Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय

Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय प्रतिनिधि सभा सदस्य ( संघिय सांसद )
Member of Parliament
प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी
Chief Whip, Rastriya Prajatantra Party
(6)

03/06/2026

के देशभन्दा माथि कोही हुन सक्छ र?

03/06/2026

राजनीतिक दलहरू पनि जीवन्त संस्थाजस्तै उतारचढाव, चुनौती, पुनर्जागरण र रूपान्तरणका विभिन्न चरणहरूबाट गुज्रन्छन् नै। कहिले दल उचाइमा पुग्दछ, कहिले आन्तरिक बहस र चुनौतीहरूको सामना गर्दछ, र कहिले नयाँ ऊर्जा तथा गतिका साथ अगाडि बढ्छ। तर दल आफ्ना सिद्धान्त, दृष्टिकोण र सामूहिक प्रतिबद्धताका आधारमा सधैं जिवन्त बलियो रहन्छ। हाम्रो पार्टीभित्र देखिएका मतभिन्नता र आन्तरिक विषयहरू प्रजातान्त्रिक संगठनका स्वाभाविक प्रक्रिया हुन्। यि विषयहरू संवाद, आपसी सम्मान र साझा सहमतिका माध्यमबाट समाधान हुनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु। आगामी महाधिवेशनले पार्टीभित्र नयाँ एकता, नयाँ ऊर्जा र संगठनात्मक सुदृढीकरणको सुरुवात गर्नेछ।

म सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक र समर्थकहरूलाई सकारात्मक, आत्मविश्वासी र प्रेरित रहन हार्दिक आग्रह गर्दछु। धैर्य, विश्वास र प्रतिबद्धताका साथ हामी सबै एकताबद्ध भएर अगाडि बढ्नेछौँ। आगामी महाधिवेशन हाम्रो पार्टीको इतिहाँसमा एउटा महत्वपूर्ण तथा ऐतिहासिक मोड बन्न सक्नेछ, जसले भविष्यका अझ ठूला उपलब्धिहरूका लागि बलियो आधार निर्माण गर्नेछ। आउँदो पार्टी महाधिवेशनका लागि उर्जावान शक्ति लिएर तयार रहिदिनहुन् अग्रज, समकालीन र समस्त पार्टीपंक्तिप्रति हार्दिक अनुरोध गर्दछु।

02/06/2026

नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने जस्ता प्रवृत्तिहरु यत्ति खतरनाक हुन्छ कि, एकदिन मान्छेले आफ्नो नेताको बचाउ गर्दै देशको पक्ष छोडेको थाहा नपाउन सक्दछ।हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछोड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँडिरहेका छन्।

आज जेठ १९, नेपालको इतिहासलाई सधैंका लागि परिवर्तन गरिदिएको दुःखद नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन। यस शोकपूर्ण दि...
02/06/2026

आज जेठ १९, नेपालको इतिहासलाई सधैंका लागि परिवर्तन गरिदिएको दुःखद नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन। यस शोकपूर्ण दिनको सम्झनामा हामी स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको विनम्रता, सरल जीवनशैली, जनताप्रतिको आत्मीयता र राष्ट्रप्रतिको समर्पण आज पनि धेरै नेपालीहरूको स्मृतिमा जीवित छ। राजा वीरेन्द्रको शान्त, सन्तुलित र जनमुखी नेतृत्वले उहाँलाई जनताको मनमा विशेष स्थान दिलाएको थियो। आजका दिन, हामी राष्ट्रले भोगेको त्यो पीडादायी क्षणलाई स्मरण गर्दै दिवंगत आत्माहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं र राष्ट्र निर्माणमा उहाँहरूको योगदानलाई कृतज्ञतापूर्वक सम्झन्छौं। उहाँहरूको स्मृति हामी माझ सदैव अमर रहोस्।

01/06/2026

प्रतिनिधिसभा नियमावलीमा केही विशेष संविधानसँग बाझिने प्रावधानहरू, र सांसदहरूलाई दिइएका विशेष अधिकारहरू, जुन संघीय कानुनभन्दा माथि पर्ने देखिएको विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो। मैले पनि यस विषयमा आफ्ना धारणा राख्दै पुनर्विचार र पुनः छलफल आवश्यक रहेको कुरा उठाएको थिएँ। सभामुखज्यू बाट हिजोको अन्तिम निर्णय आउनुभन्दा पहिले नै हामीले केही दिन समय थपेर भए पनि नियमावली संशोधनलाई थप छलफलमा पठाउन आग्रह पनि गरेका थियौं। वर्तमान सरकारले नयाँ सोच र शैलीबाट अघि बढ्ने बताइरहँदा पनि प्रतिपक्षका सकारात्मक सुझावहरू ग्रहण गरिएनन्। सत्तापक्षका चार जना माननीयहरूले दर्ता गरेका संशोधन प्रस्तावहरू समेत छलफलको प्रक्रियामा प्रवेश गराईएन। यदि ति प्रस्तावहरू समितिमा पठाई गहन छलफल गरिएको भए सदनप्रतिको विश्वास अझ सुदृढ हुन सक्दथ्यो। तर हिजो, त्यसो हुन नसक्दा प्रक्रियागत समावेशिता र सामूहिक स्वामित्वको भावना कमजोर भएको अनुभूति भएको छ।

