भोलि विश्वकर्मा पूजाको दिन महशुल काउण्टर बन्द रहने सूचना
15/09/2023
यस बेलबारी वितरण केन्द्र अन्तर्गत रहेको ३३/११ के . भी बिराटचोक सब -स्टेशन मा नया जडित २०/२४ एम.भी. ए. Transformer लाई Load मा चार्जिगं कार्य गर्न तथा हाल जडित १२ के. भी. VCB प्यानल हटाई नया प्यानल जडान तथा परिक्षण कार्य को लागि मिति २०८०.०५.३० गते शनिबारको दिन बिहान ७.०० बजे देखि बेलुका को ६.०० बजे सम्म बेलबारी वितरण केन्द्र बाट प्रशारण हुने बिद्युत अबरुद्ध हुने ब्यहोरा जानकारी को लागि सम्पूर्ण ग्राहक महानुभाब हरु मा यसै सूचना मार्फत अनुरोध गरिन्छ । यसबाट पर्न जाने असुविधा प्रति बेलबारी वितरण केन्द्र क्षमाप्रार्थी छौं र निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
08/09/2023
भोलि मिति २०८०।०५।२३ गते शनिवार दुहबि ग्रिड दुहबिले दुहबिमा स्बिचयार्ड मर्मत सुधार गर्न बिहान १० बजे देखि दिउसो १ बजेसम्म बिराटचोक सबस्टेशन आउने ३३ केभि लाईन सटडाउन गर्ने जानकारी आएकोले उपरोक्त समयमा बेलवारी बितरण केन्द्र अन्तर्गत सबै तिर बिद्युत अवरूद्ध रहने ब्यहोरा सबै ग्राहक महानुभावहरूलाई जानकारीको लागि अनुरोध छ।
सो समय अगावै कार्य सम्पन्न भएमा चाडै बिद्युत सूचारू हुनेछ।
03/09/2023
दुहबिबाट नै सिस्टम गएकोले बेलवारी बितरण केन्द्र को बिद्युत अवरूद्ध रहेको छ।
02/09/2023
आजको बिहान ८ बजे देखि दिउसो ३ बजेसम्म बेलवारी बितरण केन्द्र अन्तर्गत रहेको बिद्युत अवरूद्ध हुने सूचना :
थप जानकारीको लागि https://nea.org.np/dailyUpdates
23/08/2023
बिराटचोक सबस्टेशनमा जिर्ण अबस्थामा रहेका ब्रेकरहरू बदलि गर्न आज दिउसो २ बजेसम्म बेलवारी बितरण केन्द्र अन्तर्गतको बिद्युत अवरूद्ध रहनेछ।
यो सूचना हिजै देखि सुशेलि एफ एम बाट समेत प्रशारण भैरहेको छ।
10/08/2023
सुकुना क्याम्पस छेउको ट्रान्सर्फमरमा आगलागि भएकोले करिब १ घण्टा जति बेलवारी बितरण केन्द्र अन्तर्गतको बिद्युत अवरूद्ध रहनेछ, मर्मत पश्चात लाईन सुचारू हुनेछ।
10/08/2023
सुकुना क्याम्पस छेउको ट्रान्सर्फमरमा आगलागि भएकोले करिब १ घण्टा जति बेलवारी बितरण केन्द्र अन्तर्गत बेलवारी फिडरको बिद्युत अवरूद्ध रहनेछ, मर्मत पश्चात लाईन सुचारू हुनेछ।
06/08/2023
दुहबिबाट सिस्टम गएको छ।
21/07/2023
भोलि मिति २०८०।०४।०६ गते शनिवार दुहबि ग्रिडले दुहबिमा सबस्टेशन मर्मत सुधार गर्नको लागि बिहान ६ बजे देखि बिहान ११ बजेसम्म बिराटचोक आउने ३३ केभि लाईन सटडाउन लिएकोले सो समयमा यस बितरण केन्द्र अन्तर्गतको बिद्युत अवरूद्ध रहनेछ जानकारी गराईन्छ।
बिराटचोक सबस्टेशनमा ब्रेकर बदलि गर्ने काम समेत गरिने भएकोले सलकपुर बिराटचोक तिर करिब १२ बजे तिर र बेलवारी तथा हरैचा तिर करिब २ बजे लाईन सूचारू हुने जानकारी अनुरोध गरिन्छ।
19/07/2023
दुहबिबाट सिस्टम गएको जानकारी। सोहि कारणले बेलवारी बितरण केन्द्र अन्तर्गत बिद्युत अवरूद्ध रहेको।
16/07/2023
करिब आधा घण्टाको लागि दुहबिबाट नै लाईन काटिएकोले बेलवारी बितरण केन्द्र अन्तर्गत बिद्युत अवरूद्ध रहेको जानकारी गराईन्छ।
Be the first to know and let us send you an email when ने बि प्रा बेलबारी बितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Organization
Send a message to ने बि प्रा बेलबारी बितरण केन्द्र: