प्रवास नेपाली सम्पर्क विभाग-इजरायल

  • Home
  • Israel
  • Kfar Saba
  • प्रवास नेपाली सम्पर्क विभाग-इजरायल

प्रवास नेपाली सम्पर्क विभाग-इजरायल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रवास नेपाली सम्पर्क विभाग-इजरायल, Social service, Kfar Saba.

आजको यो विशेष दिनमा सम्माननीय प्रधानमन्त्रीज्यू सहित सम्पूर्ण मन्त्री परिषद्का सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना...
27/03/2026

आजको यो विशेष दिनमा सम्माननीय प्रधानमन्त्रीज्यू सहित सम्पूर्ण मन्त्री परिषद्का सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
देशको समृद्धि, विकास र जनताको हितका लागि यहाँहरूको नेतृत्व अझ प्रभावकारी, सफल र उदाहरणीय बनोस् भन्ने कामना गर्दछौ।
राष्ट्रप्रति समर्पण, पारदर्शिता र सुशासनका साथ अघि बढ्दै नेपाललाई नयाँ उचाइमा पुर्‍याउनुहोस् भन्ने अपेक्षा सहित शुभकामना ।

सम्पुर्णमा सहभागिताको लागी अनुरोध ॥🙏🔔
08/02/2026

सम्पुर्णमा सहभागिताको लागी अनुरोध ॥🙏🔔

21/01/2026

——-नानी-बाबुको भविष्यका लागि परिवर्तन रोजौं——-

आज हाम्रो देश एउटा गम्भीर मोडमा उभिएको छ। एकातिर नेताहरूका चिल्ला र आश्वासनले भरिएका भाषणको बाढी छ, भने अर्कोतिर चरम भ्रष्टाचार र गरिबीको रेखा मुनि पिल्सिएका लाखौं जनताको कारुणिक चित्कार। दशकौंदेखि व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिनुको मुख्य कारण सत्ताको लुछाचुडी र नीतिगत भ्रष्टाचार नै हो।
गरिबीले थलिएका कयौं घरमा आज पनि साँझ-बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ। तर, त्योभन्दा ठूलो चिन्ता हाम्रा नानी-बाबुहरूको भविष्यको छ। के हाम्रा सन्तानले पनि अभाव, बेरोजगारी र विदेशिनु पर्ने बाध्यताकै विरासत बोक्नुपर्ने हो? के उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच केवल सपना मात्रै रहने हो?
अब समय आएको छ, आमा-बुबाहरूले सोच्ने। वर्षौंदेखि एउटै अनुहार र उही खोक्रो आश्वासनलाई भोट दिँदा देश झन् जर्जर बन्दै गएको हामीले भोगेका छौं। त्यसैले, अबको मतदान केवल एउटा छाप लगाउने कार्य मात्र होइन, यो हाम्रा छोराछोरीको भविष्य सुरक्षित गर्ने अवसर हो।
नयाँ पुस्ता, नयाँ सोच र सफा नियत भएका शक्तिहरूलाई अवसर दिनु आजको आवश्यकता हो। भ्रष्टाचारको जालो तोड्न र देशलाई समृद्धिको बाटोमा डोहोर्‍याउन अब भावनामा बगेर होइन, विवेक प्रयोग गरेर मतदान गरौं। हाम्रा नानी-बाबुहरूको सुन्दर भविष्यका लागि र एउटा स्वाभिमानी नेपालका लागि "परिवर्तन" लाई भोट दिनु नै आजको उत्तम विकल्प हो। जय 🔔🔔

प्रबास नेपाली सम्पर्क विभाग इजरायल,🔔🔔🔔🔔

रवि लामिछाने विरुद्ध लागेको सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता भएको छ॥ जय घण्टि🔔॥
14/01/2026

रवि लामिछाने विरुद्ध लागेको सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता भएको छ॥ जय घण्टि🔔॥

🙏🙏🙏हार्दिक शुभ कामना 🙏🙏🙏
29/09/2025

🙏🙏🙏हार्दिक शुभ कामना 🙏🙏🙏

29/09/2025

नख्खु कारागार बाट रवि लामिछाने भन्छ्न
🔹मलाई यहाँ राखिएको व्यक्तिगत कारणले होइन, राजनीतिक प्रतिशोधका कारण हो। -किनकि मैले सडकदेखि संसदसम्म पुराना पार्टी,भ्रष्ट नेताहरूको विरुद्ध बोलेको हुँ। गृहमन्त्री हुँदा मैले नक्कली भुटानी शरणार्थी काण्डदेखि स्काउट, बासबारी, टिकापुर, बालुवाटार, गिरिबन्धु, यति, ओम्नी, ह्वाइटबडीसम्मका २५ वटा ठूला फाइल खोल्ने मेहनत र आँट गरे— त्यसैको डरले रातारात मिलेर दुई ठूला दलले मलाई कारागारमा कोचे।

