18/02/2026
ग्याल्पो ल्होसारको यो पवित्र दिनमा
हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान बाँचिरहेको छ… यहाँ उपस्थित तपाईं सबैको मुहारमा!”
“तसैले… आजको दिन केवल पर्व होइन,
आजको दिन हाम्रो अस्तित्वको गर्व हो!”
“चु ग्याल्पो ल्होसार…
ह्याङला संस्कृति, ह्याङला पहिचान,
ह्याङला माया-एकता देखोबा ठूलो दिन मुला!”
“ताशी देलेक!
सबैलाई ग्याल्पो ल्होसारको हार्दिक शुभकामना!”
हिमाली समुदायको नयाँ बर्ष २१५२औं ग्याल्पो ल्होसारको अवसरमा सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
सांस्कृतिक रुपमा घुलमिल भएका हिमाली समुदायले मनाउने यो ग्याल्पो ल्होसारसँगै आजदेखि नयाँ (बाघ) बर्ष सुरु भएको छ । ग्याल्पो ल्होसारलाई नयाँ बर्षको सुरुवात र महत्वपूर्ण पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक, खाप्से लगायतका परिकार खाएर हर्षोल्लासपूर्वक मनाइने यस पर्वले शेर्पा जातिको विशेषता र पहिचान झल्काउँछ ।
संस्कृति, परम्परा र मान्यताहरुलाई अनुसरण गर्दै मनाइने ग्याल्पो ल्होसार लगायतका चाड पर्वहरुले पारिवारिक अन्तरघुलन, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुऱ्याउँदै आएका छन् । हामीले मनाउने मौलिक चाड पर्वहरुले हाम्रा विविधतालाई जीवित बनाइराख्न मद्दत पुग्ने विश्वास लिएको छु ।
अन्त्यमा, ग्याल्पो ल्होसारले हामीबीच निकटता, सम्मान भाव एवं मजबुत राष्ट्रिय एकताका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
डाेल्मामाया गाेले
उपाध्यक्ष, Mahankal Rural Municipality महाङ्काल गाउँपालिका, दक्षिण ललितपुर ।
+9779860504800
#ग्याल्पाेल्हाेसार