Help Madheshi Malaysia

Help Madheshi Malaysia Help Madheshi Malaysia एक समाजिक संस्था हो।

मलेसियामा बस्ने सम्पूर्ण नेपाली श्रमिक साथीहरूमा महत्वपूर्ण अनुरोध छ।हामी रोजगारी, परिवारको भविष्य र राम्रो जीवनको खोजीम...
04/09/2026

मलेसियामा बस्ने सम्पूर्ण नेपाली श्रमिक साथीहरूमा महत्वपूर्ण अनुरोध छ।हामी रोजगारी, परिवारको भविष्य र राम्रो जीवनको खोजीमा विदेश आएका हौँ जुन देशमा हामी बस्छौँ, त्यो देशको कानुन, नियम र संस्कृतिको सम्मान गर्नु हाम्रो कर्तव्य हो।
गैरकानुनी रूपमा काम गर्ने वा बस्ने कार्य नगरौँ। रोजगारदाता तथा सम्बन्धित सरकारी निकायका नियम पालना गरौँ।
प्रहरी वा अध्यागमनबाट जाँच हुँदा नआत्तिऔँ, शान्त भएर आवश्यक कागजात देखाऔँ र सहयोग गरौँ।
👉 गलत सूचना, अफवाह र सामाजिक सञ्जालमा कुनै पनि जात धर्म समुदायको बिरोधमा नबोलौ , नलेखौ सब लाई सम्मान गरौ।
👉 कुनै समस्या परेमा सम्बन्धित निकाय, नेपाली दूतावास वा आधिकारिक संघ–संस्थासँग सहयोग मागौँ।

हामी मलेशिया छौँ त्येही भएर यहाको कानुनको सम्मान गरौँ र आफ्नो अधिकारसँगै आफ्नो कर्तव्य पनि बुझौँ।
विदेशमा एक नेपालीको राम्रो व्यवहारले "सम्पूर्ण नेपाली" समुदायको पहिचान र प्रतिष्ठा बढाउँछ त्यसैले कानुनको पालना गरौँ, सुरक्षित रहौँ र नेपाल तथा नेपालीको सम्मान बढाऔँ।
अनुरोधकर्ता :- हेल्प मधेसी मलेसिया ।
email :- [email protected]
Whatsapp :- +6016263 3967

हेल्प मधेसी मलेसिया द्वारा रसुवामा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार ,राहत,खाद्यान्न र बास को लागी रु 1,05,051/- ( एक ...
28/08/2026

हेल्प मधेसी मलेसिया द्वारा रसुवामा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार ,राहत,खाद्यान्न र बास को लागी रु 1,05,051/- ( एक लाख पाँच हजार एकावन ) सहयोग गरिएको छ। हिमाल पहाड तराई कोई छैन पराई , मेची देखी महाकाली सुन्दर देशको बासी हामी सबै नेपाली ।
सेवा नै धर्म हो।
हेल्प मधेसी मलेसिया परिवार
। तन.मन..धन...स।

आज  27 तारिख बिहिवार राती गुगल मिट अन्लाईन मार्फत  हेल्प मधेसी मलेसियाको केन्द्रीय अध्यक्ष प्रमोद कुमार महतो ज्यूको अध्य...
27/08/2026

आज 27 तारिख बिहिवार राती गुगल मिट अन्लाईन मार्फत हेल्प मधेसी मलेसियाको केन्द्रीय अध्यक्ष प्रमोद कुमार महतो ज्यूको अध्यक्षतामा आपतकालीन बैठक सम्पन्न भयो।
हेल्प मधेसी मलेसिया केन्द्रिय कार्यसमिति लगायत मलेसियामा रहेका सम्पुर्ण शाखा कमिटी हरु ( जोहर शाखा , के एल शाखा र सेरेमबान साखा ) को संयुक्त बैठक बाट रसुवामा आएको बाढी बाट भएको क्षति प्रती दुख व्यक्त गर्दै बैठकले रसुवामा भएको दुःखद घटनाबाट प्रभावितहरूका लागि रु. १,०५,०५१/- (एक लाख पाँच हजार एकाउन्न रुपैयाँ ) आर्थिक सहयोग गर्ने निर्णय भएको छ।
सेवा नै धर्म हो।
हेल्प मधेसी मलेसिया ।
तन.मन..धन...।

रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारको सपना, घर र भविष्य बगाएको छ। यस्तो दुःखद समय मा सबै जना मिलि आ आफ्नो तह बाट आ...
26/08/2026

रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारको सपना, घर र भविष्य बगाएको छ। यस्तो दुःखद समय मा सबै जना मिलि आ आफ्नो तह बाट आवश्यक सहयोग गरौ।

क्यान्सर पीडित सुस्मिता हमाल लाई हेल्प मधेशी मलेसिया द्वारा आर्थिक सहयोग🙏यहि मिति २०८३ श्रावण २६ गते सिरहा जिल्ला धनगढीम...
12/08/2026

क्यान्सर पीडित सुस्मिता हमाल लाई हेल्प मधेशी मलेसिया द्वारा आर्थिक सहयोग🙏

यहि मिति २०८३ श्रावण २६ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–११ निवासी सुस्मिता हमाल स्तन क्यान्सरबाट पीडित भई हाल भरतपुर क्यान्सर अस्पताल, चितवनमा उपचाररत हुनुहुन्छ सुस्मिताको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र उपचारका क्रममा आफ्नो सम्पूर्ण धन–सम्पत्ति समेत बेचबिखन गरी उपचार गराइरहेको अवस्थामा थप उपचारका लागि आर्थिक समस्या परेको जानकारी प्राप्त भएपछि हेल्प मधेशी मलेसियाद्वारा मानवीय सहयोगस्वरूप नेपाली रुपैयाँ १५,१०५/- (पन्ध्र हजार एक सय पाचँ रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गरिएको छ।
यस सहयोगले पीडित अस्मिताको उपचारमा केही राहत पुग्ने विश्वास लिइएको छ। दुःख र संकटको समयमा पीडित परिवारलाई साथ दिँदै आएको हेल्प मधेसीको यो मानवीय अभियानप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित पदाधिकारी हरु।
1. श्री सञ्जय कुमार यादव — हेल्प मधेसी नेपाल केन्द्रीय समिति, अध्यक्ष
2. श्री देव नारायण महतो — हेल्प मधेसी मलेसिया, मिडिया कोअर्डिनेटर
3. श्री वस्ने राय — हेल्प मधेसी नेपाल, केन्द्रीय सदस्य
4. श्री श्याम सुन्दर यादव — हेल्प मधेसी, सिरहा जिल्ला उपाध्यक्ष
मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो।
संकटमा परेका पीडित तथा असहाय परिवारलाई सहयोग गर्दै सामाजिक सेवाको अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।

शान्ति नै विकासको आधार हो ,जहाँ शान्ति हुन्छ, त्यहाँ शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारी र सामाजिक प्रगति सहज रूपमा अघि ...
30/07/2026

शान्ति नै विकासको आधार हो ,जहाँ शान्ति हुन्छ, त्यहाँ शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारी र सामाजिक प्रगति सहज रूपमा अघि बढ्न सक्छ त्यसैले समृद्ध समाज निर्माणका लागि शान्ति अपरिहार्य छ।
हेल्प मधेसी मलेसिया सम्पुर्ण परिवार ।

हेल्प मधेशी मलेशिया केएल दलान द्वारा सम्मान तथा बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न। 🙏🤝🌹     मिति २०२६ जुलाई २६  तारिक ...
26/07/2026

हेल्प मधेशी मलेशिया केएल दलान द्वारा सम्मान तथा बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न। 🙏🤝🌹

