DOTALI ONLINE .COM

DOTALI ONLINE .COM डेउणा गित

05/06/2021

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम

05/06/2021

डोटी: जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्

पहिलो माया भुल्लिनैन सबैको भनाइ छ ।गलामी दन्तिको छाप अझ लै छनाइ छ ।।कोखेला सिरानि बनाइ उइ बर्ष सियको। छनाइ छ मायाको चिनो...
26/07/2020

पहिलो माया भुल्लिनैन सबैको भनाइ छ ।
गलामी दन्तिको छाप अझ लै छनाइ छ ।।

कोखेला सिरानि बनाइ उइ बर्ष सियको।
छनाइ छ मायाको चिनो सुवाले दियको। ।

रेसम जसा बाल साइका औला फेरायको।
रानि बन अलका चुर भैसी चरायको। ।

सुवाका ओठखी लालि ओठैले पुछेको।
लजाइ सुवा भागनतिक जगल्टा लुछेको। ।

बुझने हुने लाइक दिया नबुझे रनदिया।
ओझाका पिर्तिका कुरा बाहिर जनभन्दिया ।।

सुरज प्रकाश ओझा
आर्दश-2 डोटी बाहुनकाणा
हाल - मुम्बई भारत

12/02/2020

सिन्धुपाल्चोक – जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको ....

02/11/2019

मुम्बई यक कार्यक्रम मा डान्सर शान्ति ओड को धमाकेदार प्रस्तुति

डोटी बस दुर्घटना : मृतकको सनाखत, घाईते ३३ जनाको पनि परिचय खुल्योआज बिहान डोटीमा भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ। ...
02/11/2019

डोटी बस दुर्घटना : मृतकको सनाखत, घाईते ३३ जनाको पनि परिचय खुल्यो

आज बिहान डोटीमा भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाईते भएका बाजुराको बाह्रबिसका ५१ वर्षीय नयाँ सेरेलाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक मोहन धामीले गम्भीर घाईते सेरेलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए।
उनका अनुसार घाईते ३३ जनाको पनि परिचय खुलेको छ। घाईते हुनेमा महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाईते रहेका छन्।
यस्तै अछामका ३६ वर्षीय भीम बुढा, अछामकै ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, बाजुराकै २४ वर्षीया २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई पनि दुर्घटना परी घाईते भएको प्रहरीले जनाएको छ।
यस्तै दुर्घटनामा परी घाईते भएका २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउदको ठेगना खुल्न नसकेको डोटीका ट्राफिक प्रहरी इन्चार्ज धामीले दिनेश खबरलाई बताए। घाईतेहरुको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भईरहेको उनले बताए।
घाईते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्वरको बस आज बिहान डोटीको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानीमा दुर्घटना भएको थियो। दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन्। बस सडकबाट ३० मिटर तल खसेको छ।

Copy - dinesh khabar

25/08/2019
कैलालीको गौरीगंगा नगरपालिका मा बस दुर्घटना १४ घाईते अत्तरिया बाट काठमाण्डौका लागी छुटेको मालिका यातायातको ना ५ ख ३३७३ नम...
16/05/2018

कैलालीको गौरीगंगा नगरपालिका मा बस दुर्घटना १४ घाईते
अत्तरिया बाट काठमाण्डौका लागी छुटेको मालिका यातायातको ना ५ ख ३३७३ नम्बरको बस आज पुर्ब पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका ८ बढैपुरमा दुर्घटनामा परेको छ ।३३ जना यात्रु सवार रहेको यात्रु बाहाक बस दुर्घटना हुदा १४ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार घाईते हुने हरुमा गौरीगंगा नगरपालिका ११ कैलालीकी २२ बर्षिय निरुता चौधरी, दशरथ चन्द्र नगरपालिका ११ बैतडीका ५८ बर्षिय प्रेम राम पार्की, गोदाबरी नगरपालिका ५ कैलालीका ३० बर्षिय नर बहादुर बोहरा, गोदाबरी नगरपालिका ५ कैलालीकै ३० बर्षिय कलाबति बोहरा र उनका ५ बर्षिय छोरा अन्जन बोहरा, जय केदार गाँउपालिका २ डोटीका ३८ बर्षिय कर्ण बहादुर बुढा मगर, आलिताल गाँउपालिका १ डडेल्धुराका ६० बर्षिय दुर्गा पुन मगर, किरण बोहरा, लेकम गाँउपालिका दार्चुलका टेकेन्द्र चन्द, आलिताल गाँउपालिका ६ डडेल्धुराका ४० बर्षिय पदम थापा, सिमचौर ४ बैतडीका ४० बर्षिय उद्घव पार्की, पाटन ३ बैतडीका २० बर्षिय महादेब चन्द, भिमदत्त नगरपालिका २ कञ्चनपुरका ३० बर्षिय सुनिल कार्की र चुरे गाँउपालिका ३ कैलालीका २७ बर्षिय डम्बर बि.क. रहेका छन् ।
तिब्र रुपमा गुडिरहेको बस चालकले नियन्त्रण गर्न नसके पछि दुर्घटना भएको यात्रुको भनाई रहेको छ । घाईतेहरु लाई आर्मी अस्पताल बढैपुर र सौगात क्लिनिक बढैपुरमा सामान्य उपचार पछि घोडाघोडी नगरपालिका १ स्थित घोडाघोडी अस्पतालमा घाईतेहरुको थप उपचार भई रहेको ईलाका प्रहरी कार्यालय मसुरियाले जानकारी दिएको छ ।

डोटेलि एकता समाज मुम्बई
12/10/2017

डोटेलि एकता समाज मुम्बई

Address

Mumbai
390007

Telephone

9619687113

Website

Alerts

Be the first to know and let us send you an email when DOTALI ONLINE .COM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category