Binod Ghimire

Binod Ghimire This is my personal blog. I will write in brief about the current issuse.

अधिकांश नेपालीको वास्तविक चित्रण !
16/06/2024

अधिकांश नेपालीको वास्तविक चित्रण !

प्रस्तुत विधेयक पारित हुने हो भने अब एकै घरका आमाबाबुबाट जन्मेका छोरापट्टिका नातिहरू र छोरीपट्टिका नातिनीहरू क्रमश: वंशज...
28/06/2020

प्रस्तुत विधेयक पारित हुने हो भने अब एकै घरका आमाबाबुबाट जन्मेका छोरापट्टिका नातिहरू र छोरीपट्टिका नातिनीहरू क्रमश: वंशज र अंगीकृत नागरिक हुने भए । नेपाली पुरुषले विदेशी महिला बिहे गरी जन्मेका सन्तान वंशज नागरिक अनि त्यही पुरुषकी बहिनीले विदेशी पुरुषसँग बिहे गरी नेपालमै बसेर जन्माएका सन्तान अंगीकृत ! यो वास्तवमा हास्यास्पद स्तरको विभेद हो । कुनै जासुसले पनि सोच्नेछैन, आफूले होइन बरु बिहे गरी जन्माएका बच्चामार्फत कुनै राष्ट्रविरोधी काम गराउँला । तर ढोंगी राष्ट्रवादीहरूलाई व्यापक बौद्धिक आयाममा सोच्ने फुर्सद कहाँ ! के महिला समानता सप्ठ्यारोमा मात्र लागू गरिने सिद्धान्त हो ?

दुई वर्षदेखि संसद्को समितिमा विवादित रूपमा अड्केर बसेको नागरिकता विधेयकलाई राज्यव्यवस्था तथा सुशासन समितिले ब....

हिजोआजका केही प्रसंग: हाम्रो नेपालमा ! # सलह नेपाल आउदैन - सरकार द्धारा गठित समितिको प्रतिवेदन # अनुमान विपरित सलह भित्र...
27/06/2020

हिजोआजका केही प्रसंग: हाम्रो नेपालमा !
# सलह नेपाल आउदैन - सरकार द्धारा गठित समितिको प्रतिवेदन
# अनुमान विपरित सलह भित्रीयो - नेपाल सरकार
# १ केजी सलह ल्याउनुस २० रुपैया लानुस - प्रदेश सरकार नं ५
# कतै नदेखिएको र नसुनिएको `कोरोना जन्तर´ नेपालमा, कपाका नेताले झुण्डाए घाँटीमा, जसले भगाउछ भाईरस !
# कोरोना जन्तर बारे विज्ञले भने; यो भ्रम हो !

23/06/2020
युवक हराएको सूचना !~~~~~~~~~~~~~सहयोगका लागि हार्दिक अपिल ! 🙏 🙏 नेपाल स्थाई घर पोखरा बुद्द चोक निवासी बिगत ६ बर्ष  देखी ...
19/06/2020

