Nepal Embassy Ottawa

Nepal Embassy Ottawa Official page of the Embassy of Nepal, Ottawa, Canada. This page is the official page of the Embassy of Nepal in Ottawa, Canada.
(1)

Kindly follow this page for updates on the Embassy activities which includes consular and mobile services camps conducted by the Embassy in different cities in Canada and concurrently accredited countries viz., Cuba, Haiti, Dominican Republic and Jamaica.

09/05/2026

Rasuwa Flood: Search, Rescue and Relief Update- (5 September 2026, 6:00 PM)

09/04/2026
09/03/2026
09/02/2026

नेपाल सरकारद्वारा नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय पोर्टल nepal.gov.np सञ्चालनमा ल्याइएको छ।

यस पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना/विज्ञप्ति, कार्यक्रम, नीति तथा सेवासम्बन्धी महत्वपूर्ण जानकारीहरू एकै स्थानबाट प्राप्त गर्न सकिन्छ।

परराष्ट्र मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, राहदानी र कन्सुलर सेवा लगायतका विषयमा सूचना, समाचार तथा महत्वपूर्ण अपडेटहरू समेत सहज रूपमा प्राप्त गर्न उक्त राष्ट्रिय पोर्टलको प्रयोग गर्न सक्नुहुनेछ।

राष्ट्रिय पोर्टल: https://nepal.gov.np

09/02/2026

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदीङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ७५ लाख, किस्पाङ्ग गाउँपालिकाका लागि ५० लाख, तारकेश्वर गाउँपालिकाका लागि १ करोड रुपैयाँ निकासा गरिएको छ।
धादिङको गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख, बेनीघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आबुँखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको छ।

त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। जसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको थियो।

हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रकम मौज्दात छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

Address

408 Queen Street
Ottawa, ON
K1R5A7

Opening Hours

Monday 9am - 4pm
Tuesday 9am - 4pm
Wednesday 9am - 4pm
Thursday 9am - 4pm
Friday 9am - 4pm

Alerts

Be the first to know and let us send you an email when Nepal Embassy Ottawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share