स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पस

  • Home
  • स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पस

स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पस Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पस, Social service, Sundarbazar-07, .

Volunteer Opportunity: Campus Botanical Garden RevitalizationLamjung Campus is launching a Botanical Garden Revitalizati...
23/12/2025

Volunteer Opportunity: Campus Botanical Garden Revitalization

Lamjung Campus is launching a Botanical Garden Revitalization Project aimed at developing a sustainable garden for learning, research, and recreation. The project involves land clearing, plant selection, planting activities, and creative tasks such as designing plant labels and coordinating project events.

We are inviting motivated students to volunteer in planning, implementation, and long-term maintenance of the garden.

Project Organizers:
Ruth, Peace Corps Members, and Prof. Vabani Pandey
Lamjung Campus

Please scan the QR code and register this week. A kick-off meeting will be organized after registration to brief volunteers and divide responsibilities.

Your participation will help create a green and educational space on our campus.

सूचना! सूचना! सूचना!
26/11/2025

सूचना! सूचना! सूचना!

भोटेओडार सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजना गरिएको“रैथाने बालीको पहिचान र उपयोगिता” विषयक खुला वक्तृत्व प्रतियोगितामाल...
22/11/2025

भोटेओडार सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजना गरिएको
“रैथाने बालीको पहिचान र उपयोगिता” विषयक खुला वक्तृत्व प्रतियोगितामा
लमजुङ कृषि क्याम्पसका विद्यार्थीहरूले शानदार प्रदर्शन गरेका छन्।

यस प्रतिस्पर्धामा आदित्य अधिकारीले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल हुनु भयो भने,
रोजिना खनालले तृतीय स्थान प्राप्त गरी
क्याम्पसलाई गर्वान्वित बनाउनु भएको छ।

स्ववियु, लमजुङ कृषि क्याम्पस
उहाँहरू दुवैलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछ।

20/11/2025

सूचना‼️

विषय: कार्यक्रममा सहभागी सम्बन्धमा

भोटेओडार सामुदायिक सिकाइ केन्द्रको दोस्रो साधारण सभाको अवसरमा रैथाने बालीको संरक्षण, पहिचान र यसको उपयोगिता सम्वन्धी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।

यस कार्यक्रममा सक्रिय सहभागिताका लागि स्ववियु, लमजुङ क्याम्पसको तर्फबाट सबै विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूलाई हार्दिक अनुरोध गर्दछौं।

पुरस्कार रकम

प्रथम पुरस्कार: रु २,०००/-

द्वितीय पुरस्कार: रु १,६००/-

तृतीय पुरस्कार: रु १,२००/-

सान्त्वना: रु ८००/-

कार्यक्रम विवरण

मिति: २०८२ मंसिर ६ गते (शनिबार)

समय: बिहान ११:०० बजे

स्थान: बहुउद्देश्यीय भवन, फूलबारी, भोटेओडार

सम्पर्क व्यक्ति

अध्यक्ष: श्री मधु कुमारी भट्टराई(९८४६१३६६४६)

Important notice of Annex Admission and orientation class of Lamjung Krishi Campus  #स्वतन्त्र विद्यार्थी युनियन
13/11/2025

Important notice of Annex Admission and orientation class of Lamjung Krishi Campus
#स्वतन्त्र विद्यार्थी युनियन

लमजुङ क्याम्पसका छात्रहरू करिब २ वर्ष  देखि आवासीय सुविधाबाट वञ्चित छन्, जबकि छात्राहरूका लागि पर्याप्त छात्रावास सुविधा...
11/11/2025

लमजुङ क्याम्पसका छात्रहरू करिब २ वर्ष देखि आवासीय सुविधाबाट वञ्चित छन्, जबकि छात्राहरूका लागि पर्याप्त छात्रावास सुविधा उपलब्ध छ।

हामीले आज लमजुङ जिल्ला प्रशासन कार्यालयमा मर्स्याङ्दी छात्रावास छात्र हरु को निम्ति पुनः सञ्चालनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छौं।

हामी अनुशासन र सद्भावका साथ अध्ययनमै केन्द्रित रहन चाहन्छौं।

हाम्रो सानो माग पढ्ने अधिकारसँगै बस्ने अधिकार पनि सुनिश्चित होस्।

श्री आशिष पौडेल Aashish Paudel  Paudel ज्यू  उप–सभापतिस्ववियु, लमजुङ क्याम्पसविषय: कार्यवाहक अध्यक्षको जिम्मेवारी बारे ।...
09/11/2025

