आरुघाट गापा वडा नं १०, गोरखा

आरुघाट गापा वडा नं १०, गोरखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आरुघाट गापा वडा नं १०, गोरखा, Government Official, Arughat Bazar.

वडा अध्यक्ष-सन्जित श्रेष्ठ-9813547155
सचिव-9761638937
कार्यालय/प्रशासन-9815168055
प्राविधिक-9869829576
पशु-9768990928
कृषि-9864397635
Email : [email protected]

आरुघाट गाउँपालिका वडा नं १० गोरखा को आधिकारिक फेसबुक पेजमा तपाईं लाई स्वागत छ🇳🇵🇳🇵

आ.व २०८३/८४ का लागि कार्यान्वयन हुने योजना छनौट सम्वन्धि महत्वपुर्ण सूचना !
17/06/2026

आ.व २०८३/८४ का लागि कार्यान्वयन हुने योजना छनौट सम्वन्धि महत्वपुर्ण सूचना !

आरुघाट गापा बाट रु. ५ लाख बजेट बिनियोजित भई वडा नं १० डांडागाऊं स्थित रहेको सिद्ददेवि माविको घेराबार एवं रिटर्निंग वाल न...
14/06/2026

आरुघाट गापा बाट रु. ५ लाख बजेट बिनियोजित भई वडा नं १० डांडागाऊं स्थित रहेको सिद्ददेवि माविको घेराबार एवं रिटर्निंग वाल निर्माण कार्य सम्पन्न भएको छ ।

बिधार्थि हरुको सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम रहेको बिधालयको कम्पाऊन्ड घेराबार पस्चात शैक्षिक बातावरणमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ ।

“मुख्यमन्त्रि नवप्रवर्दन कार्यक्रम”अन्तर्गत आरुघाट गापा वडा नं १० का सुनौलो हजार दिने आमाहरुका लागि कुखुराको चल्ला, दाना...
13/06/2026

“मुख्यमन्त्रि नवप्रवर्दन कार्यक्रम”
अन्तर्गत आरुघाट गापा वडा नं १० का सुनौलो हजार दिने आमाहरुका लागि कुखुराको चल्ला, दाना, भांडा बितरण गरिएको छ ।
ग्रामिण भेगका आमा र नवजात शिसु दुवैको स्वास्थ्यमा पौस्टिक आहारको अभाव हुन नदिन यो कार्यक्रमले केहि हदसम्म सहजिकरण गरेको छ ।
स्थायि रुपमा बसोबास गरेका, अति बिपन्न आमाहरुलाई पहिलो प्राथमिकता दिई बितरण गरिएको हो भने छुट हुनुभएका अन्य सुनौलो हजार दिने आमाहरुको लागि यथासिघ्र पुन: बितरणका लागि बिशेस पहल गरिनेछ ।

धन्यवाद गण्डकि प्रदेश सरकार🙏

यस वडा कार्यालयमा कार्यरत कृषि एवं पशु प्राविधिक बिष्णराज ढकाल र जिवन खड्का कृषि प्राविधिक सहायक पांचौ तहमा नाम निकाल्नु...
11/06/2026

यस वडा कार्यालयमा कार्यरत कृषि एवं पशु प्राविधिक बिष्णराज ढकाल र जिवन खड्का कृषि प्राविधिक सहायक पांचौ तहमा नाम निकाल्नु भई सरुवा समेत हुनुभएकोमा वडाको तर्फ बाट हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना ।
🌹🌹

सडक बन्द रहने बारे सूचना !!
02/06/2026

सडक बन्द रहने बारे सूचना !!

30/05/2026
२०८३-२-१४ आरुघाट :हिमालय हब एडभेन्चर काठमाडौंको पहलमा Hongkong का नागरिक Raani Kok परिवार बाट आरुघाट गापा वडा नं १० डांड...
28/05/2026

२०८३-२-१४ आरुघाट :
हिमालय हब एडभेन्चर काठमाडौंको पहलमा Hongkong का नागरिक Raani Kok परिवार बाट आरुघाट गापा वडा नं १० डांडागाऊं स्थित रहेको श्री सिद्ददेवि मावि लाई बिविध शैक्षिक, प्राविधिक, खेलकुद सामग्रिहरु हस्तान्तरण गरिएको छ ।

ल्यापटप, आईप्याड, ट्याव, क्यामेरा, मोबाईल सहित शैक्षिक, खेलकुद सामग्रिहरु हस्तान्तरण कार्यक्रममा आरुघाट गापा वडा नं १० का अध्यक्ष सन्जित श्रेष्ठ, सिद्देदेवि माविका अध्यक्ष सुर्यमान गुरुंग लगायत बिव्यास परिवार, बिधालयका प्रधानाध्यापक अर्जुन प्रसाद लामिछाने सहित शिक्षकहरु, हिमालय हब एडभेन्चर काठमाडौंका सन्चालक रमेश भट्टराई, राम प्रसाद भट्टराई, अभिभावक, बिधार्थिहरुको ऊपस्थिति रहेको थियो ।

बिधालयको शैक्षिक गुणस्तर बृद्दिमा सामग्रिहरु ऊपलव्धता बाट अत्यन्तै महत्वपुर्ण सहयोग पुगेको जानकारि गराऊंनुहुंदै आगामि दिनमा यस्तै सहयोगको निरन्तरताको अपेक्षा सहित प्रअले दातासंग आग्रह गर्नुहुंदै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कृषि तथा पशुपन्क्षि मन्त्रालयको खाध तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत आरुघाट गापा वडा नं १० को आधारभुत कृषक समुह र ...
22/05/2026

कृषि तथा पशुपन्क्षि मन्त्रालयको खाध तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत आरुघाट गापा वडा नं १० को आधारभुत कृषक समुह र देऊरालि भन्ज्यांग कृषक समुहका सदस्य हरुका लागि पानिको ड्रम बितरण गरिएको छ ।

कृषक हरुलाई कृषि ऊत्पादनमा थप आत्मनिर्भर र व्यावसायिक बनाऊने ऊद्देस्यमा सहायता हुने अपेक्षा सहित वडा अध्यक्ष, वडा सदस्यहरु, कृषक समुहका पदाधिकारिहरुको रोहबरमा ऊक्त ड्रम बितरण गरिएको हो ।

उपभोक्ता समिति मार्फत योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्य सञ्चालन विधि २०८२
20/05/2026

उपभोक्ता समिति मार्फत योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्य सञ्चालन विधि २०८२

आरुघाट गापा वडा नं १० को फुल्पाति भन्ज्यांगमा “मुख्यमन्त्रि नव प्रवर्दन कार्यक्रम” अन्तर्गत सुनौलो १००० दिने आमा र बच्चा...
18/05/2026

आरुघाट गापा वडा नं १० को फुल्पाति भन्ज्यांगमा “मुख्यमन्त्रि नव प्रवर्दन कार्यक्रम” अन्तर्गत सुनौलो १००० दिने आमा र बच्चा हरुका लागि पोषण पाठसाला सन्चालनका साथै पोषणयुक्त खानाको महत्व र निर्माण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, डांडागाऊं आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख, ऊप-प्रमुख, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु सहित सयौंको संख्यामा ऊपस्थिति रहेको थियो ।

Address

Arughat Bazar

Telephone

+9779851130910

Website

Alerts

Be the first to know and let us send you an email when आरुघाट गापा वडा नं १०, गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share