हाम्रो देउराली,हाम्रो गौरव

  • Home
  • Nepal
  • Gorkha
  • हाम्रो देउराली,हाम्रो गौरव

हाम्रो देउराली,हाम्रो गौरव This page is the informed about deurali at all things.

राष्ट्रिय परिक्षा बोर्डको कर्मचारी युनियन आज देखि भङ्ग भएको छ ।
29/03/2026

राष्ट्रिय परिक्षा बोर्डको कर्मचारी युनियन आज देखि भङ्ग भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको  प्रशासकीय भवन
24/03/2026

बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन

हार्दिक बधाई तथा शुभकामना सुरज गुरुङबारपाक सुलिकोट गाउँपालिका  वडा न. ८  पहरे मनकामना युवा क्लबको स्थानीय खेलाडी सुरज गु...
23/03/2026

हार्दिक बधाई तथा शुभकामना सुरज गुरुङ
बारपाक सुलिकोट गाउँपालिका वडा न. ८ पहरे मनकामना युवा क्लबको स्थानीय खेलाडी सुरज गुरुङ राष्ट्रिय टिममा पर्न सफल भएका छन । गुरुङ नेपाल र हङकङ बिचको मैत्रीपूर्ण खेलको लागि छनोट भएका हुन । उनी अहिले APF क्लबमा आबद्ध रही राष्ट्रिय लिग खेलिरहेका छन्

12/03/2026

किन सधैं नेताबाट मात्र प्रतिज्ञा खोज्ने?
आज तपाईं र हामी पनि आफैँसँग केही प्रतिज्ञा गरौँ।

• कुनै पनि कामका लागि “मेरो दाइ/भाइ” भनेर नेताको नाम लिएर काम गराउँदिन।
• नेताहरूको काम देशको विकास गर्नु हो, त्यसैले अनावश्यक उद्घाटन र कार्यक्रमहरूमा निमन्त्रणा गर्दिनँ।
• घुस लिनु र दिनु दुवै अपराध हो, त्यसैले आजदेखि सिस्टमअनुसार नै काम गर्ने र गराउनेछु।
• सानो होस् वा ठूलो, सधैं नियम र कानुनको पालना गर्नेछु।
• सार्वजनिक सम्पत्तिलाई आफ्नै सम्पत्ति जस्तै सम्झेर संरक्षण गर्नेछु।
• गलत काम गर्ने नेतालाई समर्थन गर्दिनँ।
• कर (Tax) तिर्नुपर्ने दायित्व इमानदारीपूर्वक पूरा गर्नेछु।
• सडक, सार्वजनिक ठाउँ वा प्रकृतिलाई फोहोर बनाउने काम गर्दिनँ।
• सामाजिक सञ्जालमा झुटा खबर वा अफवाह फैलाउदिनँ।
• जात, धर्म, भाषा वा क्षेत्रको नाममा घृणा फैलाउने काम गर्दिनँ।
• ट्राफिक नियमको पालना गर्नेछु र अरूलाई पनि पालना गर्न प्रेरित गर्नेछु।
• लाइनमा बस्ने संस्कार अपनाउनेछु, अरूको अधिकारको सम्मान गर्नेछु।
• देशभित्र बनेका सामान र उत्पादनलाई प्राथमिकता दिनेछु।
• मेहनत, इमानदारी र अनुशासनलाई आफ्नो जीवनको आधार बनाउनेछु।
• समाजमा राम्रो उदाहरण बन्ने प्रयास गर्नेछु।
• भ्रष्टाचार देखेमा त्यसको विरोध गर्ने हिम्मत राख्नेछु।
• देशको विकासका लागि सकारात्मक सोच राख्दै आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्नेछु।
देश परिवर्तन नेताबाट मात्र होइन, हामी नागरिकबाट पनि सुरु हुन्छ।
आजैदेखि आफू परिवर्तन गरौँ।

04/03/2026

फेरी एक पाली आफैले आफैलाइ गम्भीर भएर प्रश्न गरौँ ! आजको मतदान केबल एक व्यक्ति वा उमेरबीचको होइन, देशको भविष्यसँग जोडिएको निर्णय हो। अनुभव र नयापनबीचको छनोट गर्दा आक्रोश वा भावनाभन्दा विवेक र राष्ट्रिय हितलाई प्राथमिकता दिऔँ।
सोचेर, मनन गरेर जिम्मेवार मत प्रयोग गरौँ।