यो सरकारको बजेट, नीति कार्यक्रम वा तत्काल कार्यान्वयन गर्नैपर्ने कुनै अत्यावश्यक परियोजनासँग सम्बन्धित विषय पनि थिएन। तर पनि सभामुखको भूमिकामा यसलाई एकपक्षीय रूपमा अघि बढाइएर पारित गरिएको तरिका संसदीय लोकतन्त्रको अभ्यासका दृष्टिले दुःखद र गम्भीर छ। नेपालको संसदीय इतिहासमा यस्तो प्रक्रियागत दस्तावेजहरूमा पनि सहमति र छलफललाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण भएको छ ।हिजो जे भयो, त्यो दुःखद भयो। भविष्यमा यस्ता संवेदनशील संसदीय दस्तावेजहरूमा अधिकतम सहमति र विस्तृत छलफल सुनिश्चित गर्नु अपरिहार्य छ।

31/05/2026

आज सदनमा केही कन्फ्युजन रह्यो।

31/05/2026

नेपालको सार्वभौम संघीय संसदमा प्रधानमन्त्रीले अनौपचारिक शैलीमा ‘नेपालले भारतको भूमि पनि अतिक्रमण गरेको छ’ भन्ने अभिव्यक्ति दिनु अत्यन्त गम्भीर विषय हो। यस्ता संवेदनशील दाबीहरू सामान्य टिप्पणी होइनन्। राज्यको सार्वभौमिकता, भौगोलिक अखण्डता र कूटनीतिक सम्बन्धसँग प्रत्यक्ष जोडिएको विषयमा प्रधानमन्त्रिको यस्तो फितलो जवाफको अपेक्षा थिएन। प्रधानमन्त्रीले यो अभिव्यक्तिबारे तत्काल स्पष्टता दिनु आवश्यक छ। के नेपालले भारतको भूमि अतिक्रमण गरेकै हो? यदि हो भने कहाँ, कहिले, किन र कुन आधारमा? प्रधानमन्त्रीजस्तो जिम्मेवार पदबाट आएका यस्ता अभिव्यक्तिले नेपालको कूटनीतिक स्थितिलाई कमजोर पार्ने जोखिम बढेको छ।

भोलिको संसदमा प्रधानमन्त्रीले यि विषयमा स्पष्ट जवाफ दिनुपर्छ। राष्ट्रको सार्वभौमिकता र संस्थागत गम्भीरता कुनै पनि हालतमा सम्झौता योग्य विषय होइन। प्रधानमन्त्रीको जिम्मेवारी राजनीतिक वक्तव्यमा मात्र सीमित हुने होइन। यो त राज्यको दीर्घकालीन हित, कूटनीतिक सन्तुलन र जनताको विश्वास जोगाउने दायित्व पनि थियो। उहाँ यसमा गम्भिर रुपमा चुक्नुभएको छ। त्यसैले आगामी दिनहरुमा उहाँले प्रत्येक शब्दको प्रभाव बुझेर मात्रै सार्वजनिक अभिव्यक्ति दिनहुन ध्यानाकर्षण गराउन चाहन्छु। यद्यपि, उहाँले बोलिसकेका विषयमा सरकारले तुरुन्त स्पष्टीकरण दिनु आवश्यक छ, अन्यथा गलत सन्देश अन्तर्राष्ट्रिय रूपमा जान सक्छ। यस विषयतर्फ पनि म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

31/05/2026

प्रधानमन्त्रीसँग सवाल जवाफ।

आज बृहत् फस्कु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १२औं र १३औं संयुक्त साधारणसभामा प्रतिनिधि सभा सदस्य खुस्बुली सहभागी ...
30/05/2026

आज बृहत् फस्कु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १२औं र १३औं संयुक्त साधारणसभामा प्रतिनिधि सभा सदस्य खुस्बुली सहभागी हुनुभयो। कार्यक्रममा सम्माननीय सभामुख डि.पी. अर्याल,मा. कुलभक्त शाक्य ज्यू, प्रदेश सभा सदस्यज्यूहरू लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा उहाँले खानेपानीलाई आजको आवश्यकतासँग मात्र होइन, आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य जिम्मेवारीका रूपमा बुझ्नुपर्ने विषयमा जोड दिनुभयो। विशेषगरी जल पुनर्भरण (water recharge), मुहान संरक्षण तथा वर्षाको पानी संकलन र प्रशोधन (rainwater harvesting & treatment) जस्ता दीर्घकालीन उपायहरूलाई प्राथमिकतामा राख्नुपर्ने कुरा उल्लेख गर्नुभयो।
समितिको अध्यक्षमा नवराज कार्की लगायत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

संविधान संशोधन कार्यदलले देशका सबै नागरिकहरुलाई संविधान संशोधनको विषयमा सुझाव मागे अनुरुप, "देशका सम्पूर्ण सनातन धर्ममा ...
29/05/2026

संविधान संशोधन कार्यदलले देशका सबै नागरिकहरुलाई संविधान संशोधनको विषयमा सुझाव मागे अनुरुप, "देशका सम्पूर्ण सनातन धर्ममा आस्था राख्ने तथा संवैधानिक राजसंस्थामा विश्वास गर्ने" नागरिकहरूलाई मेरो अनुरोध छ: कृपया आफ्नो सुझाव दिइएको इमेल र WhatsApp नम्बरमा यथाशीघ्र पठाउनुहोस्। राष्ट्रको संवैधानिक भविष्य निर्माणमा सक्रिय सहभागिता जनाउनुहोस्। जय राष्ट्रवाद।

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khusbu Oli Secretariat - खुस्बु ओली सचिवालय:

Share