31/08/2023
आज मिति २०८०.०५.१४ गते जनै पूर्णिमा/ रक्षाबन्धनको बिदाको दिन लालीगुराँस न.पा.का प्रमुख अर्जुन माबुहाङज्यू, उप-प्रमुख जमुना मगर कार्की ज्यू, ७ नंं वडाध्यक्ष देवेन्द्र खड्का ज्यू, बसन्तपुर नयाँ सहर आयोजना कार्यालय, तेर्हथुम। NTPO, Basantapur का आयोजना प्रमुख ई. उदय चौधरी लगायत प्राबिधिक टोली, तिनजुरे, चैते सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु लगायत स्थानिय बुद्धिजिबीहरुको उपस्थितिमा बसन्तपुर नयाँ सहर र लालीगुराँस नगरपालिकाको सहकार्यमा कार्यन्वयन हुने राष्ट्रीय लालीगुराँस पार्क निर्माणको निर्माणस्थलको स्थलगत निरिक्षण गरी योजना कार्यान्वयनको बिषयमा आवश्यक छलफल गरि सदुपयोग गरियो।