Lok B. Limbu

Lok B. Limbu सत्यको पक्षमा लाग !

https://english.khabarhub.com/2021/30/187755/ #
02/02/2026

https://english.khabarhub.com/2021/30/187755/ #

KATHMANDU: ‘Nepal Day’ program was celebrated with fanfare in New York City on Sunday. The Legislative Assembly of the New York State last week declared that the Republic Day of Nepal would be marked as ‘Nepali American Heritage Day’ or ‘Nepal Day’ every year from now onwards. The Nepal ...

https://youtu.be/DOIbPAbbRL4?si=5ATjUDRXU3UUzZSCयुग पाठक लाई सुनौ
01/02/2026

https://youtu.be/DOIbPAbbRL4?si=5ATjUDRXU3UUzZSC
युग पाठक लाई सुनौ

बालेन र रवि चरम दक्षिणपन्थका नाइके हुन् : युग पाठक, लेखक तथा विश्लेषक~~~ ~~~ ~~~हिमालखबरका थप सामग्रीका लागि :फेसबुक : / himalkh...

नेपालको राजनितीक भुगोल कस्ले बनायो?जब नेपाल खाल्डो ( केन्द्र) मा किराँती वंशका प्रथम राजा यलम्बर हाङ को शासन सुरू भयो त्...
01/13/2024

नेपालको राजनितीक भुगोल कस्ले बनायो?

जब नेपाल खाल्डो ( केन्द्र) मा किराँती वंशका प्रथम राजा यलम्बर हाङ को शासन सुरू भयो त्यसपश्चात तिनका साखा सन्तान र तिनका सेनाहरू क्रमश चारैतिर राज्य विस्तारमा लागे -

पश्चिमतिर गएकाहरू मगरात , तमुवान बनाए तिनिहरूले पश्चीममा खसहरूको खसान सम्म राज्य विस्तार गरे , दक्षिणतिर लागेकाहरूले थरूहट राज्य निर्माण गरे , केन्द्रको वरिपरी ताम्सालिङ र नेवा मण्डल बनाए , पूर्वतिरकाहरू खम्बुवान , लिम्बुवान हुदै नागाल्याण्ड सम्म राज्य विस्तार गरे । ति सबैको केन्द्र काठमाण्डौ उपत्यका नै थिए , किनभने विदेश सम्बन्ध, मुद्रा लगायत हेर्नेकाम उपत्यकाको राजाले नै हेर्थे ।

पछी लिच्छवीहरू आएपछी राजपरिवारका मुख्य शासकहरू पूर्वतिर लागे ति हालका सुनुवार, राई , लिम्बु, याखा , धिमाल लगायत हुन । लिच्छविहरू दक्षिणबाट आएका हुनाले तिनीहरू हिन्दु थिए र धर्मलाई केन्द्रमा राखेर राज्य गरे । मल्लकाल सम्म आईपुग्दा पनि विदेश सम्बन्ध, विदेश व्यापार , मुद्रा सबै केन्द्रले नै हेर्थे । तर थरूहट देखी लिम्बुवान सम्मका ले शासन आ आफ्नै तरिकाले संचालन गरे पनि केन्द्र भने उपत्यका नै थियो । त्यो एक स्वतन्त्र, स्वाधीन, राज्यहरू थिए । अहिलेको भाषामा संघिय राज्यहरू थिए भन्न सकिन्छ । तर त्यसवेलाका राज्य प्रमुख लाई राजा नै भनिन्थ्यो , अरू पदले सम्बोधन गर्ने पद नै थिएन , राजा र सेनाको मात्र पद थियो त्यसकारण सबै क्षेत्रका प्रमुखहरूलाई राजा नै भनियो ।

तर गोर्खा राज्यको विस्तार चाही एकल जातिय, एकल धार्मिक राज्य सत्ता विस्तारको सुरूवात थियो , फलस्वरूप अंग्रेजको हातहतियार सहयोगमा सबै राज्यका प्रमुहरूको शासन अन्त्य भयो र देशमा हिन्दु धार्मिक राज्यसत्ता सन्चालन भयो पछी जंगेसम्म आउदा एकल जातिय पनि भयो ।

यति ईतिहास सबै नेपालीको मुखमा छ , सबै विद्वान ईतिहासकारहरू सबैले बोलेको , लेखेका छन। भन्ने शैली फरक हुनसक्छ तर सारमा निष्कर्ष एउटै हो की नेपाल भन्ने भुगोलको निर्माण पाँच हजार बर्ष पहिले देखी भएको थियो ।

