श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ

  • Home
  • Nepal
  • Aiselukharka
  • श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ

श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ, Public School, Rakha Bangdel, Aiselukharka.

Teachers Wanted
19/06/2026

Teachers Wanted

SLC (कक्षा १२) परीक्षा २०८२ को नतिजाउत्तीर्ण हुन सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक सफलताको लागि शु...
19/06/2026

SLC (कक्षा १२) परीक्षा २०८२ को नतिजा

उत्तीर्ण हुन सफल सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक सफलताको लागि शुभकामना ।

हार्दिक श्रद्धासुमन
10/06/2026

हार्दिक श्रद्धासुमन

शिक्षाको उज्यालो यात्रामा सहकार्यको सुन्दर उदाहरण यस विद्यालयमा सञ्चालन गरिएको अक्षयकोषमार्फत अध्ययनरत जेहेन्दार, उत्कृष...
24/05/2026

शिक्षाको उज्यालो यात्रामा सहकार्यको सुन्दर उदाहरण

यस विद्यालयमा सञ्चालन गरिएको अक्षयकोषमार्फत अध्ययनरत जेहेन्दार, उत्कृष्ट नतिजा हासिल गर्ने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई निरन्तर शैक्षिक सहयोग प्रदान हुँदै आएको छ । यस पुण्य कार्यले धेरै बालबालिकाको सपनालाई पखेटा दिएको छ भने शिक्षाप्रतिको उत्साह अझ मजबुत बनाएको छ ।
खिनीमाया भट्टराई छात्रवृत्ति अक्षयकोषका सञ्चालक समाजसेवी खिनीमाया भट्टराई, वीर बहादुर भट्टराई छात्रवृत्ति अक्षयकोषका सञ्चालकज्यूहरू उहाँको ३ भाइ छोराहरूः ज्ञान बहादुर भट्टराई, तेज बहादुर भट्टराई र पृथ बहादुर भट्टराई, स्व. जस बहादुर राई छात्रवृत्ति अक्षयकोषका सञ्चालक प्रकाश राई र जयन्ती राई तथा रेवती राई छात्रवृत्ति अक्षयकोषका संस्थापक रेवती राईज्यूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछौँ । उहाँहरूको प्रेरणादायी सहयोगले धेरै जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शिक्षायात्रामा उज्यालो आशा थपिएको छ ।

साथै, शिक्षा र सामाजिक सेवाप्रतिको उच्च समर्पणभावका साथ खिनीमाया भट्टराई छात्रवृत्ति अक्षयकोषमा यसै वर्षदेखि रु. ३५,०००/- थप गरी अक्षयकोषलाई अझ सशक्त र प्रेरणादायी बनाइदिनुभएकोमा समाजसेवी खिनीमाया भट्टराईज्यू तथा ज्ञान बहादुर भट्टराईज्यूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछौँ ।

ऐसेलुखर्क १, राखा, भदौरे निवासी यस विद्यालयको भूपू विद्यार्थी, समाजसेवी हाल क्रोएसियामा रहनुभएको सन्तोष विष्टज्यूले वार्...
24/05/2026

ऐसेलुखर्क १, राखा, भदौरे निवासी यस विद्यालयको भूपू विद्यार्थी, समाजसेवी हाल क्रोएसियामा रहनुभएको सन्तोष विष्टज्यूले वार्षिकोत्सव कार्यक्रममा भलिबलको प्रथम, द्वितीय र तृतीय पुरस्कार रकम जम्मा रु. २०,०००/- सहयोग गर्नुभएकोमा उहाँको सहयोगको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

२०८२ को SEE मा यस विद्यालयबाट सर्वोत्कृष्ट GPA 3.38 हासिल गरी शि.सु. छात्रवृत्ति पुरस्कार प्राप्त गर्न सफल छात्रा भूमिका...
24/05/2026

२०८२ को SEE मा यस विद्यालयबाट सर्वोत्कृष्ट GPA 3.38 हासिल गरी शि.सु. छात्रवृत्ति पुरस्कार प्राप्त गर्न सफल छात्रा भूमिका जोगीलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।

शि.सु. छात्रवृत्तिका संचालक समाजसेवी सिद्धि बहादुर राई र सुजाता राईज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

६७ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने ऐसेलुखर्क गाउँपालि...
24/05/2026

६७ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने ऐसेलुखर्क गाउँपालिकाको शिक्षा शाखा प्रमुख (प्रमुख अतिथि) श्री नीर कुमार बस्नेतज्यू, कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री पुरुषोत्तम राजभण्डारीज्यू, भलिबल खेलका एम्पायरहरू: भलकाजी राई र एसिया राजभण्डारीज्यू, अतिथिज्यूहरू, खेलाडीहरू, विद्यार्थीहरू र सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

कार्यक्रममा सहभागी भई विजयी हुने खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

कार्यक्रमको दौडान अहोरात्र खटिएर फोटो खिँच्नु भएकोमा Rajiv Chaudhary सरलाई धेरै धेरै धन्यवाद ।

23/05/2026

डोरी तनाइ फाइनल
वार्ड नम्बर ९ vs ४

23/05/2026

डोरी तनाइ खेल
वडा नम्बर ९ vs वडा नम्बर ३

23/05/2026

भलिबल फाइनल खेल
वडा नम्बर २ vs वडा नम्बर ५
दोश्रो सेट

Address

Rakha Bangdel
Aiselukharka
56200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ:

Share

Category