Nrn Spain

Nrn Spain Social welfare

हार्दिक आभार तथा जन्मदिनको शुभकामना! 🙏🎂“नेपाल घर” निर्माण अभियानका लागि गैरआवासीय नेपाली संघ (NRNA) का केन्द्रीय सचिव आद...
04/09/2026

हार्दिक आभार तथा जन्मदिनको शुभकामना! 🙏🎂

“नेपाल घर” निर्माण अभियानका लागि गैरआवासीय नेपाली संघ (NRNA) का केन्द्रीय सचिव आदरणीय यज्ञ नारायण पौडेलज्यूबाट प्राप्त (१५००€) महत्वपूर्ण आर्थिक सहयोगप्रति गैरआवासीय नेपाली संघ (NRNA) स्पेन हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।

नेपाल घर निर्माणजस्तो पवित्र एवं दीर्घकालीन अभियानमा उहाँले प्रदान गर्नुभएको सहयोगले नेपाली समुदायप्रतिको उहाँको सद्भाव, जिम्मेवारीबोध र आत्मीयताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

आज उहाँको जन्मदिनको विशेष अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति, समृद्धि तथा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। उहाँको आगामी यात्रा अझ प्रेरणादायी र उपलब्धिमूलक रहोस्।

जन्मदिनको हार्दिक शुभकामना तथा सहयोगका लागि हार्दिक धन्यवाद! 🙏🇳🇵🇪🇸

गैरआवासीय नेपाली संघ (NRNA) स्पेन

बार्सिलोना महानगरपालिकाले हिजो NRNA स्पेनका अध्यक्ष लगायतका टोली संगको भेटघाटबारे सहकार्यको लागी गरिएको बिज्ञप्तीका लागी...
02/09/2026

बार्सिलोना महानगरपालिकाले हिजो NRNA स्पेनका अध्यक्ष लगायतका टोली संगको भेटघाटबारे सहकार्यको लागी गरिएको बिज्ञप्तीका लागी हार्दिक धन्यबाद , बिज्ञप्तीमा बार्सिलोना नगरभित्र मात्रै नेपालमा जन्मिएका ४,३०० भन्दा बढी नागरिक बसोबास गर्नुहुन्छ भनेर नोट समेत गरिएको छ ।

यसका साथै बार्सिलोना नजिकका हस्पितालेत, सान्ता कोलोमा, कोर्नेया, बादालोना तथा अन्य नगरपालिकामा बसोबास गर्ने नेपाली समुदायलाई समेत समेट्ने हो भने बार्सिलोना महानगरीय क्षेत्रमा नेपालीहरूको संख्या १० हजारभन्दा बढी रहेको सहजै अनुमान गर्न सकिन्छ। त्यसैगरी पछिल्लो समय तीव्र रूपमा बढिरहेको नेपाली समुदायलाई हेर्दा स्पेनभर नेपालीहरूको उपस्थिति कति ठूलो भइसकेको छ भन्ने पनि बुझ्न सहजै सकिन्छ।

नेपाली समुदायको अवस्था र योगदानलाई विशेष महत्त्वका साथ सार्वजनिक गर्नुका साथै नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा सहयोगका विषयमा हामीसँग निरन्तर सम्पर्क र समन्वय गरिरहनुभएकोमा बार्सिलोना महानगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

नेपाली समुदायप्रति देखाउनुभएको साथ, सम्मान र ऐक्यबद्धताका लागि बार्सिलोना महानगरपालिकालाई धेरै–धेरै धन्यवाद। 🇳🇵🤝🇪🇸

📷 तस्बिर: बार्सिलोना महानगरपालिकासँगको भेटघाट प्रकाशित समाचारको लिङ्क कमेन्टमा हेर्नुहोला ।

02/09/2026

🇳🇵 नमस्कार सम्पूर्ण स्पेनवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा। 🙏