त्यसकारण गोर्खाली राजा पृथ्यी नारायण शाहलाई पुष २७ गते सम्झीने भनेको उनको जन्मदिनको हो । पृथ्वी जयन्ती मनाऔ, जन्मोत्सव मनाऔं तर नेपाल एकीकरण कर्ता , एकता दिवस केके भनेर मनाउन पाउदैनौ , त्यसो गर्नु झूटो ईतिहास बुझाउनु हो , सत्यलाई छोप्नु हो , त्यतिमात्र होईन नेपाल संसारकै कान्छो देशहरूको लिष्टमा राख्नु हो । त्यसो हो भने नेपाल देशको उमेर २५० वर्ष मात्र हो त ? त्यस्तो झूट ईतिहास अब सच्चिनुपर्छ ।

सक्रिय जिवनको आधा ४० वर्ष पुगिएछ , जन्मदिन पनि यै फेसबुकले सम्झाएपछी था पाईयो अस्तव्यस्तताले । यतिवेला सम्म पनि केही राम...
01/11/2024

सक्रिय जिवनको आधा ४० वर्ष पुगिएछ , जन्मदिन पनि यै फेसबुकले सम्झाएपछी था पाईयो अस्तव्यस्तताले । यतिवेला सम्म पनि केही राम्रो गर्न नसकेता पनि नराम्रो काम गरिएन भन्नेमा ढुक्क छु । चाहेर नचाहेर धेरै काम गर्न बाकी छ , खोजेको रोजेको बाटो हिडिदै नै छ तर अब चाही दौडिएन भने गन्तव्यमा पुग्दा साँझ परिसकेको होला की भन्ने पनि पिर छ । जिवनमा कतै अलमल त छैन तर बाटोभरी का चिया पसल , चौतारी र घुम्तीहरूमा कहिलेकाही मन एकछिन बिसाउनाले अलि ढिलो भईयो की जस्तो चाही लाग्छ । मलाई मेरो जन्मदिनको शुभकामना व्यक्त गर्नुहुने सबै साथीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नोगेन सेवारो 🙏

01/08/2024

लाजनिती -
प्रतिनिधी सभाको चुनाव अगाडी गठबन्धन गरेर चुनाव लड्नु हुदैन , गठबन्धन ठिक होईन , हामी मान्दैनौ , हामी एक्लै लड्छौ , यो अपवित्र हो , यो लोकतन्त्र माथीको कुरूप हो केके हो केके के गठबन्धन गरेरै चुनाव लड्नु भनेको गम्भिर अपराध हो - यसरी कुर्लिन्थे सबैभन्दा बढी कांग्रेस ।

चुनाव सक्यो त्यसपछी सुरू भो प्रत्येक दिन , हरेक तहका नेताले , हरेक क्षणमा सबै मन्चमा अब कान समायौ हामी गठबन्धन गरेर चुनाव लड्दैनौ , ०७९ मा गल्ती गर्यौ , अब २०८४ मा १/२/३ हामी एक्लै लड्छौ - अहिले पनि कांग्रेस यसरी कुर्लिरहेकै छ ।

जब चुनाव आउछ -
सबैभन्दा धेरै सिट लिएर सारालाई एकठाउ पारेर थोरबहुत भाग दिएर सबै आफैले सोरेर सबै सिट लिन्छ , जब भोटको दिन आउछ अन्यले उसैले दिन्छ तर उसले कस्लाई दिन्छ ? उनको जवाफ हुन्छ हामी प्रजातान्त्रिक पार्टी हौ कार्यकर्तालाई डिक्टेट गर्दैनौ ।

यति हुदै राष्ट्रिय सभाको चुनाव आयो -
जम्मा १९ सिटमा १० सिट उसैलाई चाहिने भो , सरकारमा संलग्न सबैदललाई एकठाम पारेर हामीलाई जिताउ भन्दै , गठबन्धन टुट्नु हुन्न है भन्दै , यता गर्दै उता गर्दै सबैको मत जोड्दै अन्यलाई कनिका छरेर आफै पुग्नु पर्ने भो ।

राष्ट्रिय सभाको निर्वाचन भनेको आम संसदिय निर्वाचन जस्तो होईन , किनकी यहा दलका नेताहरू जो प्रदेश सांसद र पालिका प्रमुखहरू छन् , तिनको मतले निर्वाचित हुने हो , त्यसकारण कसको मतभार कति छ प्राष्टै छुटिन्छ , यो भनौ की चुनाव हुन पूर्व कस्ले जित्छ भन्ने थाहा हुने कुरा हो । यसरी हेर्दा कांग्रेस एक्लैले कतै पनि जित्दैन , एकैसिट पनि जित्ने अंकगणित छैन , सबैतिर माके, जसपा, एस लगायतको मतले नै जित्ने हो । यस्तोमा जिताउने प्रती न्याय गर्नु पर्दैन ? गठबन्धन गरेर चुनाव नलडौ भन्ने ति कांग्रेसी नेताहरू खोई ?

यो काग्रेस र माकेको पछी लागेर वा देश विगार्ने विगार्सिह भएर गल्तीले ठूला दलका रूपमा रहिरहेका कुनै पनि दलसंग गठबन्धन वा सहकार्य वा तालमेल वा केके भन्दै बस्ने साना दलहरूलाई कि आफ्नो छुट्टै अस्तित्व बनाउनुहोस , त्याग र समर्पण ले आफूलाई पुनर्ताजकित गर्नुस र दुनियाको सबैभन्दा फरक भएर निस्कनुहोस तपाईहरूलाई जनताले साथ दिने छ त्यसपछी तपाई आफै नेतृत्व गर्ने तहमा पुगेर देशको नेतृत्व गर्नुहुनेछ , त्यो आट गर्नुस । नत्र अहिले कै पाराले देश बन्दैन । दुनियामा अरूभन्दा फरक प्रतिभा नै सबैले रूचाएका छन् ।

01/04/2024

१/२ पटाहाहरू मुकुम्लुङमा केवलकार भए दर्शन गर्नेलाई सहज हुने बेतुक तर्क राख्छन् , तेसो भए अब शगरमाथा चड्न कति अठ्यारो छ , अब सगरमाथा मा पनि केवलकार लाउनु ? प्रकृति र संस्कृति नबुझ्ने दलालहरू बाट देश बचाऔं ।

Spreading smiles on everyone , Forgetting the mistakes done unintentionally, giving up all the bad habits, with new hope...
01/01/2024

Spreading smiles on everyone , Forgetting the mistakes done unintentionally, giving up all the bad habits, with new hope, resolve, new zeal, awakening, excitement, enthusiasm in everyone. May you always take steps towards your goals with determination, I wish you all a very Happy New Year 2024 .

01/01/2024

हरिबोल गजुरेलको अन्तरवार्ता हेरेपछी हरीबिजोग रछ भन्ने लाग्यो ।

12/30/2023

यो साल पनि
चुपचाप
सुनसान
केही नगरी
केही नबोली
केही नबिगारी
केही नसपारी
केही सुरू नै नगरी
केही फत्ते नै नगरी
त्यसै त्यसै
खेर गयो
यो साल पनि !!

कति धेरै
कल्पनाका कुम्लोहरू कसेर
सपनाका पहाडहरू माथी माथी
लैजानु छ ।
पसिनाका बहलहरूले
उर्वर माटोमा सिंचाई गर्नु छ ।
कति धेरै
फलाउनु छ
फुलाउनु छ
कति धेरै रंगहरूमा
रमाउनु छ ।

त्यसैले अब त
लय समाउनु पर्ने भो
दिशा पत्ता लाउन पर्ने भो
हिडेर भएन दौडिनु नै पर्ने भो
यो अलमल बाट
मुक्त भएर
गन्तव्य तताउनै पर्ने भो ।

नाथे एक पेटको लागी के बाच्नु ?
लाखौ भोका पेटहरूका लागी
पनि बाच्नु पर्ने भो ।
त्यसको लागी सबैभन्दा पहिले त
आफै स्वास्थ्य त रहनै पर्ने भो !!

(नया वर्ष २०२४ सुरूहुन पूर्व २ दिन अगाडी )

12/28/2023

संघियता खारेज गरौ भन्नेहरू लाई ,हिन्दु राज्य बनाउ भन्नेहरूलाई ,गणतन्त्र मूर्दावाद भन्नेहरूलाई चाही ठोकेको ठोकेकै गरौ है ।यो मानेमा २/४ दिन यता कान्तिपुर फेरी जाग्यो की जस्तो छ , प्रधान सम्पादक पाठक निस्केपछी पो हो की ?

12/26/2023

संसारभरी थाक्थुङ लिम्बुहरू संगै अन्यले पनि रणघन हुनेगरी उल्लासमय चासोक तङनाम् मनाएको देखियो , यो उत्साहलाई शक्तीमा बदल्न सकौ , किराँत लिम्बुवान प्रदेशको लागी शक्ती मिलोस , चासोक तङनाम् को सबैलाई हार्दिक शुभकामना ।

हार्दिक बधाई तथा शुभकामना जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति धनकुटाको पुनर्गठन कार्यक्रम वाट निर्वाचितअध्यक्...
12/24/2023

हार्दिक बधाई तथा शुभकामना

जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति धनकुटाको पुनर्गठन कार्यक्रम वाट निर्वाचित
अध्यक्ष - पार्बती राई
उपाध्यक्ष- दिवा चेम्जोङ
उपाध्यक्ष- सरोज आठपहरिया
सचीव - डम्बर कटुवाल
सह- सचीव- नारायणजुन राई
सहसचिव- कमल भण्डारी
कोषाध्यक्ष- नाथुराम राई
लगायत ४३ जना निर्बाचित सदस्यहरू सम्पुर्णमा हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गर्दछु ।

Address

New York, NY

Telephone

+16468756402

Website

Alerts

Be the first to know and let us send you an email when Lok B. Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category