30/08/2026
🇳🇵❤️ नेपालका बाढी–पहिरो पीडितका लागि NRNA Madridद्वरा सहयोगको अपिल 🤝
नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोका कारण धेरै नेपाली परिवार अहिले पीडा र संकटमा पकेका छन्। यस्तो दुःखद घडीमा गैरआवासीय नेपाली संघ (NRNA) Madrid सम्पूर्ण नेपाली समुदायलाई एकजुट भई सहयोगमा हातेमालो गर्न हार्दिक अपिल गर्दछौ ।
🙏 सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्छ।
दुखको यो समयमा सहयोग गर्न चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष”मा सिधै रकम जम्मा गर्न अनुरोध गर्दछौ ।
साथै सहयोग गर्न चाहनुहुन्छ तर रकम पठाउने प्रक्रियामा समस्या छ भने या दोधारमा पर्नु भयो भने NRNA Madrid लाई सम्पर्क गर्न सक्नुहुन्छ।
रकम पठाउने प्रक्रियामा आवश्यक सहयोग तथा सहजीकरण गर्न हामी तयार छौ 🤝
💰 सहयोग गर्ने तरिका:
🇳🇵 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
🔹 नेपाल सरकारको आधिकारिक QR / बैंकिङ माध्यम प्रयोग गर्नुहोस्।
🔹 विदेशबाट समेत सहयोग गर्न सकिने आधिकारिक व्यवस्था रहेको छ।
👉 आधिकारिक सहयोग विवरण:
"प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष – नेपाल सरकार"
🤝 NRNA Madrid को सन्देश
“हामी जहाँ भए पनि हाम्रो मन नेपालमै छ। आज विपद्मा परेका नेपाली परिवारका लागि हामी सबैले आफ्नो क्षमताअनुसार सहयोग गरौँ।”
🇳🇵 एकता नै हाम्रो शक्ति हो।
❤️ नेपालका लागि, नेपालीका लागि।