हाम्रो मातृभूमि नेपाल यतिबेला ठूलो आपत्–विपद्को अवस्थामा छ। यस्तो दुःखद र कठिन परिस्थितिमा विगतमा झैँ यसपटक पनि हामी सबैको सहयोग र साथको आवश्यकता परेको छ।

केही दिन अगाडि गैरआवासीय नेपाली संघ (NRNA) स्पेनको बैठकमा स्पेनमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा समुदायलाई यस राहत अभियानमा सहभागी गराउने र विभिन्न संस्थाहरूबाट संकलन हुने सहयोग रकमलाई NRNA स्पेनमार्फत एकत्रित गरी एकद्वार प्रणालीबाट नेपाल पठाउने निर्णय गरिएको थियो।
यस अभियानमा स्पेनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफूले सक्ने ठाउँबाट, सक्ने जति सहयोग गरी बाढीपीडित परिवारहरूको राहतका लागि हातेमालो गरिदिनुहुन हार्दिक तथा विनम्र अनुरोध गर्दछु। 🙏

हामीले गरेको सानोभन्दा सानो सहयोगले पनि विपत्तिमा परेका परिवारहरूको पीडामा ठूलो राहत पुर्‍याउन सक्छ।

आउनुहोस्, मातृभूमि अप्ठ्यारोमा परेको यस कठिन घडीमा हामी सबै नेपाली एकजुट भएर सहयोग गरौँ। 🇳🇵❤️

एकता, सहकार्य र सहयोग नै विपत्तिको समयमा हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

धन्यवाद। 🙏🇳🇵

💕हालसम्मका सहयोगी महानुभावहरू:

१. दिनेश गिरी — €301
२. सन्देश महर्जन — €150
३. सन्तोष श्रेष्ठ — €151
४. नविन घिमिरे — €51 ✅
५. गंगा भुसाल — €171✅
६. यज्ञ नारायण पौडेल — €100 ( नेपालमा रु ५०,००० सहयोग गरिसक्नुभएको)
७. बिदुर गौतम — €111 ✅
८. पुष्कर के.सी. — €21 ✅
९. दीपक बस्नेत — €101 ✅
१०. शिव प्रसाद गौतम — €151
११. शिव कुमार लामिछाने — €111
१२. सुन्दर गुरुङ — €51 ✅
१३. शिव उपाध्याय — €101
१४. सत्यदेवी धौराली — €21✅
१५. रमेश खनाल — €35 ✅
१६. सुरेन्द्र भुजेल — €151
१७. मोहन राज गौतम — €51
१८. गणेशराज अधिकारी — €55
१९. एकराज गिरी — €51✅
२०. गुरु सुबेदी — €51✅
२१. प्रविन सिंह — €31✅
२२. अरुण घिमिरे — €51
२३. पेशल कुमार कोइराला — €51 ✅
२४. मुक्त बहादुर गुरुङ — €301✅
२५. सुन्दर रानाभाट — €51 ✅
२६. महेश पंगेनी — €105
२७.राधिका शर्मा — €51✅
२८. भिमसेन कार्की — €51 ✅
२९. दीपक क्षेत्री — €151✅
३०. देव राज सापकोटा — €151
३१. दिपेन्द्र अर्याल — €31
३२. दीपिका श्रेष्ठ — €31✅
३३. निलु अवाले — €301✅
३४. सपना श्रेष्ठ — €20✅
३५. कृष्ण कुमार श्रेष्ठ — €151 ✅
३६. चन्द्रकान्त पोखरेल — €25
३७.अमित बिसी — €35✅
३८. फबिश्वर गौतम — €51✅
३९. धन बहादुर रोकाह — €101
४०. तारानाथ डल्लाकोटी — €126
४१. विकास कंडेल — €51
४२. सन्दिप मोहन भट्टराई — €35✅
४३. बेद प्रसाद बेलबासे — €51✅
४४. लोक बहादुर योगी (रामहरी योगी) — €15✅
४५. भिम श्रेष्ठ — €51
४६. पुरुषोत्तम भट्टराई / कविता दाहाल भट्टराई — €101
४७.केदार निरौला / लिला भण्डारी निरौला — €101
४८. अशोक लामा — €25
४९. रोजिना सुहाङ लिम्बु — €40 ✅
५०. प्रल्हाद कार्की — €25✅
५१. बसन्त रानाभाट — €151
५२. लक्ष्मण शर्मा — €151
५३. ज्ञान बहादुर बस्नेत — €101✅
५४. जीवन भुसाल — €305
५५. बिदुर बस्नेत — €51
५६. नारायण सुबेदी — €51✅
५७.विजय हमाल — €101
५८. राजेन आचार्य (मालागा) — €101
५९. हर्क थापा — €151
६०. शालिकराम डुम्रे — €501
(नेपालमा रु. 50000 सहयोग गरिसक्नुभएको)
६१. बिबेक निरौला / राधा निरौला -101युरो ६२, मनोज गुरुङ -101युरो
६३. मान रोकाह -101 युरो
६४. उमा राज ढकाल- 101युरो
६५. बिशाल ढुंगाना -57युरो✅
६६. जिवन जङ राणा 51€
६७.दिवस निरौला 20€
६८. बालकृष्ण तिवारी/ रामकला तिवारी पाल्मा दे मायोर्का 555€ ✅
६९. पुष्प भण्डारी 101€
७०.लाल बहादुर खत्री क्षेत्री 51€युरो✅
७१. भरत जङ शाह 21€
७२.आजीव कार्की सापकोटा 55€ ✅
७२.गोबिन्द न्यौपाने १०१ युरो✅