युवक हराएको सूचना !
~~~~~~~~~~~~~
सहयोगका लागि हार्दिक अपिल !
🙏 🙏
नेपाल स्थाई घर पोखरा बुद्द चोक निवासी बिगत ६ बर्ष देखी पोर्चुगलको राजाधानी लिस्बोनमा बसोवास गर्दै आउनु भएको सुरज गुरुङ र ईश्वरि गुरुङको छोरा बर्ष १९ को बिगत २ बर्ष देखी लिस्बोनमा बस्दै आएको र स्कोला दि कामोइस स्ताफानियामा कक्षा ११ मा अध्ययन गर्दै आएको सिद्दान्त गुरुङ गत बुधवार १७ जून २०२० का दिन आफ्नो घरबाट करिव १८:३० बजे बेलुका नियमित ब्यायामको लागि निस्केको र हाल सम्म पनि घर नफर्केकोले आबश्यक खोजतलासका लागि पोर्चुगलको सरकारी निकायहरु प्रहरी कार्यालय जुन्ता दि फरेग्जिया राष्ट्रिय टेलिभिजन र अनलाईनहरुमा खोजतलासका लागि सूचना सम्प्रेशण गरी सकिएको छ त्यसैले तपाईं हामी पोर्चुगलमा बसोवास गर्ने नेपाली दाजूभाई दिदी बहिनिहरुले निज सिद्दान्त गुरुङलाई कही कतै देख्नु भेट्नु भयो भने देहायको फोन नम्वर वा नजिकको प्रहरी कार्यालयमा संपर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ ।

९२०२९९५७४ - ईश्वरि गुरुङ (आमा)
९२०३१९५३९ - सुरज गुरुङ (बाबा)
९२०४६५५६९ -बिकास गुरुङ
९२०२४९०७९ - भिम गुरुङ
९२०४२१४९५- सम्झना गुरुङ
९२०१७७२२३- हिराकाजी गुरुङ

19/06/2020

हो प्रधानमन्त्री ज्यु ले अभिब्यक्त गरेका कतिपय कुरा सत्य अथवा यथार्थ परक पनि छन तर उहाँले हरेक पटक र प्राय: सबै खाले बिषय वा एजेण्डामा दिने हल्का एबम छुद्र वचन ले गर्दा सामाजिक संजाल तरंङित हुने गर्दछ । कुरा सुन्दा लाग्छ उहाँ जस्तो अब्बल र योग्य लोकतन्त्रवादी अरु हुनै सक्दैन तर जसले विरोध र फरक मत सुन्नै सक्दैन ! उहाँमा वाकपटुता छ, जसलाई ब्यबहारिक बनाउने प्रयत्न कहिल्यै गर्नु भएन । लाग्छ उहाँले आफना सल्लाहकार लाई सुन्नु हुन्न र आफनै हठ प्रयोग गर्नु हुन्छ ।
प्रम ज्यु लाई गत निर्वाचनले एउटा एतिहासिक जिम्मेवारी सुम्पेको थियो र लाग्थ्यो बयोबृद्ध, दृढ ईच्छा शक्ति, सन्तान बिहिन तथा ठुलो पारिवारिक संजाल नभएको जसले निर्णय र भ्रष्टचारजन्य गतिबिधि लाई प्रोत्साहन गर्दैन । तर त्यसको ठिक उल्टो उहाँ गरिरहनु भएको छ । आफना भित्रीया वा किचेन क्याबिनेट का सदस्यहरुको गल्ति ढाकछोप मै ब्यस्त हुनुहुन्छ ।
उहाँलाई बिपक्षीले काम गर्न दिएनन, नियम कानुन बाधक भयो, काम गर्ने वातावरण भएन, यो वा त्यो भन्ने छुट पक्कै पनि छैन किनकी उहाँ सँग हरेक खाले अवरोधको निकास गर्ने ताकत छ । त्यसैले प्रधानमन्त्री ज्यु अति सामान्य वा गम्भिर बिषयमा एउटै खाले हल्का टिप्पणी नगर्नुस बरु एक आध भएपनि स्मरण योग्य काम गर्नुस !

19/06/2020

विश्व अर्थतन्त्रलाई नै थला पार्ने गरी फैलिएको कोरोनाभाइरसको संक्रमण आजका मितिसम्म यथावतै छ । संक्रमण रोक्न

18/06/2020

चिकित्सकहरूका अनुसार सघन उपचार कक्षमा गम्भीर बिरामीहरूलाई नसामार्फत् डेक्सामेथासोन औषधि दिने गरिन्छ भने कम गम....

आजका महानवाणीहरु: # एमसिसीको अध्ययनै नगरी अमेरिकी सेना आउँछ भन्दिने ? # रुकुम घटना सरकारले घटाएको हो र आलोचना गर्ने ? # ...
18/06/2020

आजका महानवाणीहरु:
# एमसिसीको अध्ययनै नगरी अमेरिकी सेना आउँछ भन्दिने ?
# रुकुम घटना सरकारले घटाएको हो र आलोचना गर्ने ?
# मान्छे कोरोना नियन्त्रणमा लागेका छन, यहाँ कसैलाई १० अर्ब को हिसाब चहियाछ !
# स्वास्थ्य मन्त्रालय ले भनेर हुन्छ २० जनाको निधन भनेर; होइन एक आध दुई तिन मात्र कोरोना बाट निधन भएका हुन !

Address

Oxford
OX46AQ

Website

Alerts

Be the first to know and let us send you an email when Binod Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category