम्रो मूल खबरदारी पनि यसैतर्फ केन्द्रित हुनेछ। महंगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या लगायत आमनागरिकका जनजीविकाका सवालमा हामी आउँदा दिनमा अझै प्रखर रूपमा प्रस्तुत हुनेछौं । सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहने छौं ।

यो यात्रामा अनेकौं बाधा र चुनौति आउनेछन् भन्नेमा हामी सचेत छौं । तर, आम नागरिकको अटुट विश्वास र समर्थन नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । त्यही शक्ति एकीकृत गर्दै पार्टी स्थापनासँगै हामीले गरेको संकल्प पूरा गर्नेतर्फ एकाकार हुन आम समुदायलाई आह्वान गर्दछौं । आउनुहोस्, स्थापना दिवसको अवसरमा रास्वपाको नेतृत्वमा सबै मिलेर एक विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गर्ने संकल्पलाई थप मजबुद बनाऔं ।
सम्पूर्णमा तेस्रो वार्षिकोत्सवको पुनः हार्दिक शुभकामना, जय घण्टी ।

डोल प्रसाद अर्याल
कार्यवाहक सभापति

वि.सं. २०८२ असार ५ने.सं. ११४५ तछलागा अष्टमी विज्ञप्तिराष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ असार ४ गते (ने.सं. ११४५ तछला...
19/06/2025

वि.सं. २०८२ असार ५
ने.सं. ११४५ तछलागा अष्टमी

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ असार ४ गते (ने.सं. ११४५ तछलागा सप्तमी) बसेको पार्टी सचिवालय बैठकले देहायका निर्णयहरु गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
१. सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने ।

२. देहायका केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरिएको छ ।
क. नीति तथा विचार विभाग – प्रमुख, डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार
ख. अभियान तथा प्रचारप्रसार विभाग – प्रमुख, मनिष झा
ग. कृषि विभाग – प्रमुख, राजन गौतम, चितवन

३. विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने ।

४. मिति २०८२ असार ७ गते बिहान ९ बजे “लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा” भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने ।

५. पार्टी स्थापना दिवसकै दिन, मिति २०८२ असार ७ गते बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय (चःमति, वनस्थली) मा केन्द्रीय समिति बैठक आयोजना गर्ने ।

६. पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने ।

७. “सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्यहरू रहनुभएको छ ।

८. इजरायल–इरानबीचको बढ्दो द्वन्द्वका बीच दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारसँग तुरुन्त पहल गर्न जोडदार माग गर्दछ ।

९. स्याङ्जाको आँधी खोलामा भइरहेको चरम दोहन विरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरी पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते हुनुभएको घटनालाई पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ । सौम्य स्वरूपमा उठाइएका विरोधलाई समेत सत्ता पक्षबाट हिंसात्मक रूपमा दबाउने प्रवृत्तिको पार्टी घोर भर्त्सना गर्दछ। यस जघन्य घटनाले पार्टीलाई विचलित गर्न सक्दैन । पार्टी अझ दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदछ । घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नेछ । त्यस्तै, घाइते साथीहरूको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको जानकारी गराइन्छ ।

मनिष झा
प्रवक्ता (कार्यवाहक)

Address

Baglung Bazar
33300

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक वडिगाड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share