यस मानवीय अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

मातृभूमि विपत्तिमा परेको यस कठिन घडीमा सबैले आ–आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरौँ।
सानो–ठूलो हरेक सहयोग पीडित परिवारका लागि महत्वपूर्ण हुनेछ। 🇳🇵❤️

आर्थिक सहयोग संकलन समिति:
संयोजक: दीपक बस्नेत — 632 219 330
सदस्य: नारायण प्रसाद सुबेदी — 631 285 287
सदस्य: सुमन खड्का — 640 012 553
सदस्य: दीपिका श्रेष्ठ — 623 321 286
सदस्य: भिमसेन कार्की — 612 221 886

आर्थिक सहयोगका लागि बैंक खाता:
Name: Non Resident Nepali Association Spain
IBAN: ES36 2100 0920 3601 0064 6604

गैरआवासीय नेपाली संघ (NRNA) स्पेन
नोट :- सम्पुर्ण सहयोगिमनहरु लाइ हृदय देखि धन्यवाद ट्क्र्याउदै अब हामि राहत सकलन को
करिब करिब अन्तिम चरणमा आइसकेका छौ कृपया रकम जम्मा गर्न बाकि रहनुभएका सहयोगिमनहरु लाइ माथिको खातामा रकम जम्मा गरिदिनुहुन सहयोग सकलन समिति हार्दिक अनुरोध गर्दछ 🙏🙏🙏❤️❤️❤️

बार्सिलोना नगरपालिकासँग उपलब्धिमूलक भेटघाट सम्पन्नआज बार्सिलोना नगरपालिकाका नागरिक सम्बन्ध आयुक्त श्री रिचर्ड सान्चेजसँग...
01/09/2026

बार्सिलोना नगरपालिकासँग उपलब्धिमूलक भेटघाट सम्पन्न

आज बार्सिलोना नगरपालिकाका नागरिक सम्बन्ध आयुक्त श्री रिचर्ड सान्चेजसँग नेपालमा हालै आएको विनाशकारी बाढी, जलवायु परिवर्तन तथा स्पेनमा रहेका नेपाली समुदायका समस्याबारे महत्त्वपूर्ण भेटघाट सम्पन्न भएको छ।

बैठकका मुख्य विषय तथा उपलब्धिहरू:

१. नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकहरूले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति तथा जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय निकायसम्म दबाब पुर्बक पुर्‍याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