श्री आशिष पौडेल Aashish Paudel Paudel ज्यू
उप–सभापति
स्ववियु, लमजुङ क्याम्पस

विषय: कार्यवाहक अध्यक्षको जिम्मेवारी बारे ।

प्रस्तुत विषयमा, मेरो व्यक्तिगत कारणवश लमजुङ क्याम्पसको कार्यक्षेत्र बाहिर रहनुपर्ने भएकोले, संस्थाको विधानमा उल्लिखित अध्यक्षको अधिकार प्रयोग गर्दै सो अवधिसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी तपाईंलाई हस्तान्तरण गर्दछु।

उक्त अवधिमा स्वतन्त्र विद्यार्थी युनियनको गौरव, मर्यादा र शुचिता कायम राख्दै अध्यक्षका सम्पूर्ण दायित्व, अधिकार र जिम्मेवारी पूर्ण रूपमा बहन गर्नुहुन अनुरोध गर्दछु।

असिम वस्ती
अध्यक्ष
स्ववियु, लमजुङ क्याम्पस

लमजुङ क्याम्पसका छात्रहरूका लागि आवासीय सुविधा कुनै उपहार होइन  ,शिक्षा प्राप्तिको अविभाज्य अधिकार हो।विगतका विवादहरूको ...
06/11/2025

लमजुङ क्याम्पसका छात्रहरूका लागि आवासीय सुविधा कुनै उपहार होइन ,शिक्षा प्राप्तिको अविभाज्य अधिकार हो।
विगतका विवादहरूको बोझ अहिलेका विद्यार्थीमाथि थोपरिराख्दै छात्रवासबाट वञ्चित राख्नु न्याय र शैक्षिक मर्यादामाथिको गम्भीर अपमान हो।

अब अनुशासन, सहकार्य र जिम्मेवार व्यवस्थापनका आधारमा छात्रवास सञ्चालन गर्नु हाम्रो माग हो।
विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउनु नै शिक्षाको समान अवसर सुनिश्चित गर्ने पहिलो कदम हो।

शिक्षा अधिकार हो, विशेषाधिकार होइन।
छात्रलाई वञ्चित नगरौं, अवसर उपलब्ध गराऔं।
छात्रवास खोलौं, शैक्षिक वातावरण सबल बनाऔं।

शिक्षा अब सपना होइन, पैसाको सौदा बनाइएको छ!भर्ना प्रक्रियामा अनिवार्य रु १०,१०० सहित IDF मा रु ३,००,००० र Annex मा रु ३,...
28/10/2025

शिक्षा अब सपना होइन, पैसाको सौदा बनाइएको छ!
भर्ना प्रक्रियामा अनिवार्य रु १०,१०० सहित IDF मा रु ३,००,००० र Annex मा रु ३,५०,००० तिर्नुपर्ने र
विगतको तुलनामा रु ५०,०००ले बढाइएको छ।

यो शिक्षाको होइन, शोषणको मोडेल हो।
विद्यार्थीको अधिकार बेच्ने, भर्नालाई व्यवसाय बनाउने प्रवृत्ति अब स्वीकार्य छैन।
शिक्षा सबैको पहुँचमा हुनुपर्छ, पैसाको पहुँचमा होइन!

संयुक्त विद्यार्थी अभियान स्पष्ट भन्छ
यो शुल्क वृद्धि तुरुन्त फिर्ता गर!
शिक्षा व्यापार होइन, अधिकार हो।
र यो अधिकारका सदैव आवाज उठ्नेछ।

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा भाई टिकाकोको हार्दिक शुभकामना । #स्वतन्त्र विद्यार्थी युनियन लमजुङ क्याम्पस
23/10/2025

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा भाई टिकाकोको हार्दिक शुभकामना ।
#स्वतन्त्र विद्यार्थी युनियन लमजुङ क्याम्पस

गाई/गोरु तिहारको हार्दिक शुभकामना
22/10/2025

गाई/गोरु तिहारको हार्दिक शुभकामना

लक्ष्मी पुजाको हार्दिक शुभकामना
20/10/2025

लक्ष्मी पुजाको हार्दिक शुभकामना

Address

Sundarbazar-07

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share