मिति २०२६ जुलाई २६ तारिक आइतबारको दिन हेल्प मधेशी मलेशिया केएल दलानको सदस्य मनिष कुमार यादब र अमृत सिंह चौहान ज्यु मलेशियाकाे लामो बसाई पछि सदाको लागि बिट मार्दै आफ्नो जन्मभुमि नेपाल जादै हुनुहुन्छ उहाँहरुको यात्रा शुभ र आरामदायी रहाेस भन्दै हेल्प मधेशी मलेशिया सम्पूर्ण परिवार द्वारा कामना गर्दछौं।
उहाँले संस्था प्रति आफ्नो अमुल्य सहयोग तथा अहम् भुमिका निर्वाह गर्दै आइरहेका थियो उहाँकाे योगदान असाध्यै नै महत्त्व पूर्ण रहेको छ संस्था द्वारा सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्भिक तथा पूर्ण ईमानदारीका साथ निर्वाह गर्नु भएको छ, हेल्प मधेशी मलेसिया केएल दलानको सम्पुर्ण पदाधिकारी लगायत सद्स्यहरु द्वारा केएल स्थित केएल दलान द्वारा खादा ओढाई साथै दलानको अध्यक्ष पवन कुमार महतो , केन्द्रिय अध्यक्ष प्रमोद कुमार महतो , केन्द्रिय कोषाध्यक्ष जयप्रकाश साह
सह सचीव दिनेश कुमार दास ,कमलेश कुमार मण्डल , ललित पास्मान , सन्जिब कुमार यादब , प्रकाश चौधरि , सरोज कुमार मण्डल , सुनदर दास , ध्रुब नरायन शर्मा , रामसेबक महतो , शिब कुमार यादब , शोभा शर्मा ठाकुर , प्रदिप कुमार राउत , चित्र बहादुर थापा ज्यु को उपस्थितिमा सम्मान पत्र र मायाको चिनाे स्वरुप देवाल घडी हस्तान्तरण गरि बिदाई तथा सम्मान गरियो ।
हेल्प मधेशी मलेशिया तन..मन..धन..स्।

मलेसियामा कार्यरत रहेका  सम्पूर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी हरु लाई बिशेष अनुरोध छ अहिले  मलेसियामा विशेष अध्यागमन अपरेश...
17/07/2026

मलेसियामा कार्यरत रहेका सम्पूर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी हरु लाई बिशेष अनुरोध छ अहिले मलेसियामा विशेष अध्यागमन अपरेशन (Operasi Khas) सुरु भएको छ तसर्थ सबै जनाले विशेष सतर्कता अपनाउनु होस्।

✍️सधैं साथमा राख्नुहोस्:
१.सक्कल राहदानी (Passport)
२.वैध वर्क परमिट/भिसा
३.कम्पनीको ID Card
🙏आवश्यक कामबाहेक बाहिर ननिस्कनुहोस्, विशेष गरी रातिको समयमा बजार, सपिङ मल वा नेपालीहरू धेरै भेला हुने स्थानमा अनावश्यक रूपमा नजानुहोस्।

कागजात विहीन अर्थात भिषा नभएको (अबैधानिक ) रुपमा बस्नु भएको छ भने अहिले जम्मा 520 रिङ्गेट अध्यागमन बिभागमा जरिवाना र फ्लाइट टिकट लिएर नेपाल जान सक्नु हुन्छ । आवश्यक सहजीकरण को लागि हामी सङ्ग सम्पर्क गर्न सक्नु हुन्छ।

मलेसियामा निधन भएका कल्याणपुर सिरहाको सरोज कुमार महतोको शव हेल्प मधेसी मलेसियाको पहलमा नेपाल ल्याइयो। मलेसियामा सवारी दु...
06/07/2026

मलेसियामा निधन भएका कल्याणपुर सिरहाको सरोज कुमार महतोको शव हेल्प मधेसी मलेसियाको पहलमा नेपाल ल्याइयो।

मलेसियामा सवारी दुर्घटनामा परि मृत्यु भएका सिराहा जिल्ला , कल्याणपुर नगरपालिका -१२ को सरोज कुमार महतो को शव हेल्प मधेसी मलेसिया संस्थाको पहल र नेपाली दूतावास क्वालालम्पुर मलेसियाको बिशेष सहयोगमा जुलाई 6 तारिख ( २०८३ असार २२ गते ) आइतबार राती ल्याइएको को छ। मधेस प्रदेश सिरहा जिल्ला स्थित निजको गाउमा पुगि आजै उहाँको दाह संस्कार गर्ने कुरा उहाको भाइ प्रबिन कुमार महतोले बताउनु भएको छ। सरोज को गत 26 जुनको दिन सवारी दुर्घटनामा मृत्यु भएको थियो। यो शोकको घडीमा उहाँ प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौ। छिटोभन्दा छिटो उहाको शब नेपाल पठाउन हेल्प मधेसी मलेसिया संस्था बाट आवश्यक सहयोग गर्नु हुने संस्थाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो र नेपाल दूतावास क्वालालम्पुर मलेसिया लाई बिशेष धन्यवाद ।

Address

Kuala Lumpur

Telephone

+601133232950

Website

Alerts

Be the first to know and let us send you an email when Help Madheshi Malaysia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category