२. नेपाललाई नगद सहयोगभन्दा तत्काल आवश्यक पर्ने खाद्यान्न, औषधि, स्वास्थ्य सामग्री तथा लत्ताकपडालगायतका राहत सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको छ। हामीले उपलब्ध गराएको तथ्यांकमा थप अध्ययन गरी नेपाल सरकारसँग समन्वय गर्दै विद्यमान नीति तथा कानुनअनुसार सहयोग गर्न सकिने सस्थाबाट अबिलम्ब नगरी सहयोग गरिने जानकारी दिइएको छ। साथै, हालको कानुनी व्यवस्थाअनुसार सम्भव भएमा नेपालमा NRNA मार्फत सहयोग उपलब्ध गराउने विषयमा पनि अध्ययन गरिने बताइएको छ।

३. नगरपालिकाले विगतमा कोलम्बिया र भेनेजुएलाजस्ता मुलुकमा विपत्ति पर्दा सहयोग संकलनका लागि सञ्चालन गरिएका अभियान concert हरुको उदाहरण प्रस्तुत गरी कार्यक्रम गर्न प्रेरित गरेको छ। नेपालको बाढीपीडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम वा अन्य उपयुक्त माध्यमबाट रकम संकलन गर्न चाहेमा कार्यक्रमस्थल, प्राविधिक सहायता तथा अन्य कलाकारहरुको सस्था संग आवश्यक सहयोग उपलब्ध गराउन सकिने जानकारी दिइएको छ।

नोट: वर्तमान शोकपूर्ण अवस्था र नेपाली संस्कृतिअनुसार यस्तो कार्यक्रम तत्कालका लागि उपयुक्त नहुन सक्ने भएकाले यसलाई प्रमुख प्राथमिकतामा राखिएको छैन। यद्यपि, अन्य उपयुक्त विकल्पबारे थप छलफल गरिनेछ।

४. बाढीमा ज्यान गुमाउनुभएकाहरूको स्मृतिमा शान्ति पदयात्रा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न उपयुक्त स्थान उपलब्ध गराउने विषयमा नगरपालिका सकारात्मक रहेको छ। यस सम्बन्धमा Guardia Urbana तथा सम्बन्धित कार्यदलसँग परामर्श गरी थप जानकारी उपलब्ध गराइने बताइएको छ।

५. नबआगन्तुकहरुलाई परेको भाषाको समस्याका सन्दर्भमा अस्पताल, नगरपालिका तथा अन्य सरकारी निकायहरूमा नेपाली भाषाका अनुवादक वा मध्यस्थकर्ता राख्न सकिने जानकारी दिँदै यस क्षेत्रमा काम गर्न इच्छुक तथा योग्य व्यक्तिहरूको नाम र विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

नेपाली भाषाको अनुवादकका रूपमा काम गर्न इच्छुक व्यक्तिहरूले आफ्नो विवरणसहित [email protected] मा सम्पर्क गर्नुहोला। प्राप्त विवरण हामी सम्बन्धित निकायमा पठाउनेछौँ। यो निःशुल्क स्वयंसेवा नभई प्रचलित कानुनअनुसार काम गरेको घण्टा (जती आबश्यक हुन्छ ) का आधारमा पारिश्रमिक प्राप्त हुने काम हो।

साथै, भाषाका कारण समस्या भएमा प्रत्येक नेपालीले नगरपालिका, सरकारी कार्यालय वा अस्पतालमा “मलाई नेपाली भाषा बोल्ने अनुवादक चाहिन्छ” भनेर माग गर्न सक्ने अधिकार रहेको जानकारी गराइन्छ।

समग्रमा, आजको बैठक अत्यन्त सकारात्मक र उपलब्धिमूलक रह्यो। नेपाली समुदाय तथा नेपालका बाढीपीडितहरूको विषयलाई गम्भीरतापूर्वक सुन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, स्थानीय नेपाली समुदायका समसामयिक समस्याबारे छलफल गर्न छिट्टै अर्को बैठक तय गरिने जानकारीसमेत दिइएको छ।