🔹राष्ट्र र जनताको हितमा बोलेको बाहेक मेरो कुनै गल्ती छैन। जनताको हितका लागि बोलेको मेरो निर्णय र कार्यहरू नै मेरो मार्गदर्शक पनि हुन्।

🔹अहिले पार्टीभित्र पुनर्गठन र सुधारको माग उठाउने समय उपयुक्त छैन। किनकि पुनर्गठन–सुधार चाहे जति सुकै आवश्यक किन नहोस्, समय, सान्दर्भिकता र परिस्थिति हेरी निर्णय गर्नुपर्छ। अहिलेको प्रयास संस्थापकलाई कमजोर पार्ने षड्यन्त्रजस्तो देखिन्छ।

🔹म बाहिरी भ्रष्टहरूसँग लड्न सक्छु, तर आफ्नै परिवारभित्रका साथीहरूसँग म लड्न सक्दिन।
यो विभाजनको प्रयासहरूले मलाई गहिरो चोट पुर्‍याएको छ ।

🔹म अहिले आरोपित मात्र हुँ; दोषी होइनँ। न्यायिक प्रक्रियाले दोषी ठहर गर्यो भने म परिणाम भोग्न तयार छु। ४० लाख जनताको हस्ताक्षरले स्पष्ट भनेको छ कि म माथि राजनीतिक प्रतिशोध साँधिएको छ। त्यसैले अहिले पुनर्गठनको बहस उठाउनु जनताको विश्वासप्रति धोका गर्नु पनि हो।

🔹जेलका पर्खाल,बलिया फलामे बारहरु र ताल्चाले मेरो आवाजलाई रोकेर राख्न सक्दैनन्।मेरो आवाज जनतासम्म पुगिरहेको छ र म दृढ छु कि अन्ततः सत्यको विजय हुनेछ।

त्यसैले, प्रिय साथीहरू, म फेरि स्मरण गराउन चाहन्छु—
रास्वपाले आफ्नो पहिलो वाचापत्रमै नागरिकलाई प्रत्यक्ष सम्बोधन गर्दै सात बुँदे धारणा स्पष्ट पारेको थियो। ती धारणा आज पनि उतिकै प्रासंगिक छन्।

१) प्रदेश सभा खारेज गर्ने।
२) प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्ने।
३) राष्ट्रिय सभालाई विज्ञहरूको सभा बनाउने।
४) राष्ट्रिय सभाका अध्यक्षलाई पदेन उपराष्ट्रपति बनाउने।
५) संवैधानिक परिषद खारेज गर्ने।
६) संसद सदस्य संख्या घटाउने।
७) पूर्ण समानुपातिक व्यवस्था लागू गर्ने।

यसैले, अबको बाटो स्पष्ट छ—Gen Z आन्दोलनको उद्देश्य पनि यही हो। शासन प्रणालीमा ठूला सुधार गरेर देशलाई नयाँ नेतृत्व, नयाँ सोच र नयाँ दिशा दिनु। त्यसका लागि रास्वपाले देखाएको मार्गचित्रअनुसार एकजुट हुनुबाहेक अर्को विकल्प छैन।🙏

28/09/2025

प्रवास नेपाली सम्पर्क बिभाग इजरायल गठन पश्यात दोस्रो बैठक 2तारिखका दिन प्रमुख दुर्गा प्रसाद चापागाई ज्यूको अध्यक्षतामा कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यज्यूहरुको उपस्थितीमा बसेको बैठकबाट छ जना बैकल्पिक सदस्यहरू देब दर्शन धिसीङ्ग,रोशन राई, नर्बु शेर्पा,लाक्पा लामा,जीवन न्यौपाने, शान्ती अर्याल थप गर्नुका साथै
प्रवास नेपाली सम्पर्क विभाग इजरायललाई सकारात्मक र रचनात्मक सल्लाह सुझावका लागि सल्लाहकारको भूमिकामा प्रमुख सल्लाहकार खेमराज जमरकट्टेल ज्यू,सल्लाहकार मुना सिटौला अधिकारी ज्यू,कृष्ण थापा ज्यू,प्रताप मादेन लिम्बु ज्यू,र नेहा गुरुङ साई राम ज्यूलाई जिम्मेवारी प्रदान गरियो।

