Embassy of Nepal, State of Kuwait

Embassy of Nepal, State of Kuwait Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Embassy of Nepal, State of Kuwait, Government Organization, Jabriya, block 8, Street 13, House No. 514, Kuwait City.

14/09/2026

भोटकोशी/त्रिशुली बाढी पीडितहरूको सहयोगको लागि विदेशबाट राहत सङ्कलन गर्ने कार्यलाई सहज बनाउन नेपाल सरकारको निर्णय बमोजिम दूतावासको खाता सञ्चालन गरिएको र दूतावासमा हालसम्म प्राप्त जम्मा रकम तपसिल बमोजिम रहेको बेहोरा सबैको जानकारीको लागि अनुरोध छ। सङ्कलित रकम शीघ्र नै प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी नेपाल पठाईने बेहोरा समेत अनुरोध छ।
तपसिलः
१. NRNA NCC परिवार कुवेतः 414.000 K.D.
२. From Employees of Dampa Chautari: 365.750 K.D.
३. Al Faisaliya Company: 250.000 K.D.
४. खोटाङ्ग-कुवेत सम्पर्क मञ्चः 226.750 K.D.
५. सुदूरपश्चिमेली नेपाली समाज, कुवेतः 212.00 K.D.
६. कुवेत गोर्खाली समाज: 138.000 K.D.
७. किरात राई यायोक्खा, कुवेतः 112.500 K.D.
८. Al-Wameed Company’s Staff: 25.250 K.D.

नेपाली राजदूतावास कुवेतले २०२६ सेप्टेम्बर १० मा Nejoud Restaurant Management मा कार्यरत नेपाली श्रमिकहरूसँग प्रत्यक्ष अन...
11/09/2026

नेपाली राजदूतावास कुवेतले २०२६ सेप्टेम्बर १० मा Nejoud Restaurant Management मा कार्यरत नेपाली श्रमिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ। कार्यक्रममा कुवेतको श्रम कानून, दूतावासबाट प्रदान गरिने सेवा र श्रमिकका हकहितबारे जानकारी दिनुका साथै कामदारका समस्या र सेवासुविधाबारे छलफल गरियो। सुरक्षित तथा मर्यादित रोजगारी प्रवर्द्धन र श्रमिकका समस्या समयमै समाधान गर्ने उद्देश्यले दूतावासले कम्पनीको स्थलगत निरीक्षण र श्रमिकसँगको संवादलाई निरन्तरता दिएको हो।

मिति २०२६ सेप्टेम्बर १० गते बिहीबार Seazen Hospitality for Restaurant Management & Catering Co. मा कार्यरत नेपाली श्रमिक...
10/09/2026

मिति २०२६ सेप्टेम्बर १० गते बिहीबार Seazen Hospitality for Restaurant Management & Catering Co. मा कार्यरत नेपाली श्रमिकहरूसँग राजदूतावासको तर्फबाट भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।भेटघाटका क्रममा दूतावासबाट उपलब्ध गराइने विभिन्न सेवाका सम्बन्धमा जानकारी गराइनुका साथै श्रमिकका हक, हित तथा दायित्वसँग सम्बन्धित विषयहरू र कुवेतमा प्रचलित प्रमुख कानूनी प्रावधानबारे जानकारी प्रदान गरिएको थियो। रोजगारदाता कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थितिमा भएको उक्त अन्तरक्रियामा नेपाली श्रमिकहरूले सामना गरिरहेका समस्या तथा कम्पनीबाट उपलब्ध गराइएका सेवा सुविधाका विषयमा जानकारी लिइएको थियो। नेपाली श्रमिकका समस्या तथा गुनासाहरूको समयमै सम्बोधन, श्रमिकको हकहितको संरक्षण तथा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले दूतावासले रोजगारदाता कम्पनीको स्थलगत भ्रमण तथा श्रमिकहरूसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिँदै आएको छ।

10/09/2026
08/09/2026

Share your videos with friends, family, and the world

08/09/2026
07/09/2026

सूचना
भोलि मिति ०८ सेप्टम्बर २०२६ गते मङ्गलबार दिउँसो २:३० बजे नेपाली राजदूतावास कुवेतको आधिकारिक फेसबुक पेज मार्फत कुवेत तथा इराकमा रहनुभएका नेपालीहरूसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधनका लागि Facebook Live कार्यक्रम हुने हुँदा उक्त कार्यक्रममा जोडिनुहुन कुवेत तथा इराकमा रहनुहुने सबै नेपालीहरूमा राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

नेपाली राजदूतावास, कुवेत
०७ सेप्टेम्बर २०२६

Address

Jabriya, Block 8, Street 13, House No. 514
Kuwait City

Alerts

Be the first to know and let us send you an email when Embassy of Nepal, State of Kuwait posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Embassy of Nepal, State of Kuwait:

Shortcuts

Share