यस सकारात्मक पहल, सद्भाव र सहयोगको प्रतिबद्धताका लागि हामी बार्सिलोना नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

गैरआवासीय नेपाली संघ (NRNA) स्पेन

29/08/2026

🇳🇵 बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलन अभियान 🇳🇵

नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (NRNA) स्पेनद्वारा सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म प्राप्त सहयोग विवरण यसप्रकार रहेको छ।

हालसम्मका सहयोगी महानुभावहरू:

१. दिनेश गिरी — €301
२. सन्देश महर्जन — €150
३. सन्तोष श्रेष्ठ — €151
४. नविन घिमिरे — €51
५. गंगा भुसाल — €171
६. यज्ञ नारायण पौडेल — €100
७. बिदुर गौतम — €111
८. पुष्कर के.सी. — €21
९. दीपक बस्नेत — €51
१०. शिव प्रसाद गौतम — €151
११. शिव कुमार लामिछाने — €111
१२. सुन्दर गुरुङ — €51
१३. शिव उपाध्याय — €101
१४. सत्यदेवी धौराली — €21
१५. रमेश खनाल — €35
१६. सुरेन्द्र भुजेल — €151
१७. मोहन राज गौतम — €51
१८. गणेशराज अधिकारी — €55
१९. एकराज गिरी — €51
२०. गुरु सुबेदी — €51
२१. प्रविन सिंह — €31
२२. अरुण घिमिरे — €51
२३. पेशल कुमार कोइराला — €51
२४. मुक्त बहादुर गुरुङ — €301
२५. सुन्दर रानाभाट — €51
२६. महेश पंगेनी — €105
२७. राधिका शर्मा — €51
२८. भिमसेन कार्की — €51
२९. दीपक क्षेत्री — €151
३०. देव राज सापकोटा — €151
३१. दिपेन्द्र अर्याल — €31
३२. दीपिका श्रेष्ठ — €31
३३. निलु अवाले — €301
३४. सपना श्रेष्ठ — €20
३५. कृष्ण कुमार श्रेष्ठ — €151 ✅
३६. चन्द्र कान्त पोखरेल — €25
३७. अमित बिसी — €35
३८. फबिश्वर गौतम — €51
३९. धन बहादुर रोकाहा — €101
४०.फबिश्वर गौतम — €51
४१. अमित बी.सी. — €35

यस मानवीय अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

मातृभूमि विपत्तिमा परेको यस कठिन घडीमा सबैले आ–आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरौँ।
सानो–ठूलो हरेक सहयोग पीडित परिवारका लागि महत्वपूर्ण हुनेछ। 🇳🇵❤️

आर्थिक सहयोग संकलन समिति:
संयोजक: दीपक बस्नेत — 632 219 330
सदस्य: नारायण प्रसाद सुबेदी — 631 285 287
सदस्य: सुमन खड्का — 640 012 553
सदस्य: दीपिका श्रेष्ठ — 632 321 286
सदस्य: भिमसेन कार्की — 612 221 886

आर्थिक सहयोगका लागि बैंक खाता:
Name: Non Resident Nepali Association Spain
IBAN: ES36 2100 0920 3601 0064 6604

गैरआवासीय नेपाली संघ (NRNA) स्पेन

🇳🇵🤝🇪🇸 हाम्रो अनुरोधलाई स्विकार गर्दै  दुःखमा साथ दिने Benidorm प्रति विशेष आभारनेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ...
29/08/2026

🇳🇵🤝🇪🇸 हाम्रो अनुरोधलाई स्विकार गर्दै दुःखमा साथ दिने Benidorm प्रति विशेष आभार

नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि सहयोग जुटाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (NRNA) स्पेनको तर्फबाट हामीले स्पेनका विभिन्न नगरपालिका, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय स्तरमा मानवीय सहयोग गर्न सक्ने संस्थाहरूलाई औपचारिक पत्र तथा इमेलमार्फत अनुरोध गरेका थियौँ।

