गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ

  • Home
  • India
  • Darjeeling
  • गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ

गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ Gorkhaland is our birth right. GJYM forever for Gorkhaland

 #निमन्त्रणा गोर्खा जनमुक्ति मोर्चा ३९ नम्बर समष्टिको आयोजनामा हुने “आभार व्यक्त तथा धन्यवाद ज्ञापन समारोह” मा सम्पूर्ण ...
03/06/2026

#निमन्त्रणा
गोर्खा जनमुक्ति मोर्चा ३९ नम्बर समष्टिको आयोजनामा हुने “आभार व्यक्त तथा धन्यवाद ज्ञापन समारोह” मा सम्पूर्ण गाउँ, बजार तथा एनएच-१० क्षेत्रका आदरणीय आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनी तथा साथीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

स्थान: मन्सोङ खेल मैदान
मिति: ७ जुन २०२६, आइतबार
विशेष अतिथि: बिमल गुरुङ अध्यक्ष, गोर्खा जनमुक्ति मोर्चा
आयोजक: अर्जुन छेत्री (अशोक)
संयोजक, एनएच-१० साथै ३९ नम्बर समष्टि

 #लाभा गोर्खा जनमुक्ति मोर्चा ३८ नम्बर समष्टि संयोजक श्री तोप्देन भोटिया र श्री पासाङ शेर्पाको नेतृत्वमा लोअर कोलाखाम क्...
02/06/2026

#लाभा
गोर्खा जनमुक्ति मोर्चा ३८ नम्बर समष्टि संयोजक श्री तोप्देन भोटिया र श्री पासाङ शेर्पाको नेतृत्वमा लोअर कोलाखाम क्षेत्रका स्थानीय बासिन्दा, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूसँग भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका क्रममा हालै सम्पन्न विधानसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चा र भाजपा उम्मेदवार श्री भरत छेत्रीलाई स्थानीय मतदाता तथा आम जनताले प्रदान गरेको अमूल्य साथ, सहयोग, विश्वास र समर्थनप्रति आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
नेतृत्व पक्षले जनताले देखाएको विश्वासलाई उच्च सम्मान गर्दै आगामी दिनमा पनि क्षेत्रको समग्र विकास, जनहितका मुद्दाहरूको सम्बोधन तथा जनअपेक्षाअनुसार कार्य गर्न पार्टी प्रतिबद्ध रहेको बताएको छ। साथै, जनता र पार्टीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै गोर्खा जातिको अधिकार, पहिचान र समृद्धिका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

आज  #कालेबुङ ९ माइलस्थित गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यालयमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको सभा डा. पल्लभ भुजे...
01/06/2026

आज #कालेबुङ ९ माइलस्थित गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यालयमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको सभा डा. पल्लभ भुजेको नेतृत्वमा सम्पन्न भयो। सभामा विद्यार्थीहरुको अधिकार र उज्ज्वल भविष्यलाई केन्द्रमा राख्दै संगठनलाई अझ सशक्त, सक्रिय बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
सभामा विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा बौद्धिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ। साथै, विद्यार्थी अधिकारको संरक्षण, गुणस्तरीय शिक्षा सुनिश्चितता तथा स्वस्थ शैक्षिक वातावरण निर्माणका लागि निरन्तर आवाज उठाइरहने संकल्प पनि गरिएको छ।
सभामा विभिन्न क्षेत्रका संयोजकहरूलाई आ-आफ्नो क्षेत्रमा संगठनलाई थप मजबुत बनाउने, विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्क कायम राख्ने तथा उनीहरूका समस्या र मागहरूलाई प्राथमिकताका साथ सम्बोधनका लागि पहल गर्ने जिम्मेवारी प्रदान गरिएको छ।
भावी कार्यक्रमअन्तर्गत गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले विभिन्न कलेज युनियन तथा विद्यार्थी संगठनहरूसँग समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यार्थी हितका साझा मुद्दाहरूमा एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ।
विद्यार्थीहरूको समग्र विकास, शैक्षिक अवसरहरूको विस्तार तथा भविष्य निर्माणका लागि आवश्यक विद्यार्थीमैत्री र शैक्षिक संस्थाहरूको स्थापना एवं विकासका निम्ति पनि संगठनले सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शिक्षित, सचेत र सशक्त विद्यार्थी समुह निर्माण गर्दै उज्ज्वल भविष्यतर्फ अघि बढ्नु नै गोरखा जनमुक्ति विद्यार्थी मोर्चाको प्रमुख लक्ष्य रहनेछ।