सबै सबैमा सफल कार्यकालको लागि हार्दिक शुभकामना।।🙏🙏🙏🙏

28/09/2025

स्वतन्त्र युवा दिपक खनालको स्टाटस जस्ताको तस्तै:

"सर्वप्रथम त म कुनै पनि पार्टिमा आवद्द छैन, आजको दिनसम्म कुनै पार्टिको सदस्य पनि छैन। म एक स्वतन्त्र नागरिक हुं। चुनावमा कुनै अमुक पार्टि र व्यक्तिलाई भोट गरेहुंला। मैले भोट गरेको पार्टि र व्यक्तिको कारण आज देश यो अवस्थामा पुग्यो। सर्वप्रथम त म त्यसको लागी माफि माग्न चाहन्छु। मैले हालेको भोटको लागी मैले कति कार्वाहि भोग्नुपर्छ मेरो भागमा पर्ने कार्वाहि भोग्न म तयार छु।

म के कारणले नयां पार्टि (रास्वपा) लाई सपोर्ट गर्न पुगें त?

सबैजसो पुराना पार्टिका विधान राम्रा बने तर व्यवहारिक पक्षमा ति विधान कहिं कतै लागु गरिएनन। यि दलहरु पटकौंपटक सरकारमा पुगे तर काम जनताको पक्षमा गरेनन बरु भ्रष्टाचार गरेर अकुत सम्पत्ति कुम्ल्याए। यिनीहरु विना कुनै काम रातारात धनि बने तर जनता सधैं गरिव।
पटकौंपटक यिनले जनतालाई आश्वासन देखाएर चुनाव जिते सरकारमा पुगे तर जनतामुखि कहिल्यै भएनन, भ्रष्टाचारमा लिप्त भए, दलालमुखि भए। यसरि यि पुराना दलहरुबाट वाक्कदिक्क भएको वेला नयां दल रास्वपा आयो। संसदमा पुग्यो दमदार प्रस्तुति दियो, संसद चलायमान बनाईदियो। सरकारमा पुग्यो। हामिले कहिल्यै नसुनेका भ्रष्टाचारका कान्डहरु जनतामाझ छताछुल्ल गराईदियो र सरकारमा भएका ठुला पुराना दलहरुलाई झक्झकाईरह्यो। त्यसपछि यिनीहरुको काम देखेर म रास्वपा प्रति आकर्षित भएं, सपोर्ट गरें। तर म फेरि पनि स्पष्ट पार्न चाहें म रास्वपाको सदस्य हैन! गत निर्वाचनमा रास्वपालाई भोट हालेको भोटर पनि हैन, भविष्यमा रास्वपालाई भोट दिन्छु वा दिंदैन त्यो मेरो विवेकको कुरा भयो।

अर्को कुरा
म किन रास्वपा सभापति रवि लामिछानेको पक्षमा रहें?

मैले रविको वारेमा गर्ने टिकाटिप्पणि देखेर केहि साथिहरुले मलाई रास्वपाको ट्याग लगाउनुहुन्छ।
रवि लामिछानेले एक टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासंग’ चलाउंदादेखि म उनलाई चिन्न थालेको हुं। कार्यक्रममा उनले उठान गर्ने विषयवस्तु त्यसमा गर्ने फलोअप र कार्यक्रमकै माध्यमबाट उनले वोल्ने गरेका आवाजविहिनका आवाज र दुखमा परेका जनताको आंशु पुछेको देख्दा म उनको फ्यान बन्न पुगें र शुभचिन्तक पनि।
त्यसपछि-
रविले नयां पार्टि खोलेर राजनितिमा आएपछि जेजे अहिलेसम्म जेजे भयो त्यो सबै जगजाहेरै छ। तर पछिल्लो एक वर्षमा जेजति घटनाक्रमहरु देखिए यदि रवि राजनितीमा नआएर संचार क्षेत्रमै हुन्थेभने यो झमेला आउने थिएन सायद।
अझै पुराना पार्टी र यिनका नेतालाई नदुत्कारेकाभए यो हदको हैरिनी र मुद्दामामिला खेप्नु पर्दैनथ्यो होला।

