28/05/2026
Nepal Festival and Expo 2026 नागोयामा नेपाली राजदूतावासको स्टलबाट सेवा प्रवाह हुने सम्बन्धमा ।
यही मे ३०,३१ र जुन १ मा नागोयामा आयोजना हुन गईरहेको Nepal Festival and Expo 2026 मा नेपाली राजदूतावासले आफ्नै स्टल राखेर प्रत्यक्ष रुपमा सेवा प्रदान गर्न गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौ । नेपाली राजदूतावासको स्टलमा राजदूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुको बारेमा परामर्श दिईने, कागजातहरु संकलन गरिने तथा पर्यटन पर्वद्वन सामग्रीहरु मार्फत नेपालको पर्यटन प्रर्वद्वन तथा प्रचार प्रसार गरिने व्यहोरा अनुरोध गरिन्छ ।
नेपाली राजदूतावासलाई स्टल प्रदान गरी सेवा दिने अवसर दिनुभएकोमा गैर आवासीय नेपाली संघ, क्षेत्रिय समिति नागोयालाई हार्दिक धन्यवाद दिन चाहन्छौ । साथै यस स्टल भ्रमण गरी सेवा लिनहुन पनि समस्त सेवाग्राहीहरुमा अनुरोध गरिन्छ ।
धन्यवाद ।
नेपाली राजदूतावास, टोकियो
२८ मे २०२६