NRNA UK

NRNA UK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRNA UK, Social service, NRNA Office, Farnborough.

https://fairnepal.com/news/32016
30/01/2026

https://fairnepal.com/news/32016

What To Know Https. //fairnepal. एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता, विधिको शासन र आर्थिक पारदर्शिता....

एनआरएनए यूकेले भ्रष्टाचार र सहमति विषयक विशेष बहस कार्यक्रम आयोजना गर्दै
30/01/2026

एनआरएनए यूकेले भ्रष्टाचार र सहमति विषयक विशेष बहस कार्यक्रम आयोजना गर्दै

What To Know एल्डरशट/लण्डन । एनआरएनए यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा देखिएको भ्रष्टाचार तथा महेश श्रेष्ठ...

विशेष सूचना | विशेष बहस कार्यक्रमएनआरएनए आईसीसी भित्र देखिएको भ्रष्टाचारसम्बन्धी विषय तथा ४ मे २०२५ मा महेश श्रेष्ठसँग भ...
28/01/2026

विशेष सूचना | विशेष बहस कार्यक्रम

एनआरएनए आईसीसी भित्र देखिएको भ्रष्टाचारसम्बन्धी विषय तथा ४ मे २०२५ मा महेश श्रेष्ठसँग भएको सहमतिबारे केन्द्रित रही विशेष बहस कार्यक्रम आयोजना गरिएको छ।

एनआरएनए भित्र देखिएका समसामयिक चुनौतीहरू, समाधानका उपायहरू तथा भावी दिशाबारे गम्भीर छलफल गरिने यस कार्यक्रममा सबै सरोकारवालाहरूको गरिमामय उपस्थिती, सुझाव र सक्रिय सहभागिता अपेक्षित छ।

मिति: १ फेब्रुअरी २०२६
समय: दिउँसो १४:०० बजे
स्थान: ठमेल रेस्टुरेन्ट, एल्डरशट

समन्वयकर्ता (Moderator):
योगेन क्षेत्री
पूर्व अध्यक्ष, एनआरएनए यूके

सबै आदरणीय एनआरएनए पदाधिकारीज्यूहरू तथा बेलायतवासी नेपाली महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

सचेत छलफल, जिम्मेवार सहभागिता!

आयोजक समिति
विशेष बहस कार्यक्रम
एनआरएनए यूके

हार्दिक बधाई एवंम् शुभकामना !!स्याङजा समाज यूकेको तेस्रो महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित दुर्गा गुरुङज्यू लगायत सम्प...
26/01/2026

हार्दिक बधाई एवंम् शुभकामना !!

स्याङजा समाज यूकेको तेस्रो महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित दुर्गा गुरुङज्यू लगायत सम्पूर्ण नव–निर्वाचित कार्यसमिति पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

प्रेम गाहा मगर
अध्यक्ष
गैरआवासीय नेपाली संघ (NRNA) यूके

हार्दिक धन्यवाद ज्ञापन!“तपाईंको अमूल्य सहयोगप्रति”नेपाल वर्तमानमा गम्भीर राजनीतिक संक्रमण र अस्थिरताको अवस्थाबाट गुज्रिर...
14/01/2026

हार्दिक धन्यवाद ज्ञापन!
“तपाईंको अमूल्य सहयोगप्रति”

नेपाल वर्तमानमा गम्भीर राजनीतिक संक्रमण र अस्थिरताको अवस्थाबाट गुज्रिरहेको छ। यस्तो संवेदनशील घडीमा प्रवासमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका केवल रेमिट्यान्समा सीमित नरही बौद्धिक योगदान, विचार–विमर्श तथा जिम्मेवार खबरदारीमार्फत मातृभूमिप्रति उत्तरदायी हुनु अत्यन्त आवश्यक भइसकेको छ।