रवि र रास्वपालाई जनताले जसरि स्वागत गरे त्यो पुराना दलका नेतालाई सह्य भएन। तिनीहरुले आफ्नो भाग खोस्न आएको जसरि रविको कुप्रचार गरिरहे। सहकारिको मुद्दा लाग्नुपर्ने मान्छेलाई अनेक जालझेंज गरेर फरकफरक मुद्दा चलाईए।
५/५ वटा अदालतको मुद्दा खेपेर थुनामा रहेको एक निरिह मान्छे विरुद्द कु-प्रचार गर्न नयां पुराना दलहरुले मोर्चावन्दि नै गरे र रविविरुद्द प्रहार गरिरहे। यिनीहरुले रवि शक्तिमा आउंछ कि भन्ने ठुलो डर मान्नथाले।
थुनामा रहेको मान्छेविरुद्द प्रधानमन्त्रि के पि ओलिले सार्वजनिक कार्यक्रममै बोलेर आलोचना गर्न थाले। संसदमा एमाले कांग्रेसका नेताहरुले रविकै निन्दा बाट संसद बैठक सुरु गर्थे।
पत्रपत्रिकाका हेडलाईन र संपादकिय रविकै आलोचनाका हुनेगर्न थाले। हरेक टेलिभिजनका अन्तरवार्ता रविविना अधुरा हुन थाले। रविको लोकप्रियता र सेखि झार्न सबै राजनितिक दल र संचारमाध्यमहरु मोर्चावन्दि गरेर लागिरहे, लागिरहे।

हो छानविन सबैको हुनुपर्छ। चाहे रवि होस या अरु कोहि। छानविनबाट दोषि प्रमाणित भए कानुनअनुसारको दण्डित जोकोहि भएपनि हुनुपर्छ। तर छानविनको नाममा अनावश्यक दुख दिने कीम गर्न पाईंदैन। मैले भन्ने गरेको कुरा यतिमात्र हो।
थुनामा रहेको एक निरिह व्यक्तिमाथि भएको यो ज्यादतिको लागी आवाज उठाउंदा मलाई रास्वपाको ट्याग लगाउंछन भने पनि म त्यो ट्याग बोक्न तयार छु। तर ४० लाख जनताले हस्ताक्षर गरेको व्यक्ति वा दलले अर्को एउटा विद्रोह नरोप्ला भन्न सकिंदैन।"copepaste

जितको अग्रिम शुभकामना ।जय घण्टि ।।
31/08/2025

जितको अग्रिम शुभकामना ।

जय घण्टि ।।

प्रवास नेपाली सम्पर्क बिभाग इजरायल बिधिसम्वत रुपमा 2025/08/15का दिन म दुर्गा प्रसाद  चापागाईलाई प्रवास प्रमुखको रूपमा सर...
18/08/2025

प्रवास नेपाली सम्पर्क बिभाग इजरायल बिधिसम्वत रुपमा 2025/08/15का दिन म दुर्गा प्रसाद चापागाईलाई प्रवास प्रमुखको रूपमा सर्वसम्मत निर्वाचित गरी मलाई जिम्मेवारी दिनु हुने रास्वपा पार्टीलाई माया साथ सहयोग गर्नु हुने प्रवासमा बसेर पनि देशको भ्रष्टाचार अन्त्य सुशासन लागु भको हेर्न चाहने देश प्रेमी घण्टी प्रेमी साथीहरूको सहयोगले प्रवास गठन हुन सम्भव भएको छ। यस गठन प्रकृयालाई सहयोग गर्नु हुने निर्वाचन संयोजक खेमराज जमरकट्टेल ,सदस्य दोय मुना अधिकारी,कृष्ण थापा साथै समाज सेवी दिदी सुनिता गुरुङ, प्रताप मादेन लिम्बु ज्यूसाथै मेरो निमन्त्रणालाई स्वीकार गरी पाल्नु हुने NRN अध्यक्ष श्री गणेश गिरी जी बिभिन्न संघ संस्थाका अध्यक्ष साथै प्रतिनिधि ज्यू लगाएत सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने सम्पूर्ण घण्टी प्रेमी साथीहरूलाई हृदयबाटै धन्यवाद दिन चाहन्छु।
सम्पूर्ण कार्यसमिति साथीहरूलाई बधाई साथै शुभ कामना दिदै हजुरहरूको साथ सहयोगले मेरो कार्यकाल सफल र ईतिहासीक बन्ने आशा राखेको छु।सबै जय होस।जय घण्टी 🔔।जय देश 🇳🇵।

प्रवास नेपाली सम्पर्क विभाग-ईजरायलका नब संगठित प्रमुख- दुर्गा प्रसाद चापागांई लगाएत सम्पुर्ण कार्यसमितीलाई हार्दिक बधाई ...
18/08/2025

प्रवास नेपाली सम्पर्क विभाग-ईजरायलका नब संगठित प्रमुख- दुर्गा प्रसाद चापागांई लगाएत सम्पुर्ण कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना॥💐

Address

Kfar Saba

Website

Alerts

Be the first to know and let us send you an email when प्रवास नेपाली सम्पर्क विभाग-इजरायल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category