 #कालेबुङ जिल्ला अन्तर्गत बर्मेक क्षेत्र बाट गोर्खा जनमुक्ति मोर्चा ३९ नम्बर समष्टि तथा एनएच-१० संयोजक श्री अशोक छेत्रीक...
01/06/2026

#कालेबुङ जिल्ला अन्तर्गत बर्मेक क्षेत्र बाट गोर्खा जनमुक्ति मोर्चा ३९ नम्बर समष्टि तथा एनएच-१० संयोजक श्री अशोक छेत्रीको नेतृत्वमा घर वापसी, शाखा, प्रशाखा तथा डीटीडीपीएलयु (Darjeeling Terai Dooars Plantation Labour Union) शाखा गठन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा कमानबासिको व्यापक सहभागिता रहेको थियो। विभिन्न राजनीतिक दल परित्याग गरी धेरै कार्यकर्ता तथा समर्थकहरू पुनः गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। यस अवसरमा नयाँ शाखा, प्रशाखा तथा डीटीडीपीएलयु समितिहरू गठन गरी संगठनलाई अझ जनमुखी बनाउने कार्य सम्पन्न गरियो।
बर्मेक क्षेत्रमा देखिएको व्यापक जनसमर्थन तथा संगठन विस्तार अभियानले जनअधिकार, पहिचान र स्थायी राजनीतिक समाधानप्रति जनविश्वास दिनप्रतिदिन सशक्त बन्दै गएको स्पष्ट संकेत दिएको छ। यसले गोर्खा जनमुक्ति मोर्चाप्रति जनताको भरोसा र आस्थालाई थप मजबुत बनाएको छ।
घर फर्किनुहुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत व्यक्त गर्दै नवगठित शाखा, प्रशाखा तथा डीटीडीपीएलयु समितिका सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। क्षेत्रको विकास, कमनबासिको उज्ज्वल भविष्यका लागि हाम्रो संघर्ष निरन्तर अगाडि बढिरहनेछ।

01/06/2026

आज संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग टाइगर हिल परिसरको भ्रमण गर्ने अवसर पाएँ। भ्रमणका क्रममा चालक दाजुभाइहरूले दैनिक रूपमा भोग्दै आएका टोकन, पार्किङको अभाव, शौचालयको समस्या तथा अन्य आवश्यक पूर्वाधार सम्बन्धी विषयहरूबारे प्रत्यक्ष जानकारी लिएँ।
दार्जिलिङको मेरुदण्डका रूपमा रहेका चालक दाजुभाइहरूको सुविधा, सुरक्षा र सम्मान सुनिश्चित हुनु आवश्यक छ। उहाँहरूका जायज माग तथा समस्याहरू सम्बन्धित विभागसमक्ष उठाई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
जनताको समस्या सुन्ने, बुझ्ने र समाधानका लागि निरन्तर प्रयास गर्ने मेरो दायित्व र प्रतिबद्धता सधैं रहनेछ।

नोमन राई
विधायक, दार्जिलिङ

धन्यवाद मिरिक!तपाईंहरूबाट प्राप्त भएको अपार माया, विश्वास, साथ र समर्थनप्रति हामी हृदयदेखि नै कृतज्ञ छौँ। तपाईंहरूको यही...
01/06/2026

धन्यवाद मिरिक!
तपाईंहरूबाट प्राप्त भएको अपार माया, विश्वास, साथ र समर्थनप्रति हामी हृदयदेखि नै कृतज्ञ छौँ। तपाईंहरूको यही उत्साह र भरोसाले हामीलाई अझ दृढताका साथ जनताको सेवामा समर्पित भएर अघि बढ्ने प्रेरणा दिएको छ।
गोर्खा जनमुक्ति युवा मोर्चा तपाईंहरूको यो अमूल्य साथ, समर्थन र स्नेहलाई कहिल्यै बिर्सने छैन। हामी सधैं जनताको आवाज, अधिकार र उज्ज्वल भविष्यका लागि प्रतिबद्ध रहनेछौँ।

फेरि एकपटक, सम्पूर्ण मिरिकवासीमा हार्दिक धन्यवाद!
जय गोर्खा, जय गोर्खाल्यान्ड!

