05/10/2025
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार
(राजमार्ग तथा सडक खण्डहरु अवरोध भए सम्बन्धी टिपोट )
मेचि राजमार्ग अवरोध
१.) प्रचौ पौवासर्ताप, पाँचथरः- जिल्ला पाँचथर फाल्गुनन्द गा.पा.३ रमाईलो चोक स्थित मेचि राजमार्गमा पहिरो झरी मेचि राजमार्गमा पुर्ण रुपमा बाटो अवरोध भएको ।
२.) प्रचौ पौवासर्ताप, पाँचथरः- जिल्ला पाँचथर फिदिम न.पा.३ चिज फ्याक्ट्री स्थित मेचि राजमार्गमा पहिरो झरी मेचि राजमार्ग पुर्ण रुपमा बाटो अवरोध भएको ।
३.) प्रचौ पौवासर्ताप, पाँचथरः- जिल्ला पाँचथर फाल्गुनन्द गा.पा.३ पौवा चोक स्थित मेचि राजमार्गमा पहिरो झरी मेचि राजमार्ग पुर्ण रुपमा बाटो अवरोध भएको ।
४.) प्रचौ चिलिङदिन राँके, पाँचथरः- जिल्ला पाँचथर फाल्गुनन्द गा.पा.३ चिम्फुला स्थित मेचि राजमार्गमा पहिरो झरी मेचि राजमार्ग पुर्ण रुपमा बाटो अवरोध भएको ।
५.) जिप्रका पाँचथरः- जिल्ला पाँचथर फिदिम न.पा.३ लालीखर्क स्थित मेचि राजमार्गमा पहिरो झरी मेचिराजमार्ग पुर्ण रुपमा अवरोध भएको ।
तमोर करिडोर सडक खण्डमा अवरोध
१.) अप्रचौ नावाखोला, पाँचथरः- जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी बाटो पुर्ण रुपमा बाटो अवरोध भएको ।
२.) अप्रचौ नावाखोला, पाँचथरः- जिल्ला पाँचथर तुम्वेवा गा.पा.२ नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा रहेको नावाखोलामा पानीको बहाव बढेकोले बाटो पुर्ण रुपमा बाटो अवरोध भएको ।
फिदिम फालाटे सडक खण्डमा अवरोधः-
१.) प्रचौ याङनाम, पाँचथरः- जिल्ला पाँचथर फालेलुङ गा.पा.८ आकाशे भञ्ज्याङ स्थित फिदिम फालाटे सडक खण्डमा पहिरो झरी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
२.) अप्रचौ नागिन, पाँचथरः- जिल्ला पाँचथर फिदिम न.पा.१ र ११ सिमाना स्थित फिदिम फालाटे सडक खण्डमा फेमेखोलामा रहेको होम-पाईप बगाएकोले सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
मध्य पहाडी लोक मार्गमा अवरोधः-
१.) इप्रका च्याङथ्यापु पाँचथरः- जिला पाँचथर याङवरक गा.पा.२ दोभाने स्थित मध्य पहाडी लोक मार्ग दोभाने खोलामा बाढी आई लोक मार्ग पुर्ण रुपमा अवरोध भएको ।
२.) इप्रका च्याङथ्यापु पाँचथरः- जिला पाँचथर याङवरक गा.पा.३ रिजाल भिर स्थित मध्य पहाडी लोक मार्गमा पहिरो झरी लोक मार्ग पुर्ण रुपमा अवरोध भएको ।
भित्री सडक खण्डमाः-
१.) अप्रचौ नागिन, पाँचथरः- जिल्ला पाँचथर फिदिम न.पा.१२ पिपलबोटे स्थित पिपलबोटे बुधुक भित्री कच्ची सडक खण्डमा पहिरो झरी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
जिप्रका पाँचथर र मातहत समेत गरी जम्माः- १२ स्थानमा अबरोध भएको ।