भोलि हुने निर्वाचनमा २ प्रकारका मतपत्र प्रयोग हुनेछ:प्रत्यक्ष तर्फ: सेतो कागजमा रातो रंगको निर्वाचन चिन्हमा मतदान गर्न स...
04/03/2026

भोलि हुने निर्वाचनमा २ प्रकारका मतपत्र प्रयोग हुनेछ:

प्रत्यक्ष तर्फ: सेतो कागजमा रातो रंगको निर्वाचन चिन्हमा मतदान गर्न सकिन्छ

समानुपातिक तर्फ: सेतो कागजमा कालो रंगको निर्वाचन चिन्हमा मतदान गर्न सकिन्छ

07/09/2025

भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।
प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ? - वालेन साह

"भुवानी कप "पुरस्कारहरु :प्रथम   : १,००,००१/- (एक लाख एक रुपियाँ मात्र)द्वितीय : ४९,९९९/- (उन्नपचास हजार नौ सय नौ रुपिया...
22/08/2025

"भुवानी कप "
पुरस्कारहरु :
प्रथम : १,००,००१/- (एक लाख एक रुपियाँ मात्र)
द्वितीय : ४९,९९९/- (उन्नपचास हजार नौ सय नौ रुपियाँ मात्र)
Best Player, Top Soccoer, Best defender & Best Keeper प्रत्येकको लागि ३,००० ( तिन हजार मात्र )
खेलाडी संख्या : ६ + ३ जना
दर्ता शुल्क : ८,००० + १०००(Y/R)
टिम दर्ता मिति : २०८१-०६-०८ गते , २ बजे सम्म खेल हुने मिति : २०८१-०६-०८ गते ( Opening game) देखि ०६-१३( फुलपाती ) सम्म
खेलमैदान ( स्थान ): बारपाक सुलिकोट -०७ "धारापानी खेलमैदान" देउराली धारापानी
थप जानकारिको लागि सम्पर्क : 9840715696 ( राजेश ), 9841091982( सन्तोष ), 986-1565496( प्रदिप)

"स्वास्थ्य र मित्रताको लागि खेलकुद "भन्ने मुल नाराका साथ बारपाक सुलिकोट - ०७ धारापानिमा आउदै गरेको महान चाड बडादशैको पावन अवसरलाई मध्यनजर गदै "भुवानी कप " खुल्ला फुटबल आयोजना हुने जानकारी गराउर्दछौ। साथै हजुरहरुको उपस्थिती सगै अमुल्य सहयोगको अपेक्षा सहित आमन्त्रण गर्दछौ ।🙏⚽️⚽️

13/07/2025

मोरङको रंगेली नगरपालिकास्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङ भन्नुहुन्छ, "विद्यार्थीहरू AI युगमा छिरिसकेका छन् । हामी शिक्षकहरु भने Google Search गर्न पनि सक्दैनौं । कतिपय शिक्षकहरूलाई त छोराछोरीले खोलिदिएको फेसबुक आइडी चलाउन पनि धौधौ देखिन्छ । मोबाइल बैंकिङमा तलब आएको म्यासेज हेर्न नजान्ने शिक्षकहरू त कति छौँ कति ! हामीले आफूलाई अपडेट गर्न नसके डाइनोसरको हविगत भोग्न तयार हुनुपर्छ ।"

नव बर्ष २०८२ को सुखद उपलक्ष्यमा यहाँहरुको सुख,शान्ती,समृद्धि,उत्तरोत्तर प्रगती एबम सफलताको हार्दिक शुभकामना !!
13/04/2025

नव बर्ष २०८२ को सुखद उपलक्ष्यमा यहाँहरुको सुख,शान्ती,समृद्धि,उत्तरोत्तर प्रगती एबम सफलताको हार्दिक शुभकामना !!

Address

Barpak Sulikot RM Office
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो देउराली,हाम्रो गौरव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share