23/07/2025
नेपाली राजदूतावास लिस्बनको कार्य समय परिवर्तन – २३ जुलाई २०२५ देखि लागू 🇳🇵 🇵🇹: नेपाली राजदूतावास, लिस्बनले आफ्नो कार्य समयमा परिवर्तन गरेको छ। नयाँ समय २३ जुलाई २०२५ (२०७८ साउन ७) बुधबारदेखि लागू हुनेछ।
नयाँ समय यस प्रकार छः
• कार्यालय खुल्ने समय: बिहान ९:०० देखि बेलुका ५:०० सम्म
• रसिद काउन्टर समय: बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म (राहदानी, रिपोर्ट तथा अन्य सेवा प्रयोजनका लागि)
राहदानी नवीकरणमा आवश्यक कागजातहरू:
• अनलाइन फारमको प्रिन्ट
• सक्कल नेपाली राहदानी
• नागरिकता प्रमाणपत्र वा रंगीन फोटोकपी
• नाबालकको हकमा परिचयपत्र र बाबुआमाको नागरिकताको फोटोकपी
• विवाह दर्ताको फोटोकपी (जहाँ लागु हुन्छ)
महत्वपूर्ण सूचना: हाल कार्डमार्फत भुक्तानी नहुने भएकाले नगद वा Immediate Bank Transfer (Online) मार्फत राजस्व बुझाउन सकिनेछ।
नेपाली राजदूतावास, लिस्बन
०५ साउन २०८२, सोमबार