New Begin New Energy Power of Young Generation by Ajoy Edwards Hamro Party

  • Home
  • India
  • Darjeeling
  • New Begin New Energy Power of Young Generation by Ajoy Edwards Hamro Party

New Begin New Energy Power of Young Generation by Ajoy Edwards Hamro Party Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Begin New Energy Power of Young Generation by Ajoy Edwards Hamro Party, Darjeeling.

https://www.facebook.com/326326971291275/posts/1144125576178073/
11/08/2022

https://www.facebook.com/326326971291275/posts/1144125576178073/


जस्ताको त्यस्तै,
"गत 3 अगस्त, 2022 को दिन खरसाङमा आयोजित हिल-तराई प्राथमिक शिक्षक सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएका नव-निर्वाचित कार्यपाल श्री अनित थापाले प्राथमिक शिक्षाको विषयमा दिनुभएको वक्तव्य अनि आज खरसाङकै रामकृष्ण बिद्यालयमा पहाडको शिक्षालाई रुपान्तरण गर्ने भनेर दिएको बक्तब्यलाई म पाल्देन तामाङ, कालेबुङ जिल्ला अन्तर्गत पुदुङ-सिन्देबुङ समष्टिको पार्षद्, सहृदय समर्थन गर्दछु । वर्तमान जीटीए सभाको म एक मात्र स्वतन्त्र पार्षद् हुँ अनि म कुनै राजनैतिक पार्टीको सदस्य होइन तर पनि राम्रो कुरालाई समर्थन गर्नुपर्छ भन्ने मेरो विचार छ ।
प्राथमिक शिक्षा व्यवस्थाको दयनीय अवस्था हामी सबैको आँखा सामुन्ने छ । समस्याहरूको पहाड़ले थिचेर सास जानलागेको यस व्यवस्थालाई स्वस्थ बनाउन हो भने निकै कड़ा निर्णयहरू लिनपर्ने छ । तीन-चारजना मात्र विद्यार्थीहरू भएको प्राइमरी स्कूलमा सात-आठजना टिचर अनि एउटै टिचरले सप्पै क्लास पढ़ाउनपर्ने अवस्था विषय सबैलाई थाहा भएकै कुरो हो । कार्यपाल महोदयले व्यक्तिगत तौरमा “जीटीए अन्तर्गतका सबै प्राथमिक पाठशालाको निरीक्षण गर्छु अनि यी सबै कुराहरू बुझिलिन्छु” भनेका कुरोलाई सबैले सराहना गर्नैपर्छ ।
शिक्षित-प्रशिक्षित अनि तलब पनि प्राइभेट स्कूलभन्दा कता हो कता धेरै पाउने टिचरहरू भएर पनि प्राथमिक पाठशालाहरूको शैक्षिक स्तर किन निम्न छ भन्ने कुरोमा पनि कार्यपालले सरकारी स्कूलहरूको दर्जा नर्सरी स्कूलहरू बराबर किन हुन सक्दैन भन्ने प्रश्न उठाएका रहेछन् – राम्रो कुरा हो । “जहाँ-जहाँ सरकारी प्राथमिक पाठशालाहरू छन् त्यहाँ आगामी वर्षभित्र निजी नर्सरी स्कूलहरू बन्द भएको म हेर्न चाहन्छु” भन्ने उनको उद्गार पनि स्वागतयोग्य छ । यसै सन्दर्भमा स्कूलको तलब थापेर थोरै पैसामा खेताला लगाएर आफू चैँ अन्यत्रै काम गर्ने अनि पार्टीकै काम गरिरहने टिचरहरू पनि छन् भन्ने कुराको चर्चा सबैले गर्छन् त्यसको पनि निष्पक्षताको साथमा लेखाजोखा हुन्छ होला भनेर हामीले आशा राखेका छौँ । फेरि पनि एकपल्ट नव-निर्वाचित कार्यपालको यस साहसिलो कदमलाई म समर्थन अनि स्वागत जनाउँदछु ।
भवदीय,
पाल्देन तामाङ
सभासद (स्वतन्त्र)
36 नम्बर पुदुङ-डुङ्ग्रा समष्टि
कालेबुङ जिल्ला।

https://www.facebook.com/100651694638066/posts/705770007459562/
11/03/2022

https://www.facebook.com/100651694638066/posts/705770007459562/

भागोप्रमोलाई गोरूबथान ४३न०,जोन-१, समष्टिमा गतिलो झट्का....!!
तेन्हांङ्ग राई,समष्टि पर्यवेक्षक,जिल्ला समिति सह-सचिव,साथै केन्द्रीय समिति सदस्य हाम्रो पार्टीमा सामेल ।
साथै राजकुमार राईले पनि अजय एडवर्डको हातबाट हिज झण्डा ग्रहण गरे । अब बिस्तारै गोरूबथानमा पनि हाम्रो पार्टी फस्टाउँने प्रवल सम्भावनाहरू देखिन्दैछ,सुचनाको आधारमा गोरूबथानबाट पनि धेरैले झण्डा ग्रहण गर्ने जानकारी रहेको छ ।

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when New Begin New Energy Power of Young Generation by Ajoy Edwards Hamro Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share