यसै सन्दर्भमा, “वंशजको नेपाली नागरिकता निरन्तरता — आजको आवश्यकता” भन्ने मूल नारासहित एनआरएनए युकेद्वारा आयोजना गर्न लागिएको विशेष अन्तरक्रिया कार्यक्रममा यहाँले देखाउनुभएको चासो, सहभागिता तथा सहयोगप्रति एनआरएनए युकेको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

वंशजको नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीहरूको मताधिकार, युवाहरूको भूमिका तथा नेपालको वर्तमान राजनीतिक एवं भू–राजनीतिक अवस्थामाथि केन्द्रित यस कार्यक्रममा सार्थक बहस र सकारात्मक निष्कर्ष निकाल्ने हाम्रो लक्ष्य रहेको छ। यस महत्वपूर्ण अभियानलाई सफल बनाउन यहाँबाट प्राप्त नैतिक, बौद्धिक तथा स्वेच्छिक सहयोग अत्यन्तै प्रशंसनीय र प्रेरणादायी छ।

राष्ट्रियता, अधिकार र भविष्यप्रतिको साझा दायित्वलाई आत्मसात गर्दै अघि बढ्ने यस गैर–राजनीतिक तथा चेतनामूलक पहलमा यहाँको योगदान नेपालको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण रहने विश्वास लिएका छौँ।

अन्त्यमा, यहाँको निरन्तर सहयोग, समर्थन तथा प्रतिबद्धताप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दछौँ।

सादर,

प्रेम गाहामगर
अध्यक्ष | NRNA UK

तीर्थ बहादुर मल्ल (अनिल)
उपाध्यक्ष एवं कार्यक्रम मुख्य संयोजक | NRNA UK

जुरेन्द्र खजुम लिम्बू
महासचिव | NRNA UK

31/12/2025
“एनआरएनए यूकेको विशेष कार्यक्रम”📢 सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रममिति: १८ जनवरी २०२६समय: दिउँसो १:३० बजेस्था...
27/12/2025

“एनआरएनए यूकेको विशेष कार्यक्रम”
📢 सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम

मिति: १८ जनवरी २०२६
समय: दिउँसो १:३० बजे
स्थान: Empire Banquet Hall, Aldershot

नेपाली समुदायका लागि अत्यन्तै महत्वपूर्ण विषयहरूमा प्रत्यक्ष छलफल हुने विशेष अवसर!

🔹 वंशजको आधारमा नागरिकताको निरन्तरता
🔹 नेपालको समसामयिक अवस्था
🔹 विदेशमा रहेका नेपालीको मतदान अधिकार
🔹 र अन्य ज्वलन्त राष्ट्रिय सवालहरू

🎤 विशेष अतिथि:
👉 वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठज्यू, जसबाट महत्वपूर्ण कानुनी तथा राष्ट्रिय विषयमा प्रत्यक्ष जानकारी लिन सकिनेछ।

बेलायतमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन हार्दिक अनुरोध छ।

तपाईंको उपस्थिति — हाम्रो शक्ति!
आउनुहोस्, सुन्नुहोस्, बुझ्नुहोस् र बहसमा सहभागी बनौं।

21/12/2025
केपी शर्मा ओली र रमेश लेखकजस्ता ह त्यारालाई तत्काल गिरफ्तार गरी कडा सजाय नभए अब हामी नेपाली जनताबाट व्यापक जनआन्दोलन सुर...
20/09/2025

केपी शर्मा ओली र रमेश लेखकजस्ता ह त्यारालाई तत्काल गिरफ्तार गरी कडा सजाय नभए अब हामी नेपाली जनताबाट व्यापक जनआन्दोलन सुरु हुन्छ। अन्तरिम सरकारलाई हेक्का होस्!!

Janata Television HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : ...

https://youtu.be/IuroFeCUo-4
17/09/2025

https://youtu.be/IuroFeCUo-4

Event was happening on 13th of Sept. 2025 to continue legacy of NRNA UK is on the biggest annual event. #...

Address

NRNA Office
Farnborough
GU148XJ

Alerts

Be the first to know and let us send you an email when NRNA UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to NRNA UK:

Share

Category