Embassy of Nepal, United Arab Emirates

Embassy of Nepal, United Arab Emirates A Nepal Government's Organization

राहदानी प्राप्ति सम्बन्धि सूचना। राहदानी विभागबाट नयाँ प्रणाली मार्फत राहदानी सेवा शुरु भएपश्चात यस राजदूतावासमा आवेदन द...
15/09/2026

राहदानी प्राप्ति सम्बन्धि सूचना।
राहदानी विभागबाट नयाँ प्रणाली मार्फत राहदानी सेवा शुरु भएपश्चात यस राजदूतावासमा आवेदन दिनुभएका आवेदकहरु मध्ये २११ जनाको राहदानी तयार भएर आएको छ। उक्त विवरणको लिङ्क यसैसाथ संलग्न गरिएको छ।
https://ae.nepalembassy.gov.np/content/116/list-of-passports-ready-for-distribution-2026-9-15/
यो लिष्टमा नाम नहुने आवेदकहरूले अर्को लट प्राप्त हुँदासम्म धैर्य गरिदिनुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ।

नवजात शिशु, राहदानी हराएका, तुरुन्त भिसा नविकरण गर्नुपर्ने जस्तो अत्यन्त जरुरी स्थिति भएका आवेदकहरूले राजदूतावासको व्हाट्सअप नम्बर 050 1664023 मा आफ्नो राहदानी र शुल्क बुझाएको रसिद पठाइदिनु भएमा हामी राहदानीको स्थिति चेक गरी सकेसम्म चाँडो राहदानी उपलब्ध गराउन प्रयास गर्नेछौं।

सार्वजनिक विदाको दिन समेत विहान १०:०० बजेदेखि दिउसो २: ०० बजेसम्म राहदानी वितरण कार्य हुनेछ।

नयाँ राहदानी प्रणाली स्थिरिकरणको यो समयमा यहाँहरुले देखाउनु भएको धैर्यता प्रति राजदूतावास आभार प्रकट गर्दछ।

नेपाली राजदूतावास, अबुधाबी
सेप्टेम्बर १५ , २०२६

नेपाली राजदूतावास

मागपत्र प्रमाणीकरणको ढाँचा संशोधन सम्बन्धी सूचना ।नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयको मिति २०८३।०४।१३ को निर्...
15/09/2026

मागपत्र प्रमाणीकरणको ढाँचा संशोधन सम्बन्धी सूचना ।

नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयको मिति २०८३।०४।१३ को निर्णयानुसार मागपत्र प्रमाणीकरण गर्दा नेपाली श्रमिकले गर्नुपर्ने कामको विस्तृत विवरण (Job Description) तथा कार्यस्थलको प्रकृति (Working Environment Indoor, Outdoor र कार्य-समय (Working Hour) समेत स्पष्ट रूपमा खुलाउनुपर्ने उल्लेख भइ आएको छ। सोही बमोजिम श्रमिकको पद, कामको विवरण तथा कार्यस्थलको प्रकृति, कार्य-समय र अन्य आवश्यक विवरण समावेश हुने गरी श्रमिक मागपत्रको ढाँचा संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

तसर्थ, मिति २०८३।०६।१५ गते (October 1, 2026) बाट श्रमिक मागपत्र प्रमाणीकरणका लागि आवेदन गर्दा संशोधित मागपत्रको ढाँचा अनिवार्य रुपमा प्रयोग गरी, सम्बन्धित श्रमिकले गर्ने कामको स्पष्ट विवरण तथा कार्यस्थलको प्रकृति र कार्य समय (Indoor/Outdoor/Both including Working Hour) उल्लेख गरी अनलाइन प्रणाली मार्फत आवेदन दिनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
शंसोधित ढाँचामा आवश्यक विवरण पूर्ण रूपमा नभरिएको अवस्थाको मागपत्र पुनः सच्याउन फिर्ता गरिनेछ ।

संशोधित मागपत्रको ढाँचा तल रहेको लिंकमा उपलब्ध छ। https://ae.nepalembassy.gov.np/pages/terminist-authentation/

Notice Regarding the Revision of Demand Attestation Template:

In accordance with the decision dated 2083/04/13 BS (July 29, 2026) of the Government of Nepal, Ministry of Youth, Labour and Employment, it has been stated that when verifying/authenticating labor demand letters, a detailed job description of the work to be performed by the Nepali worker, as well as the nature of the workplace (Working Environment - Indoor, Outdoor, or Both) and working hours must be clearly specified. Accordingly, all concerned are hereby informed that the format of the labor demand letter has been revised to include the worker's position, job description, nature of the workplace, working hours, and other necessary details.
Therefore, it is notified that, effective from 2083/06/15 BS (October 1, 2026), all the Companies and Agencies applying for the Approval of labor demand letters must mandatorily use the revised format. Applications must be submitted through the online system with a clear description of the work to be performed by the concerned worker, along with the nature of the workplace and working hours (Indoor/Outdoor/Both). Demand letter submitted without complying with the revised format will not be accepted.
The revised Demand Letter format is available at the below link.
https://ae.nepalembassy.gov.np/pages/terminist-authentation/

Embassy of Nepal
Abu Dhabi
15 September 2026

09/09/2026

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट

09/09/2026

Address

Villa No. 5, Plot No. 1, Sector 19_2, Al Aradah Street, Al Nahyan Area
Abu Dhabi
38282

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97126344767

Alerts

Be the first to know and let us send you an email when Embassy of Nepal, United Arab Emirates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Embassy of Nepal, United Arab Emirates:

Shortcuts

Share