15/05/2017
SOURCE: Mohan Pradhan
SIKKIM REPUBLICAN PARTY ले सिक्किममा हक र अधिकारको बारेमा या (equal right)जस्तो मुद्दा लिएर सिक्किमे जन्ताहरुको अगाडी खडा भएको छ, यो पाटीले ढाटको राजनिति छलकपटको राजनिति र दोषारोपणको राजनिति देखी माथि उठेर निती र सिधान्तको राजनिति गरी रहेको छ , आज सिक्किम भरी SIKKIM REPUBLICAN PARTY को निती र सिधान्तलाई हर कोही मानिसहरुले मुटु भित्रबाट स्वीकार गरी सकेको छ, केवल दुई चार जना मानिसहरु जो कसैले श्रीमान के बी राई ज्युलाई र वाहाको बिचार धारालाई नजिकबाट जानेको छैन उनीहरुको भनाई छ कि 22 बर्स सम्म राईले नै मुख्य मन्त्री गरेर वाक्कै भई सकेको बेलामा फेरी अर्को पनी राई नै पो आएछ भन्ने कुरा गरी कता कता हाम्रो गोरखे सन्तानहरु अल्झेको छ, तर म यो भन्नु चाहान्छु कि हो सिक्किममा एउटा राई वा गोरखे मुख्य मन्त्रीले आफनो जाती प्रति गरेको घातक कार्यकलापले हामी सारा सिक्किमको गोरखा जाती मात्र नभएर सारा भारतको गोरखे सन्तानलाई एउटा दाग लागेको छ, जसमा गोरखा भनेको नेपालको गोरखा जिल्लाबाट आएको भनेर हामीलाई हेला मात्र होईन गोरखाले बिश्वमा कमाएको ईज्जत र नाउलाई आफ्नो कुर्सीको खातिर माटोमा मिलाउने प्रयास भयो, यती मात्र काहा हो र कसैले त गोरखे मुख्य मन्त्रीको पुतला सम्म दहन गरेर बिरोध जनाए, यसकारण म यो बारेमा सिक्किमको जन्ताहरुलाई यो कुराको आश्वासत गराउन चाहान्छु कि सबै औला बराबर हुदैन भन्ने हाम्रो पुर्खाहरको भनाई छ, यो कुरा याहा ठिक सड मिल्नु जान्छ, हो एउटा राईले हामीलाई भतुवा,कुल्ली बिदेशी भनी किताब लेखी तल खसाल्ने काम गर्यो भन्दैमा सारा सिक्किमको राईलाई शंकाको चश्मा लगाएर हेर्नु उचित हुदैन, यदी सबै राई एउटै हुन्थयो भने SIKKIM REPUBLICAN PARTY को अध्यक्ष Shriman K B Rai ले सिक्किमको बारेमा 12 बर्ससम्म अध्यन गरी सिक्किमको ईतिहास खोजी गरी यती दु:ख कष्ट सहेर आज हामीलाई लागेको कंलक मेटाउन हाम्रो अघि खडा हुनु हुन्छ, हामी नेपाली भाषी गोरखेको मान सम्मानको निम्ती वाहा हामी प्रति समर्पित हुनु हुन्छ, हामी सिक्किममा कुन परिस्थितिमा काहा खडा छौ यो कुरा वाहाले छरलडग पारी हाम्रो आखा खोली दिनु भयो, यसले गर्दा हामीले हाम्रो हक र अधिकार खोज्नलाई कम्मर कसेको छौ ,एउटा राई कति धुर्त पाएको छौ भने अर्को राई कति परोपकारी छ, आज सम्म सिक्किममा के भई रहेके छ , हाम्रो अधिकार के हो , हाम्रो हक के हो यसको खोजीको निम्ति किन एउटा प्रधान ,एउटा छेत्री , एउटा बाहुन,एउटा गुरुड, कामी,दमाई,माँझी ,सार्की भुजेल भोटे, लाप्चे हरेक कोई पनी किन अघि आएन ?????? भण्डारी साहाब छेत्रीको छोरा भएर के भो, उसैले हामीलाई बिदेशी (immigrant) भनी साबित गरिमा दियो, L D Kazi Bhutiaभएर के भो, सिक्किम बिधानसभामा सुरक्षित हाम्रो सिट खाई दियो, नेता जातले हुदैन , नेतामा सत्य धर्म ,निश्छल भावना र पबित्र मुटु र हंदय चाहिन्छ, हामी जातको पछाडी होईन, मान्वताको पछाडी लाग्नु पर्छ , जात जो सुकै होस, हामीलाई उध्दार गर्ने नेता चाहिएको छ, जुन दिन हामी यस्तो कालो कानुनको जालबाट बाहिर आउछौ, सिक्किममा सबैले सम्मान हक र अधिकार पाउछ त्यो दिनको ईतिहास सुनको अक्षरले लेखिने छ, स्वर्गमा भगवान र सिक्किमको देबी देउता सबै रमाउने छ, सिक्किममा भोटिया लेप्चाको reserve seat जो सिक्किम बिधानसभामा आरक्षित छ , त्यो seat schedule tribe भनी भारत सरखारले दिएको छ , त्यो सिट 371F को तहत Bhutia lepcha seat भनी भारत सरखारले घोषणा गर्नु पर्छ र papulation को आधारमा seat बाडनु पर्छ भन्ने हाम्रो माग छ,भोटिया लेप्चा हामी सबलाई राजनैतिक अधिकार बराबर हुनु पर्छ ,हाम्रो लड़ाई तब सम्म जारी रहन्छ ,तब सम्म हामीलाई equal right दिदैन, हामी जातकों पछी नकुदेर हाम्रो अधिकारको पछी दगुरौ, जातकों कुरा होईन, जातीयको कुरा गरु, सिक्किम हाम्रो मात्र हो भन्ने कुराबाट टाडै बसेको राम्रो हो, चिप्ले भाष्ण गरी पछाङीबाट छुरी हान्ने नेताहरुको मियाद सकी सकेको छ, हाम्रो सिक्किममा बस्ने गरीब भोटिया लेप्चा जो बस्तीमा हामी सरह जिवन यापन गरी रहेको छ, उनीहरु सित हाम्रो गुनासो होईन, तर हाम्रो गुनासो हामीलाई सिक्किमबाट खेदु र भुटान जस्तो गरु़ भन्ने बिचार र बिष भएको गान्टोकमा बस्ने दुई चार जना शोषक भोटियाहरु र त्यो शोषकको तालमा नाच्ने कठपुतली सरखार सित हो,सिक्किममा अलप्सख्याले बहुसंख्यक माथि शासन गर्ने प्रणाली चाडै समाप्त हुनु पर्छ, नत्र याहा कुरा सजिलो छैन , जम्मु काशमिरमा जस्तो हामी भारतमा बसेर पाकिस्तान जिन्दाबाद भनेको छैन हामी भारतको संबिधान शिरमा राखेर भारत माताकी जय भन्दै हामी हाम्रो अधिकार माग्दैछौ,
भारत माताकी जय
बन्दे मातरम
जय सिक्किम रिपब्लिकन पाटी