08/03/2025
पथरीशनिश्चरे मिनि महोत्सवमा गायिका तृष्णा गुरूङको प्रस्तुति
पथरी अपडेट
पथरी। पथरीशनिश्चरे मिनि महोत्सव २०८१ मा लोकप्रिय गायिका तृष्णा गुरूङ प्रस्तुति दिन आउने भएकी छन् । भोलि (फागुन २५ आइतबार) उनले पथरीशनिश्चरे–१, विशाल चोक कृषि बजार मा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
गायिका गुरूङले ‘सुन कान्छा’, ‘नाम के हो भनन’, ‘माया पिरती’, ‘कान्छिको यामु’, ‘रेलैमा’, ‘सोल्टी ज्यु’, ‘गुराँसै फुल्यो’ लगायत दर्जनौं लोकप्रिय गीतहरू गाउनेछिन् ।
महोत्सवमा मनोरञ्जनात्मक खेलजस्तै रोटे पिङ, कोलम्बस, घिर्ने रेस, रोड रेस आदि उपलब्ध छन् । साथै, विभिन्न परिकारहरूको स्वाद लिन सकिने व्यवस्था गरिएको छ ।
संयोजक अमोद लिम्बू (गोल्डी) का अनुसार, चैत ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा देशका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । साथै, हाउजी खेल आकर्षक पुरस्कारसहित सञ्चालन गरिनेछ!