18/10/2026
भारतीय जनता पार्टी मिरिक–थर्बु–डुप्टिन मण्डलअन्तर्गत बुथ नं. २४/१३२, लोवर बोबरजी गाउँमा आज पार्टीमा समर्थन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा भारतीय जनता पार्टीका जिल्ला सचिव श्री एम. के. जिम्बा, मिरिक–थर्बु–डुप्टिन मण्डलका महासचिव श्री विशाल गुरुङ, भारतीय जनता युवा मोर्चा मिरिक–थर्बु–डुप्टिन मण्डलका अध्यक्ष श्री विश्वास राई, महासचिव श्री अनमोल लामा, सचिव श्री मनोज सुब्बा तथा बुथ नं. २४/१३२ की बुथ अध्यक्ष श्रीमती प्रनिता गुरुङको उपस्थिति रहेको थियो।
उक्त सभामा लोवर बोबरजी गाउँका २८ घरपरिवारले भारतीय जनता पार्टीप्रति समर्थन जनाएका छन्। कार्यक्रममा स्थानीय जनताको सहभागिता तथा पार्टीप्रतिको समर्थनलाई स्वागत गर्दै आगामी दिनमा जनसम्पर्क र जनसेवाका कार्यहरूलाई निरन्तरता दिने विषयमा जोड दिइएको थियो।