09/09/2026
आज ९ सेप्टेम्बर नेपाली सांगीतिक आकाशका दुई अमर स्वर सम्राज्ञी अरुणा लामा र लोकगीत सम्राज्ञी हीरा देवी वाइबाको जन्मदिनको अवसरमा उहाँहरूलाई ससम्मान स्मरण गर्दछौ !🙏
दार्जिलिङको माटोले जन्माएका यी दुई महान कलाकारले आफ्नो स्वर र संगीतमार्फत नेपाली भाषा गीत-संगीत साथै हाम्रो पहिचानलाई संसारभर चिनाउन पुर्याउनुभएको योगदान सधै अविस्मरणीय रहनेछ !
अरुण लामाका पोहोर साल खुशी फाट्दा "ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न” "हेर न हेर कान्छा जस्ता कालजयी गीतहरू र हीरा देवी वाइबाका “चुरा त होइन अस्तुरा” फरिया ल्याइदिएछन् लगायतका लोकगीतहरू आज पनि उत्तिकै ताजा छन् !
वहाहरु आज हामीमाझ नभए पनि उहाँहरूले छोडेर जानुभएका उहाँहरुको स्वर अनि गीत सधै हामी माझ जीवित रहनेछ !
हाम्रा पहाडका दुई अमर स्वर -अरुणा लामा साथै हीरा देवी वाइबाप्रति जन्मजयन्तीको अवसरमा हार्दिक नमन तथा ससम्मान स्मरण ! 🙏