Ajay Kushwaha समर्थन

Ajay Kushwaha समर्थन Dedicated to building a future where every voice is heard and every family

बाराको पर्वानीपुर गाउपालिका रहरिया डिहमा एउटै परिवारका निर्दोष आमा र छोरा नृशंस हत्या भएको घटनाले मेरो मन अत्यन्तै पीडित...
28/01/2026

बाराको पर्वानीपुर गाउपालिका रहरिया डिहमा एउटै परिवारका निर्दोष आमा र छोरा नृशंस हत्या भएको घटनाले मेरो मन अत्यन्तै पीडित छ। घाइते बुवा र बहिनीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यो केवल एउटा परिवारमाथिको आक्रमण होइन, हाम्रो समाजमाथिको गम्भीर चुनौती हो।
म सम्बन्धित निकाय र नेपाल प्रहरीसँग यस घटनाको निष्पक्ष, छिटो र गहिरो अनुसन्धान गरी दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याउन कडा आग्रह गर्दछु।
पीडित परिवारसँग म पूर्ण रूपमा एकताबद्ध छु। न्याय नपाएसम्म हामी चुप लागेर बस्दैनौं।

काठमाडौँमा बसेर म सजिलै आफ्नो जीवन रमाइलो बनाइरहेको हुन सक्थें।बास्केटबल खेल्ने, साथीहरूसँग समय बिताउने,आफ्ना सपना पछ्या...
26/01/2026

काठमाडौँमा बसेर म सजिलै आफ्नो जीवन रमाइलो बनाइरहेको हुन सक्थें।
बास्केटबल खेल्ने, साथीहरूसँग समय बिताउने,
आफ्ना सपना पछ्याउने—सबै सम्भव थियो।
तर मनले मानेन।
किनकि मेरो मन बारा–४ मा छ।
यो माटो मेरो हो, यी मानिसहरू मेरा हुन्।
आज पनि यहाँका किसानका खेत पानी खोजिरहेका छन्,
यहाँका युवाहरू रोजगारीको खोजीमा बाहिरिन बाध्य छन्,
र यहाँका सपना अझै अधुरा छन्।
२७ वर्षको उमेरमा,
मैले सजिलो बाटो छोडेर
कठिन बाटो रोजेको छु—
चुनावको मैदानमा उत्रिएको छु।
यो पदको लोभ होइन,
यो जिम्मेवारीको भावना हो।
म राजनीति गर्न होइन,
सेवा गर्न आएको हुँ।
बारा–४ का लागि,
यहाँका जनताको आवाज बन्न। ✊🙏

Adress

Parsauni-02, Bara
Bara
44300

Webbplats

Aviseringar

Var den första att veta och låt oss skicka ett mail när Ajay Kushwaha समर्थन postar nyheter och kampanjer. Din e-postadress kommer inte att användas för något annat ändamål, och du kan när som helst avbryta prenumerationen.

Dela