06/06/2026
प्रेस विज्ञप्ति
*"आज रोपिएको एउटा बिरुवा केवल रुख होइन, भविष्यको श्वास हो। यदि हामीले पृथ्वीलाई बचायौँ भने पृथ्वीले मानव सभ्यतालाई बचाउनेछ; तर यदि प्रकृतिलाई नष्ट गर्यौँ भने कुनै पनि विकासले मानव अस्तित्वलाई जोगाउन सक्ने छैन।*
-सघन मोक्तान
*विश्व वातावरण दिवसको अवसरमा आगोससद्वारा तीन स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न*
ओदलाबारी, ५ जुन २०२६
विश्व वातावरण दिवसको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि आगोसस (AGOSS) केन्द्रीय समिति, ओदलाबारी शाखा तथा ओदलाबारी बगान शाखा को संयुक्त आयोजनामा व्यापक वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमअन्तर्गत ओदलाबारी भानुभक्त प्राथमिक पाठशाला, ओदलाबारी बगान तथा घिस बस्ती शिव मन्दिर परिसरमा जम्मा १०० वटा बिरुवा रोपण गरिएको छ।
आज विश्वले ग्लोबल वार्मिङ, वन विनाश, जैविक विविधताको ह्रास तथा प्राकृतिक प्रकोपका चुनौतीहरू सामना गरिरहेको अवस्थामा वृक्षारोपण केवल एक कार्यक्रम नभई पृथ्वी र भावी पुस्ताको सुरक्षाका लागि आवश्यक सामाजिक दायित्व बनेको छ। यही जिम्मेवारीलाई आत्मसात गर्दै आगोससले वातावरण संरक्षणको अभियानलाई निरन्तरता दिएको हो।
यस वर्षको विश्व वातावरण दिवस कार्यक्रम आगोसस केन्द्रीय समिति कार्यकारिणी अध्यक्ष आदरणीय श्री गणेश राईज्यूको विशेष पहल र नेतृत्वमा सम्पन्न भएको हो। त्यसैगरी ओदलाबारी बगान क्षेत्रमा श्री अर्बिन्द मिश्रा, श्रीमती दिपा छेत्री, श्रीमती सारिका माझी, श्री कोमो नायक, श्रीमती सुमित्रा नाइक, श्रीमती सरिता गुरुङ तथा श्रीमती उलिस्ता उराँव को सक्रिय पहल र समन्वय रहेको थियो। घिस बस्ती क्षेत्रमा भने श्रीमती पुष्प तामाङ भुजेल को विशेष पहलमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा ओदलाबारी भानुभक्त प्राथमिक पाठशालाका आदरणीय शिक्षक–शिक्षिकाहरू को उल्लेखनीय सहभागिता रहेको थियो। साथै आगोसस केन्द्रीय समितिका नवीन प्रधान, कुशल प्रधान, सघन मोक्तान, रूपा राई, अमृता राई तथा प्रणाम लामा लगायतका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
त्यसैगरी आगोसस ओदलाबारी शाखाका रुबिना दर्जी, पार्वती मुण्डा, लक्ष्मी सुनार, सुनिल गुप्ता, सरस्वती प्रधान, सीमा उराँव, नितेश राई, करुण प्रधान तथा गीता मुण्डा लगायतका सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
आगोससले वातावरण संरक्षण कुनै एक दिनको कार्यक्रम मात्र नभई समाज, राष्ट्र र सम्पूर्ण मानव सभ्यताको भविष्यसँग जोडिएको निरन्तर अभियान भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि वृक्षारोपण, वातावरणीय जनचेतना तथा प्राकृतिक स्रोतहरूको संरक्षणका कार्यक्रमहरूलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
*"रुख रोप्नु दान होइन, आगामी पुस्ता प्रति हाम्रो जिम्मेवारी हो। प्रकृति बचाऔँ, पृथ्वी बचाऔँ, भविष्य बचाऔँ।"*-आगोसस ।
जारीकर्ता:
कुशल प्रधान एंव अमृता राई
आगोसस (AGOSS)
केन्द्रीय समिति