26/01/2026
प्रिय नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरू आउँदै गरेको चुनावमा भोट हाल्नुपूर्व एकचोटि राम्ररी सोच्नुहोला। तपाईँहरूको भोट भनेको युवाको भविष्य हो। अहिलेसम्म लगाएका भोटहरूले कुनै पनि युवालाई देशमा रोजगार दिन सकिरहेको छैन। शिक्षा छ तर सीपमूलक शिक्षा छैन। यो सैद्धान्तिक शिक्षा मात्र हो। यदि तपाईँहरूले सोचेर भोट हाल्ने हो भने हाम्रो देश छिट्टै विकास हुन सक्छ। एकदिनको रमझममा एकछिनको रमझममा हजुरहरूको अमूल्य भोट बिक्री नगर्नुहोला। त्यो भनेको हाम्रो आगामी पाँच वर्षको भविष्य हो। देशलाई कस्तो बाटोमा लानुपर्ने हो त्यो तपाईंहरूको आफ्नो हातमा छ।