Queen karuna

Queen karuna धैर्यता सफलताको प्रमुख तत्व हो। upcoming

18/04/2026

04/04/2026

I got over 200 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

हाम्रो चुनाव चिन्ह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा।
01/04/2026

हाम्रो चुनाव चिन्ह
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा।

चुनावी सभामा
30/03/2026

चुनावी सभामा

 #चुनावी_सभा_सफलतापूर्वक_सम्पन्न🕯️ #मिति २९ मार्च २०२६,आइतबारको दिन स्थानीय गोरुबथान ब्लक अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चा...
30/03/2026

#चुनावी_सभा_सफलतापूर्वक_सम्पन्न🕯️

#मिति २९ मार्च २०२६,आइतबारको दिन स्थानीय गोरुबथान ब्लक अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चायतको #चित्रबारीमा #रम्बी #आफते शाखाद्वारा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा सफलतापूर्वक सम्पन्न भयो।
उक्त सभामा आउँदो विधानसभा चुनावलाई केन्द्रमा राख्दै गहन छलफल तथा विचार-विमर्श गरियो।
सभालाई सम्बोधन गर्दै भागोप्रमोका प्रार्थी रुदेन सादा लेप्चालाई जनताको अपार समर्थनका साथ भारी मतले विजय गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभामा ४३ नम्बर समष्टिका जोन 2 सभापति पेमा योन्जन,महकुमा समिति नारी शक्ति सभापति करुणा छेत्री,युवा शक्ति सचिव अशोक छेत्री साथै विमन छेत्री,निमा छिरिङ लेप्चा आदिले चुनाउ सम्बन्धि सम्बोधन राख्नुभयो।
कार्यक्रमको अध्यक्षता श्री बिमन छेत्री ले गर्नुभएको थियो भने सभाको सञ्चालन त्यस शाखा का सभापति भीमबहादुर छेत्री ले कुशलतापूर्वक गर्नुभएको थियो।
यस ऐतिहासिक सभाले क्षेत्रका जनतामा नयाँ ऊर्जा,उत्साह र परिवर्तनको सन्देश प्रवाह गरेको छ।
सभामा ग्राम पन्चायत उप प्रधान निरा तामाङ,रीना छेत्री,बिकास बम्जन,अन्जली तामाङ,बिना तामाङ लगायत अन्यान्यको विशेष उपस्तिथि रहेको थियो।

"परिवर्तनको लागि,जनताको साथमा – भागोप्रमो!”



#यसपालीको_भोट_क्यान्डलमा

 #यसपालीको_भोट_क्यान्डलमा🕯️दृढ संकल्प,एकता र विकासको मार्गमा गोरुबथान  #पोख्रेबुङ_लुङ्सेलमा चुनावी सभा:मिति 28/03/2026 श...
29/03/2026

#यसपालीको_भोट_क्यान्डलमा🕯️

दृढ संकल्प,एकता र विकासको मार्गमा गोरुबथान #पोख्रेबुङ_लुङ्सेलमा चुनावी सभा:

मिति 28/03/2026 शनिवारको दिन ४३ नम्बर समष्टि जोन 2 भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) पोख्रेबुङ ग्राम पञ्चायतको लुङ्सेल शाखामा चुनावी सभा उत्साहपूर्वक सम्पन्न भयो।
शाखाका सम्पूर्ण पदाधिकारीहरू, सदस्यगण तथा उपस्थित ग्रामवासीहरूको सहभागिताले सभालाई अझै अर्थपूर्ण र ऊर्जावान बनायो।
विस्तृत छलफल र जनभावनाको सम्मान गर्दै यसपटकका भागोप्रमोका उम्मेदवार आदरणीय श्री रुदेन सादा लेप्चालाई विजयी गराउने निर्णय दृढताका साथ सर्वसम्मत रूपमा पारित गरियो।
“हाम्रो भोट,हाम्रो भविष्य -सही नेतृत्वको साथमा उज्ज्वल भोली”भन्ने सन्देश सभाभरि गुञ्जिएको थियो।
कार्यक्रममा भागोप्रमो जोन 2 सभापति पेमा योन्जन,महकुमा समिति नारीशक्ति करुणा छेत्री,युवाशक्ति सचिव अशोक छेत्री,रमेश राई आदिद्वारा आफ्नो विचार राख्दै जनअधिकार,विकास र पहिचानका पक्षमा दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वागत मन्तव्य प्रणाम तामाङद्वारा प्रस्तुत गरिएको थियो भने सभाको अध्यक्षता रोलेन लेप्चाले गर्नुभएको थियो।कार्यक्रम सञ्चालन सुकबीर तामाङले गर्नुभयो।
सभामा उप प्रधान निरा तामाङ,बिकाश बम्जन,सन्जय तामाङ,कर्णबहादुर तामाङ,लोककुमार ठकुरी,रोसन राई,प्रशान्त ठकुरी,रमेश तामाङ,सुक्राज लेप्चा,गणेश छेत्री,कमली तामाङ लगायत अन्यान्यको विशेष उपस्तिथि रहेको थियो।
“यसपालिको एमएलए भोट — विकास र अधिकारको लागि सही रोजाइ!”
आजको सभा केवल कार्यक्रम मात्र नभई, जनविश्वास,एकता र परिवर्तनको स्पष्ट संकेत बनेको छ।