यस अभियानअन्तर्गत Madrid, Barcelona, Bilbao, Benidorm, Costa Blanca लगायत स्पेनका विभिन्न क्षेत्रका सम्बन्धित निकायहरू तथा अन्तर्राष्ट्रिय सहयोग गर्न सक्ने संस्थाहरूसम्म नेपालको वास्तविक अवस्था पुर्‍याउँदै सहयोगका लागि पहल गरिएको छ।

बार्शिलोना नगरपालिकाले पनि हामीलाई सम्पर्क गकिसक्नु भएको छ ।

यसै क्रममा हामीले पठाएको औपचारिक अनुरोधपछि Ayuntamiento de Benidorm ले नेपालका बाढीपीडित तथा प्रभावितहरूको सहयोगका लागि €8,000 उपलब्ध गराउने प्रक्रिया अघि बढाएको खबरले हामीलाई अत्यन्त खुशी र भावुक बनाएको छ। मेयर Antonio Pérez Pérez (Toni Pérez) लाई हार्दिक धन्यबाद !

त्यति मात्र होइन, मेयर Toni Pérez ले सार्वजनिक रूपमा नेपाल र नेपाली जनताप्रति माया, हौसला र ऐक्यबद्धता व्यक्त गर्दै Benidorm तथा आसपासमा बसोबास गर्ने नेपाली समुदायको दुःखमा समेत साथ रहेको सन्देश दिनुभएको छ।

एउटा संस्थागत पत्र, एउटा इमेल र एउटा सानो पहलले पनि सही ठाउँमा पुग्दा देशका लागि सहयोगको ढोका खोल्न सक्छ। त्यसैले हामीले सम्पर्क गरेका अन्य निकायहरूबाट पनि सकारात्मक सहयोग प्राप्त हुने विश्वाससहित हाम्रो पहल निरन्तर जारी रहनेछ।

नेपालको यस कठिन घडीमा साथ दिनुहुने Ayuntamiento de Benidorm, Alcalde Antonio Pérez Pérez (Toni Pérez), सम्पूर्ण नगर परिषद् तथा Benidorm समुदायप्रति NRNA Spain र स्पेनवासी नेपाली समुदायको तर्फबाट हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछौँ। 🙏❤️

¡Muchas gracias, Benidorm!
Gracias por estar con Nepal en este momento tan difícil. 🇪🇸🤝🇳🇵

28/08/2026

📢 अत्यन्त जरुरी सूचना

Nrna बाट निशुल्क पेपर एप्लाई गर्नु भएका नेपालमा कास्की घर भएका विशाल थापाज्यूलाई उहाँको तासा आईसकेको र जरुरी काम परेको हुँदा अविलम्ब सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।

एप्लाई गर्दा उहाको सम्पर्क नम्बर: +34 637 16 76 88
“ अहिले सम्पर्क हुन नसकेको “
कृपया यो सूचना देख्ने महानुभावहरूले उहाँसम्म जानकारी पुर्‍याइदिनुहोला।
धन्यवाद। 🙏

27/08/2026
नेपालमा हालै आएको विनाशकारी प्राकृतिक प्रकोपबाट उत्पन्न गम्भीर परिस्थितिका सम्बन्धमा गैरआवासीय नेपाली संघ (NRNA) स्पेनको...
27/08/2026

नेपालमा हालै आएको विनाशकारी प्राकृतिक प्रकोपबाट उत्पन्न गम्भीर परिस्थितिका सम्बन्धमा गैरआवासीय नेपाली संघ (NRNA) स्पेनको आकस्मिक बैठक अहिले जारी छ।

बैठकमा प्रभावित नागरिकहरूको अवस्था, तत्काल राहत तथा उद्धारमा गर्न सकिने सहयोग, सम्बन्धित निकायहरूसँगको समन्वय र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ।

मातृभूमिको पीडामा हामी सबै एकसाथ छौँ। 🇳🇵🤝

Dirección

Grassot 84
Barcelona
08025

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando Nrn Spain publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Atajos

Compartir

Categoría