02/12/2026
मलामी जानेबारे सुचना,
टेनिसीको Cane Ridge निवासी टेनिसी समाजमा नेन्ने नामले चिरपरिचित श्रीमती सुहाङ थेगिम (धनमाया) को ५० वर्षको आधा उमेर मै हिजो February 11, 2026, बुधवार राती १०:३० बजेको अन्दाजी समयमा असामयिक निधन भएको दुखद समाचार सबै टेनिसीवासी भूटानी नेपालीहरूमा जानकारी गराउँन चाहन्छौं।
स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम, श्री जसरूप थेगिम ज्यूको धर्मपत्नी हुन भने दुई सन्तान छोरा हृदय थेगिम र छोरी रबिता थेगिमकी ममतामयी आमा हुन्।
“नेन्ने”, भूटानी समाज टेनिसी यानकी Association of Bhutanese Communities in Tennessee (ABCT) का अध्यक्ष श्री सुकमान सुहाङ ज्यूको जेठी दिदी हुन।
Kirat Cultural Society of Tennessee (KCST) का साथै Association of Bhutanese Communities in Tennessee (ABCT) स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथै शोकाकुल परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छौं।
नेन्ने सारै असल, मिलनसार, मिजासिलो, परोपकारी, दयालु, सहयोगी र सबैको मनमा बस्न सफल चेली थिइन।
स्वार्गीय नेन्ने ज्यूको प्रार्थिभ शरीरलाई अन्तिम बिदाई तथा दफन यही शनिवार, February 14, 2026 पारिएको हुनाले सम्पूर्ण टेनिसीबासी भूटानी नेपाली दाजुभाई दिदी बहिनीहरू लगायत अन्य राज्यहरूमा रहनुहुने आफान्त, इष्टमित्रका साथै शुभचिन्तकहरूमा स्वार्गीय नेन्ने श्रीमती सुहाङ थेगिम ज्यूको प्रार्थिब शरिरमा अन्तिम पटक श्रद्धा सुमन अर्पण गर्न , निम्न स्थान र समयमा मलामीमा सहभागी भईदिनुहुन Kirat Cultural Society of Tennessee (KCST) का साथै Association of Bhutanese Communities in Tennessee (ABCT) हार्दिक अनुरोध गर्दछ।
मलामी जाने मिति/ठेगाना र स्थान यस प्रकार छ;
भिजिटेशन गर्ने स्थान र समय:
Murfreesboro Funeral Home
145 Innsbrook Blvd.,
Murfreesboro, TN 37128
February 14, 2026, Saturday
Time: 11:00 am - 1:00 pm
माटोमा दफन गरिने स्थान,समय र ठेगाना:
Mapleview Cemetery
411 Maple St,
Smyrna, TN 37167
February 14, 2026, Saturday
Time: 1:30 pm - 3:00 pm