05/06/2026
विश्व पर्यावरण दिवसको अवसरमा खरसाङमा आयोजित विशेष कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो।
आज खरसाङ रेलवे स्टेशन प्ल्याटफर्ममा विश्व पर्यावरण दिवसको अवसरमा आयोजित जनचेतनामूलक कार्यक्रममा सहभागी भई उपस्थित सम्पूर्ण महानुभावहरूसँग पर्यावरण संरक्षणको महत्त्वबारे विचार आदानप्रदान गर्ने अवसर प्राप्त भयो।
उक्त कार्यक्रम उप-मण्डल अधिकारी (SDO), खण्ड विकास अधिकारी (BDO) तथा HELP NGO को संयुक्त पहलमा आयोजना गरिएको थियो। कार्यक्रममा SDO, BDO, SDPO, DFO, DHR का प्रतिनिधिहरू लगायत विभिन्न प्रशासनिक अधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै खरसाङका विभिन्न विद्यालय, महाविद्यालय, सामाजिक सङ्घ-संस्था तथा गैर-सरकारी संस्थाका प्रतिनिधिहरू र विद्यार्थीहरूको उत्साहजनक सहभागिता देख्न पाउँदा अत्यन्त खुशी लाग्यो।
आजको कार्यक्रमले विशेषगरी युवा पुस्ता र विद्यार्थीहरूलाई पर्यावरण संरक्षणप्रति जागरूक बनाउने तथा स्वच्छ, हरित र दिगो भविष्य निर्माणका लागि प्रेरित गर्ने सन्देश दिएको छ।
यस अवसरमा "एक पेड़ माँ के नाम" अभियानलाई पनि प्रवर्द्धन गरियो। आमाप्रतिको सम्मान र प्रकृतिप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै हामी सबैले कम्तीमा एउटा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने सङ्कल्प गरौँ।
पर्यावरण संरक्षण केवल एक दिनको अभियान होइन, यो हाम्रो साझा दायित्व र भावी पुस्ताप्रतिको उत्तरदायित्व हो। आउनुहोस्, हामी सबै मिलेर हरित र स्वच्छ समाज निर्माणमा योगदान दिऔँ।
"एक पेड़ माँ के नाम" — आमाको सम्मान, पर्यावरणको संरक्षण।
#विश्वपर्यावरणदिवस #पर्यावरण_संरक्षण