15/07/2025
बाँकेको कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको ’जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउसमा छापा मार्दा प्रहरीले आज नक्कली नोट छाप्ने कारखाना नै फेला पारेको छ ।
कार्यालयका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर सहकारी अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव पनि हुन् । उनलाई संघले कारवाही गर्दै सदस्यताबाट निष्काशन गरेको भनेर विज्ञप्ती निकालेको छ ।
मिडिया हाउसबाट प्रहरीले ५१ हजार रुपैयाँ नक्कली नोट, १९ किलो ३०० ग्राम अफिमजस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने क्यानोन, प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका उपकरणहरू बरामद गरेको थियो ।
मन बहादुर सँगै पक्राउ पर्नेहरूमा
दिलमाया सिंह ठकुरी, २२ वर्ष, जाजरकोट
राम बहादुर सिंह, ३३ वर्ष, जाजरकोट
कृष्ण बहादुर वली, ३५ वर्ष, जाजरकोट
प्रेम बहादुर वि.क., ३८ वर्ष, जाजरकोट छन् ।