सचिन ठकुरी
उपाध्यक्ष
गोर्खा जनमुक्ति युवा मोर्चा
केन्द्रीय समिति, दार्जिलिङ

 #कालेबुङमा बढ्दो जनसमर्थन, गोर्खा जनमुक्ति मोर्चाप्रति जनविश्वास पुनः मजबुतकालेबुङ नगरपालिकाका विभिन्न वार्डहरूमा जनताल...
31/05/2026

#कालेबुङमा बढ्दो जनसमर्थन, गोर्खा जनमुक्ति मोर्चाप्रति जनविश्वास पुनः मजबुत

कालेबुङ नगरपालिकाका विभिन्न वार्डहरूमा जनताले लामो समयदेखि भोग्दै आएका समस्याहरूका विषयमा अहिले खुला रूपमा आवाज उठाउन थालेका छन्। विगत ८-९ वर्षदेखि नगरपालिकामा एकछत्र प्रभाव कायम राख्दै आएका नेतृत्वप्रति नगरबासीहरूमा असन्तुष्टि बढ्दै गएको देखिन्छ। आवास योजना देखि लिएर विभिन्न विकास योजनाहरूमा भएको कथित अनियमितता कार्यान्वयनमाथि उठेका प्रश्नहरूले नगरपालिका भित्रभएको भ्रष्टाचार वास्तविकता उजागर गरेको छ। विगत केही वर्षमा विकासका ठूला दाबी गरिए पनि जनताले अपेक्षा गरेअनुसार आधारभूत सेवा र पारदर्शी प्रशासन पाउन नसकेको महसुस गरिरहेका छन्। यही कारणले नगरका विभिन्न क्षेत्रका नागरिकहरू वैकल्पिक र जनमुखी नेतृत्वको खोजीमा जुटेका छन्।
यसै सन्दर्भमा पहाडको स्थायी राजनीतिक समाधान, जनअधिकारको संरक्षण र समग्र विकासको स्पष्ट दृष्टिकोण बोकेको गोर्खा जनमुक्ति मोर्चा पार्टी प्रति जनविश्वास दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। पार्टी अध्यक्ष बिमल गुरुङको नेतृत्वमा पहाडको हक, अधिकार र पहिचानको मुद्दालाई निरन्तर उठाइँदै आएकाले विभिन्न वार्डका नागरिक, समर्थक तथा शुभेच्छुकहरू पुनः पार्टीमा आबद्ध हुने क्रम तीव्र बन्दै गएको छ।
जनताको भावना, आकांक्षा र समस्यासँग प्रत्यक्ष रूपमा जोडिएको गोर्खा जनमुक्ति मोर्चा आज पनि पहाडवासीहरूको आशा र विश्वासको केन्द्र बनेको छ। यही विश्वासका साथ कालेबुङका विभिन्न वार्डबाट ठूलो संख्यामा नागरिकहरू घर फर्किने तथा पार्टीप्रति समर्थन जनाउने क्रम निरन्तर जारी रहेको छ।

31/05/2026

#मिरिक

30/05/2026

पश्चिम बंगालका मुख्यमन्त्री माननीय सुभेन्दु अधिकारी सँगको भेटघाट पछि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको पहिलो प्रेस वर्ता गर्दै।

सहिदहरूको सपना, संघर्ष र बलिदानलाई कहिल्यै बिर्सन सकिँदैन। उहाँहरूले गोर्खाल्यान्डको माग र पहाडको अधिकारका निम्ति आफ्नो ...
30/05/2026

सहिदहरूको सपना, संघर्ष र बलिदानलाई कहिल्यै बिर्सन सकिँदैन। उहाँहरूले गोर्खाल्यान्डको माग र पहाडको अधिकारका निम्ति आफ्नो अमूल्य जीवन अर्पण गर्नुभयो। उहाँहरूको योगदानप्रति सम्मान प्रकट गर्दै सहिद परिवारको भविष्य सुरक्षित गर्ने उद्देश्यले दार्जिलिङका विधायक नोमन राईद्वारा अघि सारिएको पहल प्रशंसनीय र स्वागतयोग्य छ।
दुःखको कुरा, यति लामो समयसम्म पनि धेरै सहिद परिवारहरूले अपेक्षित सम्मान, सहानुभूति र सहयोग प्राप्त गर्न सकेका छैनन्। राजनीति केवल सत्ता, पद वा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम होइन; यो जनताको भावना, संघर्ष र बलिदानप्रति उत्तरदायी हुने माध्यम पनि हो। विशेषगरी सहिद परिवारहरूको पीडा बुझ्ने, उनीहरूको अवस्था सुधार्ने र उनीहरूको त्यागलाई सम्मान गर्ने दायित्व हरेक जनप्रतिनिधि र नेतृत्वको हो।
सहिदहरूको बलिदानलाई केवल भाषण र नारामा सीमित नराखी व्यवहारमा सम्मान दिनु नै उहाँहरूप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।

सचिन ठकुरी
उपाध्यक्ष
गोर्खा जनमुक्ति युवामोर्चा
केन्द्रीय समिति, दार्जिलिङ

Address

Darjeeling
734101

Telephone

+918509276359

Website

Alerts

Be the first to know and let us send you an email when गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ:

Share