11/06/2026
भारतीय जनता पार्टी सोरेनी मण्डलमा आशा छेत्रीको पुनः प्रवेश
सोरेनी, १० जुन २०२६ : सोरेनी क्षेत्रकी समिति सदस्य श्रीमती आशा छेत्री ले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) बाट राजीनामा दिई पुनः भारतीय जनता पार्टी (भाजपा) मा आफ्नो समर्थन व्यक्त गर्दै औपचारिक रूपमा पार्टीमा आबद्ध हुनुभएको छ।
यस अवसरमा सोरेनी मण्डल इन्चार्ज श्री सतीश थापा, मण्डल अध्यक्ष श्री प्रबिन राई, मण्डल महासचिव श्री दिपेश थापा, सोरेनी ग्राम पञ्चायत–१ का ग्राम पञ्चायत सदस्य श्री विकास शर्मा तथा टिङलिङका दुवै बुथका अध्यक्ष श्री विकास रिजाल र श्री गुञ्जन राना को गरिमामय उपस्थिति रहेको थियो।
उपस्थित नेतागण तथा कार्यकर्ताहरूले श्रीमती आशा छेत्रीको पार्टी प्रवेशलाई हार्दिक स्वागत गर्दै यसबाट सोरेनी क्षेत्रमा भारतीय जनता पार्टीको संगठन अझ सशक्त, सुदृढ र जनआधारित बन्ने विश्वास व्यक्त गर्नुभएको थियो। राष्ट्रवाद, विकास, सुशासन तथा जनसेवाप्रति समर्पित भारतीय जनता पार्टीको नीति, सिद्धान्त र कार्यशैलीबाट प्रेरित भई उहाँले पार्टीमा आबद्ध हुने निर्णय गर्नुभएको बताइएको छ।
नेतृत्व पक्षले उहाँको यस निर्णयलाई ऐतिहासिक तथा सकारात्मक कदमको रूपमा लिँदै यसले सोरेनी क्षेत्रको राजनीतिक परिवेशमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।
भारतीय जनता पार्टी परिवारले श्रीमती आशा छेत्रीलाई हार्दिक स्वागत गर्दै सफल तथा उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, उहाँको प्रवेशले सोरेनी क्षेत्रमा संगठनलाई अझ सुदृढ, जनमुखी तथा विकासमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।
“सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास” को मूल मन्त्रलाई आत्मसात् गर्दै आगामी दिनहरूमा जनताको हित, क्षेत्रको समृद्धि तथा समग्र विकासका लागि सबै मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
– भारतीय जनता पार्टी, सोरेनी मण्डल