Mamta Gurung

Mamta Gurung Sabhapati
(1)

This may be useful to the students of Colleges, HS schools, ITI, Polytechnic and other institutions for registration.. A...
21/08/2026

This may be useful to the students of Colleges, HS schools, ITI, Polytechnic and other institutions for registration..

Age is the only criteria -
Born or after 1st Jan 2006 for all Skills
Few skills where candidates born on or after 1st Jan 2003 will be eligible..

Thanks and Regards.
Kalimpong Diary

15/08/2026
Kalimpong
10/08/2026

Kalimpong

दार्जिलिङ हिल युनिभर्सिटीप्रति राज्यका शिक्षा मन्त्रीले दिएको बयानको भागोप्रमोद्वारा भ्रत्सर्ना

पहाडको भावना, भूगोल र अस्तित्वमाथिको प्रहार बन्द गरियोस्

पश्चिम बंगालका माननीय शिक्षा मन्त्रीज्यूले दार्जिलिङ हिल युनिभर्सिटी (Darjeeling Hill University–DHU) को औचित्यमाथि प्रश्न उठाउँदै विश्वविद्यालयमा हाल केवल ३७ जना विद्यार्थी अध्ययनरत रहेकाले यसको आवश्यकता नरहेको आशय व्यक्त गर्नुभएको विषयप्रति हामी गम्भीर आपत्ति जनाउँदै कडा भर्त्सना गर्दछौँ।
दार्जिलिङ हिल युनिभर्सिटीलाई आजको अवस्थामा पुर्‍याउनुमा विद्यार्थीको अभाव मात्र जिम्मेवार छैन। राज्य सरकार तथा शिक्षा विभागको उदासीनता, आवश्यक बजेट तथा पूर्वाधारको अभाव, पर्याप्त प्राध्यापकको नियुक्ति नहुनु र स्थानीय महाविद्यालयहरूलाई सम्बन्धन प्रदान गर्ने प्रक्रिया प्रभावकारी रूपमा अघि नबढाइनुजस्ता कारणहरूले विश्वविद्यालयको विकास अवरुद्ध भएको हाम्रो ठहर छ। विश्वविद्यालयलाई आवश्यक स्रोत, सुविधा र जनशक्ति उपलब्ध नगराउने अनि त्यसपछि विद्यार्थी सङ्ख्या न्यून भएको कारण देखाउँदै यसको औचित्यमाथि प्रश्न उठाउनु न्यायोचित र जिम्मेवार कदम हुन सक्दैन।