 #गोरुबथान:पोख्रेबुङ ग्राम पन्चायत अन्तर्गत मगर गाँउमा चुनावी सभा सम्पन्न:मिती २८ मार्च २०२६,शनिवारको दिन पोख्रेबुङ ग्रा...
29/03/2026

#गोरुबथान:पोख्रेबुङ ग्राम पन्चायत अन्तर्गत मगर गाँउमा चुनावी सभा सम्पन्न:

मिती २८ मार्च २०२६,शनिवारको दिन पोख्रेबुङ ग्राम पञ्चायत अन्तर्गत #मगरगाउँ_शाखामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को चुनावी सभा सम्पन्न भयो।सभामा स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो, जसले आगामी विधानसभा (MLA) चुनावप्रति जनताको दृढ समर्थन र उत्साहलाई स्पष्ट रूपमा उजागर गरेको छ।
उक्त सभामा भागोप्रमो ४३ नम्न्बर समष्टि जोन २ सभापति पेमा योञ्जन,महकुमा समिति नारीशक्ति सभापति करुणा छेत्री महकुमा समिति सदस्य निरा तामाङ आदिले सम्बोधन गर्दै पार्टीको सिद्धान्त, संगठन सुदृढीकरण र जनमुखी विकासका एजेण्डाहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँहरूले आगामी चुनावमा भागोप्रमोका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन सम्पूर्ण जनसमुदायलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।
सभालाई सन्चालन बिमन छेत्रीले गरेका थिए भने सभाको अध्यक्षता राजेन छेत्रीले कुशलतापूर्वक निर्वाह गर्नुभयो।कार्यक्रममा महकुमा समिति सदस्यहरू रिना छेत्री,भीमबहादुर छेत्री, सन्जय लामा, विकास बम्जन लगायत अन्य सक्रिय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा लामो तथा सार्थक चर्चा–परिचर्चा पश्चात् सर्वसम्मत रूपमा शाखा समिति गठन गरिएको छ।नवगठित समितिले आगामी विधानसभा चुनावलाई केन्द्रमा राख्दै पार्टी संगठनलाई अझ मजबुत, सक्रिय र जनमुखी बनाउने दृढ संकल्प व्यक्त गरेको छ।

नवगठित शाखा समितिको संरचना यस प्रकार रहेको छ—

सभापति: राजेन छेत्री
उपसभापति: धनकुमार राई
सचिव: सुरेन राई
सह-सचिव: इन्द्रबहादुर कार्की
कोषाध्यक्ष: प्रदीप छेत्री
उप-कोषाध्यक्ष: महेश छेत्री
मुख्य सल्लाहकार: नन्दलाल छेत्री
सह–सल्लाहकारहरू: राजकुमार राई,विजय छेत्री
सदस्यहरू:
राजु छेत्री,कुमार बस्नेत,छबीलाल छेत्री,इन्द्रदत शर्मा,बिरे राई,इन्द्रबहादुर निरौला,दिलबहादुर राई,धनबीर राई,मनोरथ शर्मा अनि अन्य।
अन्त्यमा,शाखाको नारीशक्ति संयोजिकाको जिम्मेवारी रुपा छेत्रीलाई सुम्पियो।
सभामा सहभागी सम्पूर्ण जनमानसले आगामी चुनावमा भागोप्रमोका उम्मेदवारलाई भारी मतले विजयी गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।





🕯️🕯️🕯️🕯️🕯️

 #गोरुबथान: ४३ नम्बर समष्टि, जोन २ को चुनावी सभा सफलतापूर्वक सम्पन्न४३ नम्बर समष्टि अन्तर्गत जोन २ मा आयोजित चुनावी सभा ...
23/03/2026

#गोरुबथान: ४३ नम्बर समष्टि, जोन २ को चुनावी सभा सफलतापूर्वक सम्पन्न

४३ नम्बर समष्टि अन्तर्गत जोन २ मा आयोजित चुनावी सभा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित सम्पूर्णले एकताबद्ध भई आगामी चुनावमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन।

सम्बोधनको क्रममा क्षेत्रीय सभासद् रथन थापा,सभापति पेमा योन्जन,महकुमा समिति नारीशक्ति सभापति करुणा a छेत्री,केन्द्रीय समिति सदस्य नङ्सल लामा तथा समष्टि प्रवक्ता प्रकाश बिप्लवले आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य समष्टि सचिव होमनाथ शर्माले राख्नुभएको थियो भने सञ्चालन विश्वदीप प्रधानले गर्नुभएको थियो।

यस सभाले सहकार्य,विश्वास र विकासप्रतिको हाम्रो अठोटलाई अझ मजबुत बनाएको छ।कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

एकता,परिश्रम र समर्पण नै हाम्रो सफलताको आधार हो।

✊🏻

Address

Gorubathan

Alerts

Be the first to know and let us send you an email when Queen karuna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Queen karuna:

Share