Ramu kandel

Ramu kandel Ramu kandel, 社会サービス, Shiomi 1-29/15, Koto-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

आदरणीय जापानवासी नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू,एवं �गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, समकालीन साथीहरू ...
19/07/2025

आदरणीय जापानवासी नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू,एवं �गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, समकालीन साथीहरू तथा�जापानभरी छरिएर रहनुभएका समस्त गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूमा�हार्दिक नमस्कार तथा श्रद्धासहितको अभिवादन।
म, रामु कंडेल, करिब २० वर्षअघि रोजगारीको सिलसिलामा जापान प्रवेश गरी पछिल्लो १२ वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेको छु। सामाजिक सेवामा बाल्यकालदेखि नै रुचि राख्ने र मातृभूमिप्रति सदैव उत्तरदायी रहने स्वभावका कारण मैले सन् २०१९ देखि एनआरएनए अभियानमा सक्रियरूपमा सहभागी भई पंजीकृत सदस्यको रूपमा सेवा गर्दै आएको छु।
यहाँहरूको विश्वास र माया प्राप्त गर्दै २०२३–२०२५ कार्यकालमा एनआरएनए एनसिसी जापानको केन्द्रीय सदस्यमा भारी मतका साथ निर्वाचित भएर कार्यरत छु। यो अवधिमा मैले आफ्नो दायित्व निष्ठा, समर्पण र प्रतिबद्धताका साथ निर्वाह गर्दै आएको छु। साथै, म बिहुँकोट समाज जापानको केन्द्रीय उपाध्यक्ष मा रही कार्यरत छु ।
"बोलेर होइन, काम गरेर देखाउने" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, अबको लागि मैले एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसिसी) जापानको आसन्न १२औं अधिवेशनमा राष्ट्रीय समन्वय परिषदको सह कोषाध्यक्ष पदको उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।
म यो उम्मेदवारीलाई केवल पदको लागि होइन, सेवा, समर्पण र संस्थाको सुदृढीकरणका लागि एउटा अवसरको रूपमा लिएको छु। यो यात्रामा तपाईंहरूको निरन्तर स्नेह, विश्वास, साथ, समर्थन र सहयोग विना मेरो उद्देश्य सार्थक हुन सक्दैन भन्ने कुरा स्पष्ट रूपमा बुझ्दछु।
तसर्थ, म विनम्रतापूर्वक तपाईंहरू सबैको अमूल्य मत, समर्थन र आशीर्वादको अपेक्षा गर्दछु।
मेरो प्रतिबद्धता (एजेन्डा) :
✅ नेपाली सांस्कृतिक घर 🏠 निर्माणमा सक्रियता साथ लाग्ने छु
✅ नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न जापानबासी संग सस्थाहरु संग पहल गर्नेछु।�✅ एनआरएनए क्षत्र र एनसिसीबीच पुलको भूमिका निर्वाह गर्नेछु।�✅ एनआरएनए को नीति निर्माण र कार्यान्वयनमा सक्रिय सहयोग गर्नेछु।�✅ गैरआवासीय नेपालीहरूको हकहितको पक्षमा विभिन्न संग सस्थाहरु संग प्रतिनिधित्व गर्नेछु।�✅ जापानभरी फैलिएका एनआरएनबीच समन्वय, सहकार्य र एकताको भावना प्रवर्द्धन गर्नेछु।
अन्तमा, मेरो यो सानो प्रयासलाई तपाईंहरूले सकारात्मक रूपमा ग्रहण गर्नुहुनेछ र मलाई सेवाको निरन्तर अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
अनुरोधक,�रामु कंडेल� सह -कोषाध्यक्ष पदको उम्मेदवार (खुल्ला)�गैरआवासीय नेपाली संघ (NRNA) – राष्ट्रिय समन्वय परिषद, जापान (२०२५–२०२७)

हार्दिक बधाई एवं सुभकामना ब्यक्त गर्दछु
04/10/2024

हार्दिक बधाई एवं सुभकामना ब्यक्त गर्दछु

住所

Shiomi 1-29/15
Koto-ku, Tokyo
135-0052

ウェブサイト

アラート

Ramu kandelがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー