16/03/2021
बिधान सभा चुनाव जनताको मत कसलाई ?
✍️तृषा राई !
चुनावको माहोल तातिरहेको छ। नेताहरु आ-आफ्नो दल बिस्तार गर्न तिर लागिपरेका छन् ।जनता भने मौनता अपनाएर नेताहरुले दिएका एक एक आपूर्ति आश्वासनहरुको जवाफ दिनुु प्रतीक्षा गरिरहेका छन्। जनता आफ्नो शक्ति प्रयोग गर्नेछन् त्यो दिनलाई जुन दिन सम्पुर्ण दलहरुका आ-आफ्नो स्वर्थ पुर्ती गर्ने माध्यम चुनाव हुनेछ।
यहाँ नेताहरुका मात्रै स्वर्थ पुर्ती भएको अनुभव गर्छन् ।साधारण खटिखाने जनताको भोटहरुबाट ठुला ठुला महल बनिन्छ्न् ।सिन्टेक्सहरु भरिन्छन् अनि झण्डा बोकाएर पाएका सरकारी शिक्षक नियुक्तिबाट बनिन्छन् नेताहरुकै मात्र आफ्नो भबिस्यहरु।साधारण गरीब जनताको घर सम्म बनिनसक्दैन। यसैले अब यो चुनावलाई चुनावती रूपमा स्विकार्नु पर्छ नेताहरुले।सत्तामा बस्ने साधन मात्र होइन।
यस चुनावमा एक तिर आफ्नैहरुलाई खेदेर ,प्रशासनको डर देखाएर मुख्य मन्त्री ममता ब्यानर्जीले राखेको कुर्सीमा बस्ने बिनय अनित दाज्युहरु छन् ।ऊनीहरुलाई गणतन्त्रको मुल्य नै छैन ।मात्र सत्ता उपभोग गर्न पाए आफुहरुलाई सफल राजनेता ठान्छ्न्।त्यो कुर्सीमा सहिदहरुका बलिदान छ लाखौं योद्धाहरुको अपुरो सपनाहरु छन् ।यी बारे कुनै सरोकार छैन ऊनीहरुलाई।यहाँ त्यो अध्यक्ष छ जसले मुद्दालाई फालेर ममताले दिएको सत्ता रोजे।
अर्को तिर साडे तीन साल दुख कष्ट सहेर गोर्खा जातिको मुद्दा संसद सम्म पुराउने अध्यक्ष बिमल गुरुङ ज्यु अनि योद्धाहरु छन् जसको मनमा जाति प्रति अशेष प्रेम छ ,मुद्दालाई सफल पार्ने संकल्प छ।समय अनुकुल बने पुनः बिस्थापित बन्ने अठोट छ।त्यहाँ त्यो अध्यक्ष छ जसले मुद्दाको निम्ति जनताले दिएको सत्तालाई त्यागेर बिस्थापित जीवन रोजे।
अझै अर्कोतिर गोरामुमो अनि भाजपा छन् जुन दलले २१बर्ष सम्म मुकुटबिहिन राजा जस्तो एक तन्त्र शासन गर्यो । परिवर्तन हुँदै गरेको जनताको मनले अस्विकार गर्ने देखेर छैटौं अनुसूचीको रट लाउनु थाक्यो।आज अध्यक्ष बिमल गुरुङ अर्को विकल्प नहुदा आफ्नो १६०वटा लागेको मुद्दाहरु अन्त गर्न बिस्थापितलाई लिएर घर फर्किदा बङ्गोप सागरको खाडीमा पसेको भन्ने गोरामुमोको समर्थकहरु आफ्नो आप्पाको इतिहास हेरेर बुझुन।कुनै मुद्दा नलागेको स्वर्गीय सुबास घिसिङ ज्यु आफुलाई स्थापित गर्न तृन्मुल कङ्गेसको सहयोगमा पहाड छिरेका थिए ।अनि ममतालाई बिधान सभा चुनावमा सहयोग गरेका थिए ।त्यस समय गोरामुमोको जाति प्रतिको माया कहाँ गयो? कहाँ बन्द भयो त्यस समय गोरामुमोको मुख ?त्यस समय बङ्गोप सागरमा डुबेन ?यसरी हिलो छेपा छेप किन गर्नु ?
राज्य भाजपा त्यो हो जसले हाम्रो सपना चकानाचुर पारेर क्षत्रीयबादलाई अन्त गर्दै आफ्नो दल बिस्तार गर्न तिर लागिपरेको छ।गोर्खाको सपना मेरो सपना भनेर पूरा गर्नुको बदलीमा हाम्रो सपना स्थापित गर्ने क्षत्रीय दल गोजामुमो अध्यक्ष बिमल गुरुङ ज्युलाई नै मासेर सत्ता जमाउनु खोजिरहेछ।जुन दलका अध्यक्षले हाम्रो मुद्दा संसद सम्म पुराउन सबैथोक त्याग गरे उनैलाई पोलेर खरानीबाट पनि फाईदा लिने काम गरिरहेछ भाजपा।
आफू कठिन अवस्थामा रहेर पनि राजु बिस्ट ,निरज जिम्बाहरुलाई सांसद बिधायक बनाए उनै मोर्चा अध्यक्ष बिमल गुरुङ ज्युको जुत्ताको नाप धरी बताईदिने बयान दिदै जनता सामु अपमान गर्छन् ।यसै यी स्वर्थी तत्वहरु बाट जनता सचेत हुनुहोस् ।आफ्नो मत सहि दललाई समर्थन गर्नोस् । आफ्नो स्वर्थको निम्ति अलिकती पनि राजनीति नगर्ने अध्यक्ष बिमल गुरुङ ज्यु साथै उहाँसित बिस्थापित बनेर घर वापासी हुनुभएका तमाम योद्धाहरुलाई हजुरहरु अनि मैले मौका दिनै पर्छ।हाम्रो अस्तित्वको मार्ग सुनिस्चित गर्नै पर्छ। योद्धा बाँचे युद्ध रहनेछ ।यसैले यो आउने चुनाव योद्धा अनि युद्धलाई जिवित राख्नु जरुरी छ। जय गोर्खा।No TMC, No Kamal only vote for Bimal. ✊🙏