सरकारले DHU लाई केवल नामका लागि स्थापना गरेको हो कि पहाडको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले—यस विषयमा राज्य सरकार स्पष्ट हुन आवश्यक छ। विश्वविद्यालयलाई पर्याप्त कोष विनियोजन गरी आधुनिक पूर्वाधार निर्माण गर्ने, स्थायी प्राध्यापक तथा आवश्यक कर्मचारी नियुक्त गर्ने र पहाडका स्थानीय महाविद्यालयहरूलाई सम्बन्धनको सहज व्यवस्था गर्ने हो भने विद्यार्थी सङ्ख्या स्वाभाविक रूपमा वृद्धि हुनेछ।
माननीय शिक्षा मन्त्रीज्यूले उत्तर बंगाल विश्वविद्यालय (NBU) को उदाहरण प्रस्तुत गर्नुभएको सन्दर्भमा हामी स्मरण गराउन चाहन्छौँ कि पहाडका विद्यार्थी तथा शिक्षकहरूका लागि समतल क्षेत्रमा रहेको विश्वविद्यालयसम्म दैनिक आवतजावत गर्नु वा त्यहाँ अध्ययन तथा अध्यापन गर्नु सहज छैन। भौगोलिक दूरी, जटिल भू-बनोट र यातायातको असुविधाका कारण नै दार्जिलिङ हिल युनिभर्सिटीको आवश्यकता महसुस भएको हो। त्यसैले DHU कुनै विलासिता नभई पहाडको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर आवश्यक शैक्षिक संस्था हो।
अघिल्लो सरकारले रोपेको यस शैक्षिक बिरुवालाई वर्तमान सरकारले मलजल गरी हुर्काउनुपर्ने हो; तर आवश्यक स्रोत र संरक्षण नदिई कमजोर बनाउने अनि त्यसैको आधारमा यसको औचित्यमाथि प्रश्न उठाउने प्रवृत्ति अत्यन्तै दुर्भाग्यपूर्ण छ। दार्जिलिङ हिल युनिभर्सिटी कुनै एउटा राजनीतिक दल वा सरकारको मात्र सम्पत्ति होइन; यो समग्र पहाडको शैक्षिक भविष्य, अवसर र आकांक्षासँग जोडिएको महत्वपूर्ण संस्था हो। त्यसैले यसको संरक्षण र सुदृढीकरण पहाडका सबै राजनीतिक प्रतिनिधि तथा जनप्रतिनिधिहरूको साझा जिम्मेवारी हो।
हामीलाई चिन्ता लागेको अर्को विषय राज्यको नीति-निर्माणमा देखिने कोलकाताकेन्द्रित दृष्टिकोण हो। पहाडको भौगोलिक जटिलता, यहाँको सामाजिक संरचना र जनताको विशिष्ट आवश्यकता बुझ्न नसक्दा बारम्बार यस्ता समस्या उत्पन्न भइरहेका छन्। समतल क्षेत्र र पहाडी क्षेत्रको प्रशासनिक तथा भौगोलिक अवस्थालाई एउटै मापदण्डबाट हेर्नु व्यवहारिक हुन सक्दैन।
पहाडको भूगोललाई बेवास्ता गरेर बनाइनेनीति र निर्णयले यहाँका जनताको वास्तविक समस्या समाधान गर्न सक्दैन। विगतदेखि नै पहाडले प्रशासनिक अधिकार, स्वशासन र आफ्नो राजनीतिक भविष्यका विषयमा आवाज उठाउँदै आएको छ। राज्य सरकारले पहाडको भावना, आवश्यकता र भौगोलिक वास्तविकतालाई निरन्तर बेवास्ता गर्दै जाने हो भने असन्तुष्टि अझ गहिरिँदै जानेछ र पृथक प्रशासनिक व्यवस्थासम्बन्धी मागहरू थप सशक्त बन्ने अवस्था आउन सक्छ।
अतः हामी पश्चिम बंगाल सरकार तथा शिक्षा विभागसमक्ष दार्जिलिङ हिल युनिभर्सिटीप्रतिको वर्तमान उदासीनता तत्काल अन्त्य गर्न, आवश्यक बजेट तथा पूर्वाधार सुनिश्चित गर्न, स्थायी प्राध्यापक एवं कर्मचारी नियुक्त गर्न तथा स्थानीय महाविद्यालयहरूलाई सम्बन्धन प्रदान गर्ने प्रक्रिया शीघ्र अघि बढाउन जोडदार माग गर्दछौँ।
पहाडको शैक्षिक भविष्यसँग जोडिएको DHU लाई कमजोर होइन, अझ सुदृढ बनाइनुपर्छ। पहाडको भूगोल, भावना र आवश्यकतालाई सम्मान गर्दै राज्य सरकारले जिम्मेवार तथा सकारात्मक कदम चाल्नुपर्छ।

सञ्चवीर सुब्बा
सह–सचिव
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

10/08/2026

This is the most heartbreaking news.

Hope our representatives note this matter seriously!!!
Kalimpong Diary




Raju Bista
Pushpa S***a

09/08/2026
07/08/2026

एक समय थियो, जहाँ मेराे गाउँलाई मेराे जरुरत थियो।
अब गाउँ गरिखाने भाको छ।
अब मेराे भुमिको जरुरतको मांग पुरा गर्नुछ।

Address

Panchayat Samiti, Kalimpong 1
Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Mamta Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share