01/09/2025
प्रेस विज्ञप्ति
आज एसडीएफ पार्टी नाम्ची जिल्लाको जिल्ला कार्यलयमा पार्टीका सल्लाहकार श्री लक्ष्मी प्रसाद क्षेत्रीज्यूको अध्यक्षतामा एक महत्त्वपूर्ण सभा सम्पन्न भयो।
सभाले हालै नामथाङ-रातेपानी निर्वाचन क्षेत्रका विपक्षी राजनीतिक दलका दुई युवालाई प्रहरी प्रशासनले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसलाई मानवअधिकार हननको उदाहरणको रूपमा लिएको छ। जनताको आवाजलाई डर देखाएर दबाउन नहुने भन्दै प्रहरी प्रशासनको यस्तो रवैयाको घोर विरोध गरिएको छ।
सभामा जिल्लाका सम्पूर्ण सक्रिय कार्यकर्ताहरू, चेली–युवाका जिल्ला स्तरीय प्रभारी श्रीमती अनिता गौतम, श्री डि.के. राई तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।सभामा पार्टीका विभिन्न कार्यक्रमहरू कस्तो प्रकारले सञ्चालन भइरहेका छन् भन्ने विषयमा विस्तृत जानकारी लिइएको छ। साथै, क्षेत्रीय स्तरसम्म पुगेर सक्रियतापूर्वक काम गर्नुपर्ने आवश्यकता माथि सभाले जोड दिएको छ।साथै आजको सभाले नाम्ची जिल्लाको मजदुर मोर्चाको प्रतिनिधि रूपमा नाम्ची–सिङ्गिथाङ निवासी श्री बिमल राईलाई चयन गरेको छ।
खुला बहसमा भाग लिँदै नामथाङ निर्वाचन क्षेत्र निवासी श्री लाक्पा तामाङ, पोखलोक–कामराङ निवासी श्री रिचार्ड छेत्री र मल्ली निर्वाचन क्षेत्र निवासी श्री जीवन राईले आफ्ना मन्तव्यहरू प्रस्तुत गरे। चेली प्रभारी श्रीमती अनिता गौतम, युवा प्रभारी श्री डि.के. राई तथा युवातर्फबाट श्री सुमन चामलिङले समेत पार्टीका वर्तमान कार्ययोजना प्रस्तुत गरे।
सभाको स्वागत भाषण तथा मुख्य विषय जिल्ला अध्यक्ष श्री रमेश किराँतज्यूले प्रस्तुत गर्नुभयो भने धन्यवाद ज्ञापन श्री सामेल क्षेत्रीले गर्नुभयो।
सभाको सञ्चालन श्री ईश्वर प्रसाद राईले गर्नुभयो।
एल.बी. छेत्री
सचिव, प्रचार–प्रसार
एसडीएफ पार्टी,
नाम्ची जिल्ला
01/09/2025