07/10/2025
दार्जिलिङ्गका विभिन्न स्थानहरूमा गएको भयानक पहिरोका कारण निर्दोष नागरिकहरूले दु:खद रूपमा ज्यान गुमाउनुपरेको घटनाले हामी सबैलाई अत्यन्त र स्तब्ध बनाएको छ।
हामी मृतक आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
यस प्राकृतिक विपद्को यस कठिन घडीमा, सम्पूर्ण दार्जिलिङ्गवासीको साथमा हाम्रो संगठनको ऐक्यबद्धता रहिरहनेछ।
हार्दिक श्रद्धाञ्जली 🙏🕯️