15/09/2022
#पढौं_र_मनन_गरौं
नेकपा एमालेको (ओलि) सरकारलाई अनेक अपजस दिएर परमादेश माग गरेर बनेको यो लाचारबन्धन सरकारले ओली भन्दा राम्रो काम चाहिँ के गरेछ? एउटा उदाहरण केही छैन।
ओलि नेतृत्व सरकारले जनताले देखेका सपना पूरा गर्दै थिए नी , भारतको हेपाहा प्रवृतिको सामना गर्दै ४० वर्ष देखि गुमाएको नक्सा संविधानमा समावेश गर्दै भुकम्पले भत्काएका सम्रचना होस या बिकास निर्माणका काम , बाटा-घाटा हुन या सुरुङ्ग मार्ग , शिक्षा होस या खानेपानी , सबै कुरा बिस्तारी आफ्नो आफ्नो गतिले अघि बड्दै थिए , नेपाल सानो देश भए पनि यहाँ बिकासका काम गर्न धेरै गाह्रो छ , त्यो हाम्रो देशको भौगोलिक अबस्थाका कारण , देख्न जति सजिलो भए पनि गर्न धेरै गार्हो छ , समस्याहरु बिस्तारै हल गर्दै जाने हो , ओलि सरकारले त्यो काम गर्दै थियो तर बिदेशी चाखेल हो या नेताको सत्ता र पदको कारणले हो नेकपा टुट्यो र प्रचण्ड माधबले आफ्नो दुई तिहाइको सरकार तोडेर शेर बहादुरको पाउमा लगेर राखिदिए , त्यस पछिको सरकारको काम र देशको अबस्था त सबैलाई था नै छ ,
अब हामिले बुझ्ने बेला आएको छ , जनताले बुझ्ने बेला आएको छ को बिकास वादी र को बिकास बिरोधि त्यो बारम्बार देखिदै आएको छ , त्यसैले अबको सरकार एमाले सरकार बनाउन तपाइँको पनि त्यतिकै साथ र सहयोग खाचो छ , बाकी रहेका काम गर्न एमाले सरकार नै चाहिने छ , बाकी पाँच दलिय गठबन्धन देश लुट्न र अस्थिरता ल्यान मात्र राजनितीमा लागेका रैछन भन्ने हामिले देखि सकेका छौ , चुनाव नजिकिदै छ आफ्नो अमुल्य भोट कसलाई दिने सोच्ने बेला आएको छ !
१) एमालेले ल्याण्डफिड साइड बनायो
तर गठबन्धनले काडमाडौंको फोहर फ्याँक्न सकेन ।
२) एमालेले मेलम्ची ल्यायो
गठबन्धनले पहिरो सोरेर पानी ल्याउन सकेन ।
३) एमालेले चोभारमा सुख्खा बन्दरगाह बनायो
यो गठबन्धनले सञ्चालनमा ल्याउन सकेन।
४) एमालेले चुच्चे नक्सा संसदबाट पारित गर्यो
गठबन्धन सरकारले आफ्नो नागरिक पानीमा डुबाएर मार्दा सम्म चुइँक्क बोल्न सकेन।
५) एमालेले न्युन विकाससिल देशबाट विकासिल देशको रूपमा स्तरोन्नती गर्यो
गठबन्धनले देश श्रीलंकाको बाटोमा हिंडाएर टाट पल्टाउन आँट्यो ।
६) एमालेले अंगीकृत नागरिकलाई कम्तीमा पनि ७ वर्षे म्याद हुनुपर्ने भन्दै नागरिकता विधेयक ल्यायो
यो गठबन्धन सरकारले त्यो विधेयक खारेज गरेर एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिएर देशलाई फिजिकरण बनाउने निति ल्यायो ।
७) महङ्गीले आकाश छोयो पेट्रोल डिजल छोइसक्नु छैन काठमाडौं गन्हाएर बसिसक्नु छैन यो सरकार बनेदेखी चिनका नाका बन्द छन ।
एमालेको ओली सरकारले धरहरा रानी पोखरी संसद भवन मन्त्री निवास भुकम्प पछीको पूनर्निर्माण पोखरा र लुम्बिनी बिमानस्थल लुम्बिनी ध्यान केन्द्र गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौं को सुख्खा बन्दरगाह जनकपुर जय नगर रेल अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन दशरथ रङ्गशाला पोखरा रङ्गशाला, मध्यपहाडी लोकमार्ग मदन भण्डारी लोक मार्ग हुलाकी राजमार्ग नागढुङ्गा सुरुङमार्ग तामाकोशी जलविद्युत आयोजना सम्पन्न गरेको छ यस्तै सिचाईँ धेरै ठाउँमा बनाएको छ यस्ता अनगिन्ती विकासको काम गरेको छ ! तर ठगबन्धन केही नगरी रामराज्य आयो भनेर बसेको छ धिक्कार हामी नेपाली जनता हाम्रो बुद्धि कहिले आउँछ र यस्ता देश विरोधी तत्वलाई परास्त गर्ने हँ ???