As a Love

As a Love AI STORY

20/07/2026

वैदेशिक रोजगारीमा UK पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध UK पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको छ।

20/07/2026

जिल्ला बाजुराको हिमाली गाउँपालिका-५, क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन् ।
धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प्र.प्र. ०१-००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप हिमाली गाउँपालिका-२, नातीखोला बस्ने अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । घाइतेहरूको कोल्टी आधारभूत अस्पताल, कोल्टी (बाजुरा) मा उपचार भइरहेको छ ।
दुर्घटनामा हिमाली गाउँपालिका-२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका-५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घाइतेहुनेहरु :-
१. चालक जिल्ला बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने बर्ष अं. २५ को जनविर बुढा, टाँउकोमा चोट, अवस्था मध्यम ।
२. जिल्ला बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने बर्ष ३१ की मिजरा बुढा, टाँउकोमा चोट, अवस्था मध्यम ।
३. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २० की अस्मिता थापा, कम्मरमा चोट, अवस्था सामान्य ।
४. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २८ को जंग सिंह बुढा हातमा चोट, अवस्था सामन्य ।
५. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २० को गोरख रोकाया, हात र टाउकोमा चोट अवस्था सामान्य ।
६. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष २७ को लोकेन्द्र बुढा,हातमा चोट अवस्था सामन्य ।
७. जिल्ला हुम्ला ताजाकोट गा.पा. ५ बस्ने बर्ष अं. ९ की सुस्मा बुढा आखामा चोट अवस्था सामान्य रहेको छ ।

15/07/2026
Follow garnu Back paunu hune xa🫰
13/07/2026

Follow garnu
Back paunu hune xa🫰

13/07/2026

शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ
जिल्ला दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् । उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए । घटनापछि बुढाथोकी फरार रहेका थिए ।
सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका-१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणल...
13/07/2026

जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेका ६ जनालाई नियन्त्रणमा लिइएको छ ।
भाडामा बस्दै आएका व्यक्तिहरूको डेरा तथा शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्वत, फलेवास नगरपालिका ५ घर भएका ३५ वर्षीय राजन विक, जिल्ला पर्वत, फलेवास नगरपालिका ५ कार्कीनेटा घर भएकी २७ वर्षीया रोशनी विक, जिल्ला पर्वत, फलेवास नगरपालिका ५ कार्कीनेटा घर भएकी ६९ वर्षीया बाटुली भन्ने खगिसरा कामी रहेका छन ।
त्यस्तै जिल्ला म्याग्दी, मालिका गाउँपालिका ४ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका २६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, जिल्ला म्याग्दी, रघुगंगा गाउँपालिका ५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका २७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे तथा जिल्ला कास्की, पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा लाई समेत नियन्त्रणमा लिइएको छ । घटनाको सम्बन्धमा आवस्यक अनुसन्धान भई रहेको छ ।

13/07/2026

पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
जिल्ला कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए । घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको हो ।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो । उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको थियो । पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

13/07/2026

निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट मुग्लिङ सडक खण्डमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही समयको लागि सो रूटमा चलने सवारी साधनहरुको आवागमन रोकिएकोले सोही अनुसारको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ।
साथै १९.२५ बजेको समयमा नारायणघाट मुग्लिङ सडक खण्ड अन्तर्गतको तुइन खोला नजिकै पहिरो गई दुईतर्फी बाटो समेत अवरुद्ध भएको छ।

13/07/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Address

AI HOME
Tulsipur
22400

Alerts

Be the first to know and let us send you an email when As a Love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share