29/05/2026
नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट गणतन्त्र नेपालको स्थापना भएको हो ! यो मुलक केवल केही मुठ्ठीभर मान्छेहरुको मात्र नभई श्रमजीवी, किसान र मजदुर वर्गको पनि हो ! यथास्थितिवादी राज्यसत्तालाई प्रास्त गर्दै, हजारौं शहिदहरुको बलिदानबाट निरंकुश एकतन्त्रीय राजतन्त्रको अन्त्य गर्दै, देश शिशु गणतन्त्रमा पुगेको आज करीब १८ वर्ष पुगेको छ, भने लोकतन्त्रमा प्रवेश गरेको करिब २० वर्ष पुगेको छ !
१० वर्षे जनयुद्धको जगमा, १९ दिने जनआन्दोलनको बलमा स्थापित राजनीतिक, सामाजिक, आर्थिक र सास्कृतिक जेजे मुद्दाहरु स्थापित जे भए तिनी आज पुनः खोसिने क्रममा छ्न! वैदेशिक शक्तिकेन्द्रको शक्ति संघसंघर्षले देश रणमैदान बनेको छ ! समाज पुन विघटनको संघारमा उभिएको छ ! सास्कृतिक अराजकता, भ्रस्टाचार, वेरोजगारी समस्या तथा विधिको शासन खल्बलिएको छ! वैदेशिक कट्टपुतली तयार गरेर करिब दुईतिहाईको सरकारको आडमा पुन भुमिहिन जनता माथि बज्रपात भएको छ !
सदनको दृश्य हेर्दा घृणित प्रकारको देखिन्छ! जनतालाई परिवर्तन र समृद्धिको आश्वासनमा असमान सन्धि-सम्झौता गर्ने र सहकारी क्षेत्रमा भएको समस्याको समाधानको नाममा पिडकलाई कानुनी दायरामा ल्याएर असुल उपर गर्नुको साटो राज्यकोषबाट दुरुपयोग हुँदैछ ! सिंहदरवार लगाएत सार्वजनिक सम्पत्ति माथि जुन स्तरबाट भएको क्षेतीबारे राज्य उदासिन देखिन्छ ! युवाहरुको विदेश पलायन झन-झन बढिरहेको छ ! करिब ९० लाख विद्यार्थीको शैक्षिक तथा राजनीति अधिकार छिन्ने कुचेष्टा हुँदै छ, र ट्रेड युनियनको कानुनी अधिकार नि खोसिएको छ !
शिक्षा, स्वास्थ्य, यातायात, उद्योग, कृषि, पर्यटन र सामाजिक सुरक्षा दिनानुदिन चुनौतीपूर्ण बन्दै गएका छ्न ! यसर्थ अबको यी सबैखाले समस्याको समाधान भनेको राष्ट्रिय एकता बलियो बनाउनु नै हो! विधिको शासन लागू गर्नु नै हो ! तर यो सरकारबाट सम्भव देखिदैन र पुन एकपटक निर्णायक समाजवादी क्रान्तिकाको बाटो अबको एकमात्र विकल्प हुनसक्छ ! यसर्थ वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढौ !
सम्पुर्णमा हार्दिक शुभकामना !!