24/04/2026
आज मिति २०८३, बैशाख 11 गतेका दिन ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गोदावरी-१४, ललितपुरको ३० सदस्यीय प्रतिनिधि टोलीद्वारा भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा बोर्ड का कार्यालय प्रमुख श्री सन्जय बराल ज्यूको संयोजकत्त्वमा अन्तरक्रिया ,छलफल तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।
उक्त भ्रमणका क्रममा बोर्डद्वारा सञ्चालनमा रहेको खानेपानी आपूर्ति प्रणाली, सेवा व्यवस्थापन, सञ्चालन तथा मर्मत सम्भारका कार्यहरू, गुणस्तर नियन्त्रणका उपायहरू तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूबारे विस्तृत जानकारी प्रदान गर्नुका साथै अन्तरक्रियात्मक छलफलसमेत सम्पन्न गरिएको छ। साथै, सेवा प्रवाहमा सुधार, संस्थागत सुदृढीकरण, क्षमता अभिवृद्धि तथा दिगो व्यवस्थापनका सन्दर्भमा अनुभव तथा असल अभ्यासहरूको आदान–प्रदान गरिएको छ।
यस किसिमको अवलोकन भ्रमणले निकायहरूबीच आपसी समन्वय, सहकार्य तथा सिकाइ आदान–प्रदानलाई थप सुदृढ बनाउँदै खानेपानी तथा सरसफाइ सेवाको प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
भ्रमण टोलीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी कार्यहरू सफलतापूर्वक सम्पन्न होऊन् भन्ने शुभकामना व्यक्त गर्दछौं।
भरतपुर खानेपानी व्यवस्थापन वोर्ड परिवार !